शिरिष को फूल (Shirish Ko Phool) वा Blue Mimosa, सिजन अहिले यसैको छ । शिरिष का निला फूलहरुले वातावारण नै रमाइलो र मनमोहक बनाइदिएको छ । शिरिष को फूल भन्ने वित्तिकै ‘पारिजात’ लाई सम्झिने गरिन्छ, तर आज यहाँ म न सुयोगविर, न वरी लाई नै सम्झदैँछु, म यहाँ केवल शिरिष को फूलहरु मात्र सम्झिरहेछु ।
माओवादी यही शिरिष को फूल को रुख को आड लिएर सडक मा आन्दोलन गरिरहेछन् । तर यो शिरिष लाई आन्दोलनको केही मतलब छैन, उसको फूल्ने काम हो, फूलिरहन्छ ! केही निश्चत समयपछि, ओइलिएर झर्छ, अनि अर्को वर्ष फेरि फुल्छ यसरी नै !
आज मोवाइल बाट खिचिएका, केही शिरिष को फूलहरु को फोटो राख्दैछु । फोटो को गुणस्तर त्यति धेरै राम्रो नभएपनि, शिरिष को फूल यही हो भनेर, ठम्याउन भने सकिन्छ है !
दामी .......
ReplyDeleteधन्यवाद आकार जी !
I bet Parijat was not just inspired due ordinary causes to name her creation as "Siris ko Phool" They sure do have the extra-ordinary influence on our lives if we realize...Thankyou for posting the pictures!
ReplyDeleteNice Photo .
ReplyDelete( हाम्रा नेताहरुको नजर मा जनता शिरिष को फूल नबनिदिउन् )
बन्दको मारले त्यति डुल्न र तस्विरहरु खिच्दै हिंड्न नसकेपनि मैले यसपाली नीलो शिरिषको सौंदर्य आँखाभरी हेरेर आएको छु । कुनै पत्रिकामा शिरिष क्रान्ति भनेर पारीजातको 'शिरिषको फूल' उपन्यासको लामै उद्धरण सहितको लेख समेत पढ्न भ्याएको थिएँ । त्यसमा यहाँ लुनाजीले प्रतिक्रियामा लेख्नुभएझैं नेताहरुले जनतालाई शिरिषको फूल नसम्झिउन भनेको पनि पढेको थिएँ तर मैले पनि आकारजीले जस्तै शिरिषको फूलहरुलाई केवल शिरिषकै फूलको रुपमा मात्र देखेँ । साथै तपाईंको चौथो फोटो देखेर सम्झिएँ फोहोरमा शिरिष झरेको देखेको थिएँ र मनमनमा भनेको थिएँ,'कठै शिरिष तिमी काठ्माण्डौ फूलाउन यति मेहेनतले फूलेका छौ तर कत्रो दुर्भाग्य तिमी फूलेर झर्ने ठाउँ काठ्माण्डौ बासीले कत्ति फोहोर राखेका!'
ReplyDeleteNice Photo .
ReplyDelete( हाम्रा नेताहरुको नजर मा जनता शिरिष को फूल नबनिदिउन् )
your good photo is very nice and beautyful
ReplyDeletegood photo
ReplyDeleteThank you !
ReplyDelete