Skip to main content

अपरेसन ‘जे’

कति सजिलो छ है, भन्नलाई ‘जे’ गरे नि भइहाल्यो नि !

साँच्चि भनेको यो जे, भन्ने शब्द ले त संसार नै खाएको छ । हामी नेपाली को बानि न पर्यो, जुनसुकै कुरा पनि ‘जे’ मा लगेर जोडिदिन्छौँ । पढ्ने देखी लिएर पढाउने अनि जागिरे देखि बेरोजगार, बच्चा देखि वृद्ध सबै ‘जे’ मा कुरा टुङ्ग्याउन खप्पिस छन् । भन्नेहरु ले, तपाईलाई ‘जे’ पनि भन्दिन सक्छन् ।

सायद तपाई कन्फ्युज हुनुहुँदै होला, के ‘जे’ पिटि कुरा गरिरा’को भनेर ! तर म साँच्चै भन्दैछु, ‘जे’ को महिमा विशाल छ । तपाईहरु दुई जना भेट हुनभयो, अनि रेष्टुरेन्ट जानु भयो भने, कुरा सुरु हुन्छ । के खाने ? अर्को को जवाफ हुन्छ, ‘जे’ खाए पनि भइहाल्छ नि ! तब तपाई सोध्न थाल्नुहुन्छ, यो हो ? त्यो हो ? यो खाने, त्यो खाने ? अघि ‘जे’ खाए पनि हुन्छ भन्ने को चित्त बुझाउन तपाईलाई साह्रै गार्हो हुन्छ । उसले यो भनेर तोकेर भन्दैन्, तपाई हरेक चिज सोध्नुहुन्छ उ अझै दोहोर्‍याइ रहन्छ, ‘जे’ खाए नि भै’गयो नि ! रेष्टुरेन्ट मात्र हैन, तपाई घर मा नि त्यही त हुन्छ नि ! भन्नेबेला ‘जे’ खाए नि हुन्छ भन्ने, पछि चाँहि यस्तो र त्यस्तो किन नपका’को भन्ने त तपाई को पुरानै आदत हो नि !

साथिहरु बिच कुरा चल्छ, त्यो काम के गर्ने ? एउटा ले हत्त न पत्त आइडिया निकाल्छ, ‘जे’ गरे नि भइहाल्यो नि ! अनि त्यही ‘जे’ को पछाडि लाग्ने हो भने, बर्षौँ बित्छ । तर उसले भनेको ‘जे’ के थियो पत्ता लगाउन सकिँदैन । उसलाई सोध्नुपर्छ, ‘जे’ भनेको के हो ? यसो गर्ने हो ? त्यसो गर्ने हो ? हामी अनेक प्रश्न को बर्षा गरेर उसको ‘जे’ पत्ता लगाउने कोशिस गर्छौँ, तर उसैलाई ‘जे’ भनेको के हो थाहा छैन त, हामीलाई उसले के उत्तर देला’ र ?

कोही यस्ता पनि हुन्छन्, ‘जे’ सोचे पनि बाल नदिने । भन्न पाएपछि ‘जे’ बाहाना नि बनाइदिने ! मलाई नि यो ‘जे’ ले नराम्रो सँग गाँजेको छ । जसले ‘जे’ सोचे पनि बालै भएन । तर यही ‘जे’ को बारेमा खोजिनिति गर्ने हो भने, सायद म सँग जवाफ छैन ।

‘जे’ कै कुरा गर्दा याद आयो ! स्कुल हुँदा Math को क्लास मा यो ‘जे’ ले साह्रै दु:ख दिन्थ्यो । त्यो x,y आदि variable राखेर, मानेर गर्नु पर्ने हिसाब मा सर भन्नु हुन्थ्यो, ‘जे’ राखे नि हुन्छ । हुन पनि हो, हामी फेरि ‘j’ लेख्दा नि हुन्छ भनेर, सर को दिमाग माथि हमला गर्थ्यौँ । सर पनि के कम, “राखन, अरे राखन, j राखन” भनेर हामीलाई ‘जे’ ले नै प्रतिवाद गर्नुहुन्थ्यो । अनि j त के लेखिन्थ्यो त्यसको सट्टा मा x, y आदि लेखिन्थ्यो, लुरुक्क परेर !

