“Campaign To Help Rural Nepal” को नारा साथ गत वर्ष देखि स्थापना भइ सामाजिक सेवा मा अग्रसरता देखाउँदै आएको Kathmandu University का विद्यार्थीहरु को समूह Student United Mission KU ले १३ मार्च मा बाग्लुङ को रायाडाँडा गाउँ को श्री महा विद्यार्जन माध्यमिक विद्यालय को पुस्तकालय को लागि पुस्तकहरु वितरण गरेका छन् ।
Student United Mission KU का २८ जना विद्यार्थीहरु को समूह बाग्लुङ को रायाडाँडा पुगी विद्यालय पुस्तकालय को लागि पुस्तकहरु प्रदान गरेका थिए । काठमाडौँ विश्वविद्यालय इलेक्ट्रिकल तेस्रो वर्ष का विद्यार्थी रविन्द्र जी सी को सभापतित्व मा श्री महा विद्यार्जन माध्यमिक विद्यालय रायाडाँडा, बाग्लुङ मा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
केयु का विद्यार्थीहरु ले कक्षा १ देखि १० सम्म का दर्जनौँ पाठ्यपुस्तकहरु जम्मा गरेर, उक्त विद्यालय को लागि पुस्तक वितरण गरेका हुन् । यसका साथै, कार्यक्रम मा ४० वटा सिएफएल चिम पनि निशुल्क बाँडिएको थियो । स्थानीय कृषकहरु को लागि भर्मि कम्पोष्ट ट्रेनिङ गरि करिब ४०० वटा गँड्यौला पनि वितरण गरिएको थियो । श्री महा विद्यार्जन माध्यमिक विद्यालय मा सञ्चालन गरिएको कार्यक्रम मा, प्राथमिक उपचार का औषधीहरु पनि Student United Mission KU का विद्यार्थीहरु ले बाँडेका थिए ।
Student United Mission KU का अनुसार कार्यक्रम मा ३ वटा कम्प्युटर पनि वितरण गर्ने कार्यक्रम थियो, तर काठमाडौँ विश्वविद्यालय ले अन्तिम समय मा कम्प्युटर उपलब्ध नगराइदिएको ले, कम्प्युटर वितरण गरिएन । काठमाडौँ विश्वविद्यालय ले ३ महिना पछि कम्प्युटर उपलब्ध गराउने प्रतिबद्धता गरे अनुरुप Student United Mission KU ३ महिना पछि फेरि बाग्लुङ गएर कम्प्युटर हस्तान्तरण गर्ने कुरा Student United Mission KU ले जनाएको छ ।
स्थानिय, स्कुल व्यवस्थापन समिति, शिक्षक शिक्षिका तथा विद्यार्थीहरु को उत्साहजनक सहभागिता रहेको कार्यक्रम मा, स्वास्थ्य, शिक्षा, कम्प्युटर प्रविधि आदि विविध विषयहरु को बारेमा Student United Mission KU का विद्यार्थीहरु ले प्रिजेन्टेसन तथा अन्तरक्रियात्मक कार्यक्रम गरेका थिए। अन्तरक्रियात्मक कार्यक्रम मा सहभागिलाई हौसला स्वरुप पुरस्कार पनि बाँडिएको थियो भने स्कुल को विद्यार्थीहरु को नाम मा अक्षेय कोष पनि खडा गरिएको थियो ।
१२ मार्च शुक्रबार मा Student United Mission KU अन्तर्गत ५ जना छात्रा सहित २८ जना विद्यार्थीहरु काठमाडौँ विश्वविद्यालय धुलिखेल बाट बाग्लुङ का लागि प्रस्थान गरेका थिए । समूह मा ईलेक्ट्रिकल बाट ९ जना, ईन्भाइरोमेन्टल साइन्स बाट ७ जना, बायोटेक बाट २ जना, मेकानिकल बाट ३ जना, कम्प्युटर बाट २ जना, मिडिया बाट १ जना तथा फार्मेसी बाट ४ जना विद्यार्थीहरु को सहभागिता थियो । बेलुका साँढे ६ बजे बाग्लुङ बजार पुगेको टोलीलाई बाग्लुङ एफएम ले स्वागत गरेको थियो । बेलुका ७ बजे टर्च लाइट को सहारा मा बाग्लुङ बजार बाट करिब ६ घन्टा को ठाडो उकालो हिँडेर विद्यार्थी टोली राती २ बजे, रायाडाँडा पुगेको थियो । १३ मार्च मा कार्यक्रम गरेर, विद्यार्थीहरु १४ मार्च मा केयु मा क्लास लिन आइएपुगेका थिए ।
कार्यक्रम एकदमै सफल भएको र, यो आफ्नो लागि नौलो अनुभव रहेको कुरा बताउँदै ३ महिना पछि कम्प्युटर वितरण को लागि फेरि बाग्लुङ जाने योजना रहेको Student United Mission KU का लाल बहादुर बुढा ले बताए । सामाजिक काम मा विद्यार्थीहरु ले गरेको यो प्रयास को लागि हामी हार्दिक आभार व्यक्त गर्दछौँ साथै यस किसिम का कामहरु को खुलेर चर्चा र प्रशंसा गर्न पनि हामी सबैलाई आग्रह गर्दछौँ ।
Applause for such an enlightening work-- if every sector helps as per their potentiality for the development of infrastructure, the day Nepal will be counted as one of the developed nations is not far! Great job!
ReplyDeletevery good yaar
ReplyDeleteAwesome....deed! keep it up guys!!
ReplyDeleteIt is really great to know this....
ReplyDeleteKeep it up !
dhanyabad sabai jana lai........myself lal bahadur budha...yo mission ko 1 member...:)
ReplyDeletehami yo mission lai..prasamsa prapta garne mull navayera....sabai jana lai prerit garera...rural area ko bikas garne yeuta kadam ko rupp ma lina chahancham.
ReplyDelete