सोसल नेटवर्किङ साइट फेसबुक, अब हामी ले सोचेको भन्दा धेरै पर पुगिसकेको छ । के तपाईलाई थाहा छ ? इन्टरनेट जगत मा फेसबुक ले एउटा ठूलो फड्को मार्दैछ, अनि यही फेसबुक कै कुरालाई लिएर इन्टरनेट का ब्लग र वेवसाइट मा खैलाबैला छाएको छ ।
दुई दिन अघि फेसबुक ले, सानफ्रान्सिस्को मा ' 3rd Facebook f8 Developer Conference' गरेको थियो । '3rd Facebook f8 Developer Conference' को अनलाइन मा लाइभटेलिकास्ट पनि गरिएको थियो । सोही समारोह मा फेसबुक का CEO Mark Zuckerberg ले सबैलाई अचम्मित पार्दै फेसबुक का योजनाहरु सुनाए । ४ सय मिलियन भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुक ले सम्भवत: गुगललाई चुनौती दिएको छ, आफ्ना योजनाहरु मार्फत !
के भनियो 'Facebook f8 Developer Conference' मा ?
फेसबुक अब समय बिताउने ठाउँ, रमाइलो गर्ने ठाउँ मात्र रहेन । अब Facebook Connect को मार्फत विभिन्न साइट मा लगइन गर्न सकिने भएको छ । Facebook Connect बटन भएका साइटहरु मा अब सिधै फेसबुक कै आफ्नो एकाउन्ट बाट साइन गर्न सकिने छ । तपाई ले अब Hacker News जस्ता साइटहरु मा, फेसबुक कै एकाउन्ट मार्फत साइन गर्न सक्नुहुनेछ, तपाई ले Hacker News मा आफ्नो एकाउन्ट बनाइरहन जरुरी छैन । तर यो कुरा हो कि, फेसबुक को प्राइभेसी सेटिङ मजबुत बनाउन जरुरी छ ।
त्यसबाहेक, फेसबुक ले आफ्नो छुट्टै टुलबार बनाउँदैछ । जुन टुलबार को मार्फत विभिन्न साइटहरु मा लगइन गर्न सकिने छ त्यसबाहेक, अन्य धेरै कुराहरु टुलबार का माध्यमबाट गर्न सकिने छ ।
सेयर तथा लाइक बटन मा पनि निकै परिवर्तन आएको छ । फेसबुक कनेक्ट तथा फेसबुक टुलबार मार्फत, अब इन्टरनेट का प्राय: सबै वेवसाइटहरु फेसबुक झैँ लाग्नेछन्, कारण ती साइटहरु मा फेसबुक मार्फत साइनइन गर्न सकिने छ भने, सेयर र लाइक जस्ता बटनहरु पनि यत्रतत्र सर्वत्र पाइनेछन् । अब धेरै साइटहरु मा लाइक बटनहरु देखिनेछन्, पछिल्लो जानकारी अनुसार वर्डप्रेस र ब्लगर का ब्लगहरु मा लाइक बटन आइसकेको छ । technott.com ले वर्डप्रेस र ब्लगर का ब्लगहरु मा लाइक बटन राख्ने तरिका सिकाएकोछ, यहाँहरुले पनि राख्नसक्नुहुन्छ है, like button.
सबै साइट फेसबुक बन्दैछन्, सबैतिर like बटन देखिँदैछन्, साथै सर्च को तर्फ पनि फेसबुक अघि बढिसकेको छ । अहिले हेर्दा लाग्दैछ, फेसबुक ले गुगललाई टक्कर दिँदै छ । फेसबुक ले माइक्रोसफ्ट सँग मिलेर google docs जस्तै docs.com को विकास गरिसकेको छ, जसमार्फत इन्टरनेट मा आफ्ना डकुमेन्टहरु सजिलै तयार गर्न सकिने छ कुनै, अफिस प्याकेज विना । फेसबुक कै एकाउन्ट मार्फत docs.com मा साइनइन गर्न सकिन्छ ।
त्यस्तै फेसबुक ले लोकेसन को बारेमा पनि जानकारी दिने भएको छ । ट्वीटरले ट्विट मा स्थान देखाउन मिल्ने पहिले नै गरिसकेको छ । अब फेसबुक ले पनि त्यही नै पच्छ्याउँदैछ । फेसबुक ले यसरी लोकेशन को जानकारी पनि दिने भएपछि, अब संसार भर का व्यक्तिहरु अझ आपस मा नजिक रहेको आभाष हुने अनुमान गरिएको छ फलस्वरुप झन् धेरै व्यक्तिहरु आपस मा परिचित हुनेछन्, आफ्ना व्यापार व्यवसाय गर्न सजिलो हुनेछ ।
जसले जे भने पनि, माने पनि नमाने पनि, फेसबुक अब अझै मजबुत हुँदैछ, यो इन्टरनेट मा एउटा बेग्लै युग कै सुरुवात हुन लाग्दैछ । मुख्य रुप मा अहिले को फेसबुक को प्रतिस्पर्धा गुगल तर्फ नै लक्षित रहेको देखिएको छ । साथै, फेसबुक को आम्दानी मा पनि झनै वृद्धि भएर जानेछ । अधिकांश साइटहरु मा फेसबुक कनेक्ट मार्फत अटो लगिन गर्न सकिने भएपछि, धेरै मान्छे ले फेसबुक चलाउने कुरा मा कुनै शंका नै छैन ।
*****************************************************
Like Button इन्टरनेट भरि छरिने भइसकेपछि, फेसबुक ले ‘Become a Fan’ को सट्टा पनि ‘Like’ राखेको छ । साथै, लो व्यान्डविड्थ भएको ठाउँलाई लक्षित गरेर ल्याइएको फेसबुक लाइट लाई फेसबुक ले केहि दिन अघि देखि बन्द गरिदिएको छ ।
Watch Mark Zuckerberg Keynote Speech of f8 Conference.
ल है, रोचक जानकारी रहेछ मैले पनि "Like Button" थिचेँ :)
ReplyDeletewow...interesting.
ReplyDeleteरोचक जानकारी!
ReplyDeletelau lau garos. hamile try garne ta ho sabai kura.
ReplyDeleteuseful information, but i tried in my blog, not worked. what is the problems on that code?
ReplyDelete@Krishna Yes, in that code there is some problem with inverted comma... you can paste those code from here: http://www.labnol.org/internet/add-facebook-plugins-to-website/13505/
ReplyDeleteuseful info Akar bro keep it up.
ReplyDeleteThank you Aakar jee for useful information.
ReplyDeletethank you
ReplyDeletethanks aakarpost ....... timi pani facebook jastae aagadi baddae jau
ReplyDeletethank you
ReplyDeleteuseful info Akar bro keep it up.
ReplyDeletewow...interesting.
ReplyDelete