हिजो अचानक न्युरोड गेट मा पुराना मित्र फेला परे । उनी पनि यही ‘जे’ गरे नि हुन्छ भन्ने हाम्रो सिद्धान्त बाट प्रेरित भएका रहेछन्, उनी भन्दै थिए । पैसो नै कमाउने भए, जे गरे नि भइाहाल्यो । उनको ‘जे’ ले कति सम्म थेग्छ उनी नै जानुन् तर मेरा लागि त्यो ‘जे’ को अर्थ अपार थियो । भन्दै मा ‘जे’ भनिसके पछि, त्यसको अन्त्य म बबुरो ले पत्ता लगाउने कुरै भएन । मैले हो मा हो मिलाए, जे गरे नि भै’गो नि । देशमा जसले ‘जे’ गरे पनि भा’कै छ क्यारे ! साथिभाइ ले आफू सँग ‘जे’ गरे नि हुन्छ जस्तो गरेकै छन् क्या रे ! तर खै वास्तव मै ‘जे’ भन्नु चाँहि नहुने जस्तो पनि लाग्छ कहिले काँहि ।

‘जे’ भनेपछि त सारा संसार नै डुब्छ । ‘जे’ गरे नि हुन्छ, ‘जे’ खाए नि हुन्छ, ‘जे’ बोले नि हुन्छ । बोलेको पैसो लाग्दैन क्यारे ! बिन्दास ‘जे’ बोले नि हुन्छ, नपत्याए हाम्रा नेताहरु को भाषण सुन्नुस् न, ‘जे’ बोले नि हुन्छ भन्ने कुरा कति मज्जा ले व्यवहार मा उतारेका छन् । यो ‘जे’ भन्ने एक अक्षर को प्राणी ले सायद ‘विन्दास’ को अर्थ बताउला या कुनै रोकटोक बाहेक भन्ने बुझाउला या के ? यो ‘जे’ पनि अवस्था अनुसार फरक भइदिन्छ । लौ, मैले त लेखिदँए अब तपाई ‘जे’ गर्नुस् ।

तर यो ‘जे’ खानेभन्दै मा ‘जे’ नि खानु भएन अनि गर्ने भन्दै मा ‘जे’ पनि गर्नुभएन । यहाँ त अनेक अर्थ निस्किन्छ, तपाई ले ‘जे’ भन्नुभयो भने ! बरु यो ‘जे’ भन्न छोडेर केही विषय मा केन्द्रित भएर ठ्याक्कै त्यही कुरा गरे पो रमाइलो र राम्रो हुन्थ्यो होला । तर यो जन्मै देखि लागेको बानि कहाँ छुट्छ र हजुर ! तपाइ को मनले, दिमाग ले ‘जे’ भन्छ त्यही गर्नुस् हजुर !  तर उ, त्यो भनेर कुरा चाँहि चबाउनु भएन नि ! हाम्रो अर्को अचम्म को बानि छ, केही मिलेन भने, केही भन्या जस्तो भएन भने, दोष अरु को मा थुपार्दिने । त्यसले त्यो गरेर त हो नि, हामी ले गरेको त त्यो भयो, मैले त त्यो गरेकै हो ! हा हा हा ! जसले ‘जे’ भनुन हामीलाई बालै भएन !  हाम्रो ‘जे’ जिन्दावाद !

Comments

  1. जीवन श्रेष्ठApril 4, 2010 at 10:49 AM

    जय 'जे'वाद!!!!!

    ReplyDelete
  2. जय भोलि को याद दिलाउने दामी लेख लाग्यो मलाइ त !!!!

    ReplyDelete
  3. जसले ‘जे’ भनुन हामीलाई बालै भएन ! हाम्रो ‘जे’ जिन्दावाद !
    .........
    -
    -
    -
    -
    -
    -
    अनि साच्चैं आकार ब्रो यो 'जे' चाहिं कुन पार्टीको नेता हो नि ??? हा हा हा हा

    ReplyDelete
  4. hehe nice one aakar ...like it...

    ReplyDelete
  5. ब्लग नै त हो 'जे' लेखे पनि भयो :) अनि कमेण्ट नै गर्ने त हो त्यो पनि 'जे' लेखे पनि हुन्छ ।

    हा हा ....दामी ाग्यो मलाई यो जे महिमा ।

    ReplyDelete
  6. blog lekhne le j lekhne ni bhayo, comment garne le pani j nai gare pani bhaihalyo ni!jasle j lekhe ni balmatlab!hahaha...good one

    ReplyDelete
  7. hehe nice one aakar ...like it...

    ReplyDelete
  8. जय भोलि को याद दिलाउने दामी लेख लाग्यो मलाइ त !!!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह...

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ ...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

ट्विटर लाइकोनोमिक्स

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ । ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Subscribe to Aakar Post