हामीले विगत का ५ वटा अंक मा नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” वाचन गर्यौँ ।
प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो ।
उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बजेका थिए ।
विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ ।
उपन्यास मा एउटी नारी पात्र हुन्छिन, र उपन्यास फ्ल्यास ब्याक मा अघि बढेको छ । तीनै नारी पात्र मार्फत लेखिकाले, उनको उतारचढाब को बारेमा लेखेकिछिन् । स्कुल पढ्दा देखि, उसको विवाह सम्म को कुरा समेटिएको छ । विवाहपछि यौन असन्तुष्टि बढ्दै गएर, उनीहरु श्रीमान श्रीमती विच को सम्बन्ध चिसिँदै जान्छ । धन, सम्पति प्रशस्त भएपनि, उनीहरुको जिवन मा यौन ले भाँजो हाल्दा, उनीहरुको जिवन निरश बन्दै जान्छ । यस्तै यस्तै, प्रंसगहरु ले उपन्यास अघि बढेको छ । यौन जिवन को उदार रुप मा चर्चा गरिएको यो उपन्यास, तसलिमा को एक उत्कृष्ट उपन्यास हो ।
Download Pyaas Bhitra Ko Bidroha by Taslima Nasarin
Download : Episode-1
Download : Episode-2
Download : Episode-3
Download : Episode-4
Download : Episode-5