सत्ता प्राप्ति को लागि, जनआन्दोलन भन्दै ६ दिन सम्म गरिएको बन्द अनन्त माओवादी ले फिर्ता लिएको छ । केही दिन शान्तिपुर्ण रहेको आन्दोलन मा, जब जनता को विरोध मिसिन थाल्यो, तब धमिलो पानी मा माछा मार्ने खेल भयो । तनाव बढ्यो, हिँसा भड्कियो । मुख्य कुरा, बन्द कसैलाई पनि मन परेन, माओवादी शैली कसैलाई पचेन ।
हिजो अस्ति नैकाप, सतुंगल, नैकाप, बुढानिलकण्ठ, कपन, भक्तपुर लगायत का क्षेत्र मा झडप भएको थियो, बन्द को प्रतिकार गर्ने क्रम मा, किनकी जनता आजित भइसकेकाथिए, बन्द र हड्ताल बाट ! आज शान्ति र्याली थियो, वसन्तपुर मा तर माओवादीले सहभागिहरुलाई बाटो बाटो मै छेक्ने र कुट्ने काम गरे ! चाबहिल, कुपन्डोल आदि ठाउँमा माओवादी ले शान्ति र्याली मा सहभागि हुन जानेहरु लाई रोके । त्यसका बाबजुद, वसन्तपुर मा सभा भयो, अनि जनसागर स्वतस्फुर्त रुपमा र्याली मा परिणत भयो।तर र्याली भृकुटिमण्डप मा पुग्दा, तनाव को स्थिति देखियो ।
धेरैको मुख बाट सुनियो, प्रहरी सक्रियता नभएको भए, आज ठूलै क्षति हुने थियो । यति मात्र हैन, यही आज कै कारण भोलि, पर्सि झनै मुठभेड चर्कने स्थिति थियो । तर आज बसेको माओवादी को बैठक ले बन्द फिर्ता लिने कार्यक्रम गरेर, देशलाई ठूलो मुडभेड बाट बचायो । भलै, माओवादीले आज को शान्ति र्याली मा जनता देखेन, ‘भाडा का मान्छे’ देख्यो, तर उसले अनन्त जनता भनेर आत्मसाथ गर्यो । सरकार ले “जनता-जनता” को भिडन्त गराउन खोज्यो भनेर, प्रचण्ड ले साँझ को बैठक पछि भने । धन्यवाद छ प्रचण्ड, देशलाई मुडभेड बाट जोगायौ, जनधन को क्षति हुनु भन्दा पहिले नै, आफूलाई सम्हाल्यौ !
जहाँ सम्म सत्ता प्राप्ति को कुरा र सरकार निर्माण को कुरा छ । त्यो वार्ता बाटै सहमति मा माओबादि पुग्छ भन्ने विश्वास छ । माओवादी को आन्दोलन देखेर सरकार ले पनि, माओवादी शक्ति को आकलन त गरेकै होला, तर एउटा कुरा चाँहि भन्नै मन लाग्यो । माओवादी को आन्दोलन सोचिएको भन्दा केयौँ गुणा शान्तिपुर्ण थियो ।शान्ति प्रकृया र संविधान निर्माण को कामलाई माओवादी ले जागरुकता का साथ उठाएर अघि बढ्छ भन्ने आशा गरौँ । कामना गरौँ, फेरि माओवादीले यस किसिम को हडताल भने नगरोस्, यी माथि का कुराहरु, सरकारी तवर मा हुने कुराहरु, आपसी छलफल बाट नै मिलाउन् । जनतालाई शान्ति र संविधान चाहिएको हो, कुर्सी मा जो बस्छौ बस, तर यत्ति हो कि, जनता को पनि आवाज सुन्ने गर ! खैर, कुरा जेसुकै होस्, प्रचण्डलाइ धन्यवाद दिइनरहन सकिँदैन, देशलाई ठूलो मुडभेड को खतरा बाट जोगायौ, धन्यवाद प्रचण्ड !
वसन्तपुर मा गरिएको शान्ति सभा मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले गरेको सम्बोधन को भिडियो हेर्नुहोस् ।
जनसागर कस्तो हुन्छ देखेर कट्टु भिज्यो होला नि कामरेड को !
