एडोब ले अब आफ्नो ध्यान अब ‘एप्पल’ को उत्पादन तर्फ नहुने घोषणा गरेको छ ।
एप्पल का सिइओ स्टिभ जब्स ले, फ्ल्यास आइप्याड मा नराखिनु को कारण, एडोब फ्ल्यास प्रोपाइटरी सफ्टवेयर भएको बताएका थिए ! साथै, उनले एडोब फ्ल्यास सम्बन्धि अन्य विभिन्न नकरात्मक टिका टिप्पणीहरु गरेपछि, एडोब ले अब एप्पल तिर ध्यान नदिने घोषणा गरेको छ ।
करिब २ हप्ता अघि एप्पल का स्टिभ जब्स ले, एप्पल को ब्लग मा, एडोब फ्ल्यास सम्बन्धि आफ्ना धारणाहरु राखेका थिए । उनले एडोब फ्ल्यास को निकै आलोचना र नकरात्मक टिप्पणि गरेका थिए । जब्स ले आफ्नो धारणा सार्वजनिक गरेको केही दिन पछि नै, एडोब ले अब आफ्नो ध्यान अब ‘एप्पल’ को उत्पादन तर्फ नहुने घोषणा गरेको छ ।
एडोव ले आफ्नो ब्लग मा भनेको छ, एप्पल का सिइओ स्टिभ जब्स ले एडोब फ्ल्यास को बारेमा नकरात्मक टिप्पणि गरेका कारण, हामीहरु आफ्नो ध्यान एप्पल का उत्पादनहरु बाट हटाउन विवश छौँ । एडोवका चिफ टेक्नोटोजी अफिसर केभिन लिन्स ले ब्लग मा अगाडि थपेका छन्: हामीहरु एप्पल सँग मिलेर काम गर्न चाहन्थ्यौँ, फ्ल्यास को प्रयोग बाट एप्पल का “आइफोन” र “आइप्याड” मा निकै ठुलो चमत्कार ल्याउन सक्थ्यौँ तर विडम्वना, एप्पल ले हामी माथि गरेको कटु आलोचना बाट हामी स्तब्ध भएका छौँ । हामी आफ्नो ध्यान अब अन्य उत्पादन तर्फ दिनेछौँ ।
एडोब ले अब गुगल, माइक्रोसफ्ट, नोकिया आदि का फोनहरु को सफ्टवेयर उत्पादनलाई प्राथमिकता दिने जनाएको छ । हाललाई एडोब ले गुगल को ‘एन्ड्रोइड’ फोनलाई विशेष प्राथमिकता दिने भएको छ ।
एडोब ले गुगल को ‘एन्ड्रोइड’ लाई विशेष प्राथमिकता दिने बताउँदा लाग्दैछ, अब एडोब र गुगल ले दह्रो पार्टनरसिप गर्नेछन् जसको कारण एप्पल का ‘आइफोन’ र ‘आइप्याड’हरुलाई भविष्य मा ठूलो धक्का लाग्न सक्नेछ । टेक पण्डितहरु भन्छन्, एप्पल को फ्ल्यास नराख्ने निर्णय उनीहरु को लागि घातक सावित हुनसक्छ । गुगल को उदाउँदो ‘एन्डोइड’ र एडोब को पार्टनरसिप बाट केही हदसम्म आइफोन र आइप्याडलाई घाटा लाग्ने प्रस्टै देखिन्छ ।
Insecure, power-hungry, inappropriate for touch devices, never ready, outdated - there's not really anything the Apple chief likes about Flash.
khoi k k, tyo texh war bhujnai na sakina, saab ko business plan khatarai huncha :)
ReplyDeletemicrosoft sanga google ko war..adobe ra apple ko war..technology ko war cha...anyways...consumers lai faida bhaidiye hunthiyo
ReplyDeletemicrosoft sanga google ko war..adobe ra apple ko war..technology ko war cha...anyways...consumers lai faida bhaidiye hunthiyo
ReplyDelete