माओवादी देखि कति जनालाई रिस उठेको होला, बेला न कुबेला थाल्न लागेको आन्दोलन ले ! निर्णायक आन्दोलन को लागि भन्दै, विभिन्न ठाउँमा माओवादी ले सैन्य तालिम सञ्चालन गरिरहेको छ । निजी विद्यालय को शुल्क को निहुँ मा, माओवादी को विद्यार्थी संगठन ले अनिश्चितकालिन स्कुल बन्द गरिरहेको छ ।
शान्ति प्रक्रिया मा पनि माओवादी ले भाँजो हाल्दैछ, विभिन्न निहुँहरु निकालेर । संविधान समय मा नबन्ने भइसकेको छ, उनीहरुको एकोहोरो रटले गर्दा, संविधान सभा पनि उनीहरुले गर्दा स्थगित भएको छ । माओवादी का कारण स्कुल, कारखाना बन्द छ । अरु दल का कार्यकर्ताहरुलाई पिटिरहेकाछन् । यसले गर्दा भन्न सकिन्छ कि, माओवादी रचनात्मक शक्ति हुँदै होइन । तर यो कुराहरु म भन्दै छैन, यी सबै कुराहरु प्रधानमन्त्री माधव कुमार नेपाल भन्दैछन् यो तलको भिडियो मा ।
भिडियो मा निकै आक्रोशित देखिएका प्रधानमन्त्री नेपाल ले माओवादी को खोइरो खनेकाछन् । उनी भन्दैछन्, माओवादी शान्ती को पक्ष मा छैन, युद्ध मा लाग्न खोजिरहेको छ, सहमति को राजनितिलाई समाप्त गर्न खोज्दैछ । जसले सारा देशमा युद्ध मच्चायो, त्यो मान्छे कसरी मान्य हुन्छ ? उनको प्रतिप्रश्न छ ! उनको आशय छ, प्रधानमन्त्री मा प्रचण्ड बाहेक का अरु व्यक्ति आउँछन् भने, उनी आफ्नो ठाउँ छोड्न तयार छन् ।
प्रधानमन्त्री नेपाल को यो आक्रामक स्वरुप हामीले कान्तिपुर टेलिभिजन को समाचार बाट लिएका हौँ ।
हेर्नुहोस्, प्रधानमन्त्री माधव कुमार नेपाल को माओवादी प्रति को आक्रोश :
like this............
ReplyDelete