ReplyDeleteमाओवादीको असली चरित्र अनी जङगली ब्यबहार अब धेरै सहन सक्दैनन नि जनताले.... प्रचन्ड लगायताका देश बिगारने कुलङार कपुतहरुले अब जनता 'भेडा छैनन भनेर जाने हुन्छ । आम हड्ताल तुहिनु जनता प्रतिकारमा उत्रेर हो सबैलाई चेतना भया । प्रचन्ड नामधारी जनावर लाई धन्यवाद दियिरहनु जरुरी छैन 'आकार' कम्रेड ।
ReplyDeleteमाओवादीको असली चरित्र अनी जङगली ब्यबहार अब धेरै सहन सक्दैनन नि जनताले.... प्रचन्ड लगायताका देश बिगारने कुलङार कपुतहरुले अब जनता 'भेडा छैनन भनेर जाने हुन्छ । आम हड्ताल तुहिनु जनता प्रतिकारमा उत्रेर हो सबैलाई चेतना भया । प्रचन्ड नामधारी जनावर लाई धन्यवाद दियिरहनु जरुरी छैन 'आकार' कम्रेड ।
ReplyDeleteएक हिसाबले यसपालीको "आम हडताल" ले केही राम्रो सन्देश पनि दिएको छ जस्तो लाग्दैछ मलाई । कमसेकम अब देखि कुनै पनि दलले केहि हजार कार्यकर्ता प्रयोग गरेर सदनको अधिकार सडकबाट हत्याउन खोज्नुभन्दा पहिला ३ चोटी सोच्नेछन ।
ReplyDeleteआम हडताल फिर्ताको स्वागत गर्छु तर प्रचण्डलाई धन्यवाद भने भन्न सक्दिन म, किनकी यो मेरो संवैधानिक अधिकार हो ।
नसकेपछि फिर्ता भईहाल्छन् नि जो पनि ! धन्यवाद दिइरहनु पर्छ जस्तो लाग्दैन, दिलीप दाइले भनेजस्तै संवैधानिक अधिकार हो मेरो पनि, वाईसिएलले नकुटुञ्जेलसम्म । आडम्बर र घमण्डको एउटा युगको अन्त्य भएको छ ।
ReplyDeleteYes,...but its our perception... Their decision have saved us from further clashes... :D
ReplyDeleteकमरेड प्रचण्डेको कट्टू त पक्कै भिज्ने नै भयो नि। नेपाली जनता जब सडकमा आउँछन् माउबादी त के माउबादीको बाउ पनी भाग्नु पर्छ । त्यसले जस्तो भाडाका टट्टुहरु ल्याएका हैन नि । जनतालाइ अति भए पछि निस्केको जनसागर थियो । यदी हिजो नै माउबादीको बुद्धिको बिर्को नखुलेको भए त्यसको कट्टुमात्र भिज्ने हैन लुक्ने प्वालसम्म पनि भेट्ने थिएन ।
ReplyDeleteकमरेड प्रचण्डेको कट्टू त पक्कै भिज्ने नै भयो नि। नेपाली जनता जब सडकमा आउँछन् माउबादी त के माउबादीको बाउ पनी भाग्नु पर्छ । त्यसले जस्तो भाडाका टट्टुहरु ल्याएका हैन नि । जनतालाइ अति भए पछि निस्केको जनसागर थियो । यदी हिजो नै माउबादीको बुद्धिको बिर्को नखुलेको भए त्यसको कट्टुमात्र भिज्ने हैन लुक्ने प्वालसम्म पनि भेट्ने थिएन ।
ReplyDeleteनसकेपछि फिर्ता भईहाल्छन् नि जो पनि ! धन्यवाद दिइरहनु पर्छ जस्तो लाग्दैन, दिलीप दाइले भनेजस्तै संवैधानिक अधिकार हो मेरो पनि, वाईसिएलले नकुटुञ्जेलसम्म । आडम्बर र घमण्डको एउटा युगको अन्त्य भएको छ ।
ReplyDelete