काठमाडौँ विश्वविद्याल, कम्प्युटर इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गत रहेको Kathmandu University Computer Club (KUCC) को पहल मा IT Park मा KU IT MEET 2010 हुनेभएको छ ।
KU IT MEET 2010 सेप्टेम्बर १० देखि १२ सम्म ३ दिन, ‘आइटि पार्क बिजनेस कम्प्लेक्स, वनेपा’ मा सञ्चालन हुनेछ । विगत को भन्दा पृथक र भव्य रुप मा आयोजना हुने, आइटि मिट मा विभिन्न विधाहरु समेटिनेछन् ।
हामीलाई प्राप्त जानकारी अनुसार, आइटि मिट २०१० मा निम्न विधाहरु समेटिने छन् ।
1. Project Competition
i. Software Competition
ii. Hardware Competition/Demonstration
2. Project Management Competition
3. Business Incubation Workshop
4. Problem Solving Competition (Instant Programming)
5. IT Quiz
6. Googling
7. Designing
i. Web Designing
ii. Graphics
8. Insomnia
9. Gaming Competition
10. Tech Expo
11. Reverse Engineering Competition
12. 3 –D Movie Show
काठमाडौँ विश्वविद्यालय कै इतिहास मा, पहिलो पटक र सम्भवत आइटि पार्क कै इतिहास मा पनि पहिलोपटक आइटि मिट आइटि पार्क मा, भव्य रुपमा हुन लागेको हो । विगत का आइटि मिटहरुलाई KUCC Software Meet नाम दिइएको थियो । KUCC Software Meet 2009 लाई तत्कालिन विज्ञान मन्त्रि गणेश साह ले उद्घाटन गर्नु भएको थियो, सोही उद्घाटन मा गरिएको प्रतिबध्दता स्वरुप, यसपटक को आइटि मिट ‘आइटि पार्क’ मा गर्न लागिएको हो ।
कार्यक्रममा, विभिन्न कलेज का विद्यार्थीहरुव्दारा निर्माण गरिएका सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरु तथा प्रोजेक्टहरु विच प्रतिस्पर्धा गराइनेछ, साथै सूचना प्रविधि तथा कम्प्युटर प्रविधिसँग सम्बन्धित कार्यपत्रहरु पनि कार्यक्रम मा पेश गरिने छ ।
सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरुको निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा, प्रतियोगी को रुपमा समावेश भएका सफ्टवेयर / प्रोजेक्ट / कार्यपत्रहरुलाई सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित वरिष्ठ व्यक्तिहरुले मुल्यांकन गर्नुहुनेछ ।
स्थान: आइटिपार्क बिजनेस कम्प्लेक्स, वनेपा ।
मिति: सेप्टेम्बर १०-१२, २०१० (भदौ २५-२७, २०६७)
समय: बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक)
Kathmandu University Computer Club (KUCC)
सन् १९९७ मा स्थापना भएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि), काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रे मा कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु व्दारा सञ्चालित गैर-नाफामुखी तथा आत्मनिर्भर कम्प्युटर क्लब हो । विगत १२ वर्षदेखि सूचना तथा प्रविधिको क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि) नेपाल कै एक उत्कृष्ट कम्प्युटर क्लब हो ।
पुनश्च: मे, 2010 मा हुने भनिएको आइटि मिट विभिन्न कारण ले गर्दा, सेप्टेम्बर 2010 मा हुन लागेको हो !