विगत मा सबैभन्दा आलोचित व्यक्ति थिए गिरिजा प्रसाद कोइराला । तर आज तिनै कोइराला अब हामी सामु छैनन्, केबल छ त तिनका भनाइहरु । उनको निधन सँगै, शान्ति प्रकृया अनि संविधान निर्माण कार्य के हुन्छ होला भन्ने कुरा प्रत्येक नेपाली का मगज मा खेलिरहेका छन् ।
नेपाली कांग्रेस मात्र नभइ सम्पुर्ण पार्टि तथा जनताहरु ले एउटा अभिभावक गुमाएकाछन् । उनको उचाइ सुहाँउदो अन्य नेताहरु नभएबाट पनि सबैले उनलाई मानेका थिए अनि सबै उनकै भरमा थिए । कोइराला एउटा राजनितिक शक्तिकेन्द तथा राजनितिक खेलाडि भएबाट, जसरी पनि शान्ति प्रकृया टुंगो मा पुग्नेछ, जनता ले जसरी पनि नयाँ संविधान पाउनेछन्, भनेर सबै विश्वस्त थिए । तर अब चाँहि के हुन्छ त ? देशलाई समेटेर कसले अघि लैजाला भन्ने व्दिविधा सबै मा रहेको छ । समग्र मा भन्दा अब शान्ति प्रकृया अनि संविधान के हुन्छ, सबैको खुल्दुलि को विषय नै यही रहेको छ तर यसको प्रस्ट जवाफ कोही सँग छैन ।
११ वर्षे जनयुद्ध लडेको माओवादी लाई राजनितिक मुलधार मा ल्याइ, शान्ति सम्झौता गराउन सफल भएपछि, कोइराला को चर्चा एकाएक चुलिएको थियो, उनी एकाएक नायक बनेका थिए । उनी भन्थे, ‘यो मेरो जिम्मेवारी हो, म गरेरै छाड्छु, म फेल हुनसक्छु तर म फेल भएर राष्ट्र फेल हुँदैन’ । जिवन का पछिल्ला क्षणहरु मा उनले नेपाली राजनिति मा चालेको “सहमति , सहकार्य र एकता” को नारा ले उनलाई झनै लोकप्रिय बनाएको थियो । उनी नेपाली कांग्रेस का मात्र नभइ, सम्पुर्ण पार्टिपंक्ति, अनि आमजनता ले मानेका सर्वमान्य नेता हुन् । विगत मा उनको जति निन्दा हुने गरेको भएपनि, आज उनको निधन पछि देश पुरै शोकमग्न बनेको छ ।
उनी कति लोकप्रिय रहेछन् भन्ने कुरा त, आज को श्रद्धान्जली को लागि लागेको लाइन बाट पनि थाहा हुन्छ । रंगशाला मा बिहान ८ बजेदेखि दिउँसो २ बजे सम्म उनको शब राख्ने भनिएको भएपनि, उनको शबलाई ३ बजेसम्म दशरथ रंगशाला, त्रिपुरेश्वर मा राखिएको थियो । लाइन हेर्दा यस्तो लाग्थ्यो, मानौँ यो लाइन सकिने वाला छैन । हजारौँ हजार जनताहरु लाइन मा लागेका थिए, आफ्ना नेता प्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्न । भारत का नेताहरु तथा कुटनितिक नियोग का व्यक्तिहरु पनि कोइरालालाई श्रध्दान्जली अर्पण गर्न रंगशाला पुगेका थिए ।
अब जाने गइसकेका छन् तर शान्ति प्रकृया तथा संविधान निर्माण मा उनको अभाव अवश्य खड्कने छ । नेपाली राजनितिमा माओवादीलाई मिलाएर लान सक्ने खुबी अन्य नेता मा अहिले सम्म देखिएको छैन । अत: निश्चय पनि, कोइराला को अभाव खड्किने छ । जनता दुखित भन्दा वढी चिन्तित छन् कोइराला को निधन मा यस अर्थ मा कि, अब देश मा के होला भन्ने अर्को चिन्ता जनता माथि थपिएको छ !
शान्ति प्रकृया तथा संविधान सभा को निर्वाचन अनि गणतन्त्र ल्याउन को लागि कोइराला को अतुलनिय भुमिका रहेको थियो । राणा शासन, पञ्चायत का विरुद्ध लडेका कोइराला ले पछिल्लो पटक ६२-६३ को आन्दोलन को नेतृत्व गरेका थिए ।
--------------------------------------------------------------------------------------------------------------
उज्यालो ९० नेटवर्क का कमल पराजुली ले स्वर्गिय गिरिजा प्रसाद कोइराला को योगदान को चर्चा गर्दै तयार पार्नुभएको रिपोर्ट सुन्नुहोस् । जहाँ कोइराला भन्दैछन्, “सबैलाई मिलाएर लाने मेरो जिम्मवारी हो, त्यो पुरा गरेर छाड्छु’ । तर अफसोच शान्ति छाएको हेर्ने तथा नयाँ संविधान बनेको हेर्ने उनको चाहना भने अधुरै रह्यो । भुतपुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति स्वर्गिय गिरिजा प्रसाद कोइराला मा हार्दिक श्रध्दान्जली !!!
अडियो सुन्नुहोस् वा यहाँबाट डाउनलोड गर्नुहोस् ।
image credit: nepalivoices
Yeah he will be missed....the political deadlock might continue... :(
ReplyDeleteWe missed one of the great heros of nepal.
ReplyDeleteWe missed one of the great heros of nepal.
ReplyDelete