थाहा हुंदा हुंदै पनि
मनले धिक्कार्दा धिक्कार्दै पनि
मान्यतालाई फाल्नलाई
नयां बिचार पाल्नलाई
भ्यागुताहरु थुपारियो
धार्नि पुर्याउनलाई !
मौसमलाई अनुकुल बनाई
रछ्यान मा मुला सप्रेझैं सप्रेका
पहेंला पहेँला
काला काला
झ्वाँक झ्वाँक भै कक्रेका
भ्यागुताहरु थुपारियो
धार्नि पुर्याउनलाई !
घांटीको गांड नै च्यात्तिनेगरि कराउन सक्ने
अर्कोलाई लात्ताले बजारि नमज्जाले हराउन सक्ने
मान्छेका खुट्टामा पिसाब फेर्दै
मान्छेकै सामु दगुर्न सक्ने
भ्यागुताहरु थुपारियो
धार्नि पुर्याउनलाई !
सेतो कालो
दुब्लो पातलो
मोटो घाटो
भाले पोथी
दुलामा बस्ने
काठमा बस्ने
पानीमा बस्ने
समान अनुपातमा
भ्यागुताहरु थुपारियो
धार्नि पुर्याउनलाई !
तै! पुगिहाल्छ कि भन्दै
दुई सय पाँच को ठाउंमा
छ सय एक नै ल्याईयो
अनि थुपारियो
प्रतिनिधि भ्यागुताहरु
धार्नि पुर्याउनलाई !!!
वाह !, क्या दामी गयो यो व्यंङ्गय कविता !!!
ReplyDeleteतर खै ६०१ ले पनि धार्नि पुगेन, यी 'हल्का' भ्यागुत्ताहरु हजारै भएपनि यस्तै होला :)
एकदम सही कुरो!! व्यङ्ग्यशैली मन पर्यो।
ReplyDeleteबाफ रे बाफ........ वाह भाई वाह...!!!! साला भ्यागुताहरु ....'पा' पछार्दा झै पछार्नु पर्ने 'हिलो-माराहरुलाई' !! !!!
ReplyDelete