Skip to main content

पानी छैन केयु मा !

केयु मा विगत एक वर्ष देखि पानी को अभाव भइरहेको छ । खानेपानी वितरण गर्ने धुलिखेल खानेपानी ले भनिएको जति पानी केयु मा वितरण नगर्दा पानी को अभाव भएको हो । पर्याप्त पानी नहुँदा, विद्यार्थी देखिNo Water in KU शिक्षक सम्म पानी को अभाव झेल्न बाध्य छन् ।

केयुलाई दैनिक ९० हजार देखि १ लाख लिटर सम्म पानी को आवश्यकता रहेको मा, खानेपानी समिति ले २४ घन्टा मा जम्मा १५ देखि २० हजार लिटर सम्म मात्र पानी केयु को लागि वितरण गर्दै आएको छ । गतवर्ष सम्म पर्याप्त पानी आइरहेको मा, गतवर्ष केही वडाहरु मा धारा विस्तार गरिएको भन्दै पानी अपुग  भएको जनाउँदै समिति ले पर्याप्त पानी आपुर्ति गर्न छाडेको हो । जसको सिधा असर होस्टल मा बस्ने विद्यार्थी तथा क्वाटर मा बस्ने शिक्षक तथा स्टाफहरुलाई पर्दै आएको छ । छात्र र छात्रा गरि करिब ५ सय विदयार्थी  केयु को होस्टल मा बस्दै आइरहेका छन् भने, करिब ४६ परिवार क्वाटर मा बस्दै आएका छन् । पर्याप्त पानी को आपुर्ति नहुँदा नुहाउन र लुगा धुन मात्र नभइ, पिउने पानी कै अभाव हुन थालेको वर्ष दिन  भइसक्यो ।

वर्ष दिन सम्म अब त पानी को सहज आपुर्ति होला होला भन्दै आश मा बसेका विद्यार्थिहरु ले पिउने पानी सम्म को अभाव भएपछि २० गते विहिबार बिहान केयु प्रशासन अगाडि पानी चाहियो भन्दै नारावाजी गरेका थिए । प्लेकार्ड र पम्प्लेट बोकेर आएका छात्राहरु को समूहले करिब १ घन्टा केयु प्रशासन समक्ष पानी चाहियो भन्दै प्रदर्शन गरेका थिए । प्रदर्शन पछि विद्यार्थी प्रतिनिधिहरु को समूह ले प्रशासन समक्ष वार्ता गरेको थियो । केयु प्रशासन ले हरसम्भव पानी को आपुर्ति सहज गर्न कोशिस गरिरहेको बताएको छ । आन्तरिक स्रोत बाटै केही इनार बाट पानी निकालिएको छ भने, पिउने पानी ट्यांकर बाट ओसारिरहेको छ । तथापी १ लाख पानी खपत हुने ठाउँ मा ३०-३५ हजार लिटर ले आपुर्ति सहज हुने कुरै भएन । तर पानी ओसार्ने ट्यांकरहरु पनि बाटो बाटै मा डनहरुले रोकेर हप्ता असुल्न थालेका कारण केही दिन ट्यांकरबाट पानी आपूर्ति नहुँदा निकै समस्या परेको थियो ।

केयु को, हामी प्रयास गरिरहेका छौँ भन्ने कुरा सुन्दा सुन्दा आजित भएका विद्यार्थीहरु, २० गते बिहिबार दिउँसो जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रे पुगि समस्या बारे जिल्ला प्रशासन अधिकृत श्री नेत्र प्रसाद न्यौपानेलाई जानकारी गराएका थिए । सिडिओ तथा सहायक सिडिओ समक्ष विद्यार्थी ले पानी नपाएको गुनासो गर्दै, चाँडो भन्दा चाँडो पानी को आपुर्ति सहज गराइदिन आग्रह गरेका थिए । झट्ट कुरा गरेर तुरुन्त समस्या समाधान हुन्छ भन्ने आशा मा सिडिओ कार्यालय  पुगेका विद्यार्थीहरु अब तुरुन्तै पानी पाइन्छ भनेर विश्वस्त भने हुन सकेनन् । सबैको कुरा सुनिसकेपछि सिडिओ ले बताउनुभयो, अर्को हप्ता धुलिखेल खानेपानी सँग कुरा गरेर, केयु सँग फेरि कुरा गर्नेछौँ । अब आफू जलस्रोत समिति को अध्यक्ष भए पनि, यो पानी वितरण प्रणाली जटिल रहेको कुरा बताउँदै, वितरण प्रणाली मा धेरथोर सुधार आवश्यक रहेको कुरा औँल्याउनुभयो । कुराकानी का क्रम मा विद्यार्थी ले चित्त बुझाएर फर्केको भएपनि, चाँडै पानी पाइन्छ भन्ने कुरा मा विश्वास गर्ने ठाउँ कहीँ छैन । झन् सरकारी काम कुनै पनि चाँडो हुँदैन भन्ने कुरा त आज कै कुरा बाट पनि थाहापाइयो । धुलिखेल खानेपानी सँग अर्को हप्ता सकेसम्म चाँडो बैठक बसेर समस्या हल गरिने भएको भएपनि, बैठक को मिति समेत तय गरिएन ।

हुन त यसअघि पनि केयु प्रशासन ले पानी को आग्रह गर्दै खानेपानी सँग वार्ता गरिसकेको छ तर खानेपानी पानी को अभाव छ भन्दै, पर्याप्त आपुर्ति नगर्ने पक्ष मा रहेको छ । धुलिेखेल क्षेत्र मा रहेका होटल, हस्पिटल, आर्मी ब्यारेक, प्रहरी, सरकारी कार्यालय सबै मा पानी पर्याप्त हुने तर देश कै गौरव बोकेको, तथा धुलिखेल कै शोभा बनेर रहेको अग्रणी शैक्षिक संस्था काठमाडौँ विश्वविद्यालय मा भने पानी को अभाव रहेको कुरा आफैँ मा विवादास्पद छ । पानी को अभाव सँगै केयु ले केही ट्यांकर पानी दिनहुँ किनिरहेको छ, तर यो देखेर धुलीखेल खानेपानी भन्छ, हाम्रो पर जंगल मा रहेको ट्यांकी मा ५० हजार को ट्यांकी छ, ट्यांकर ल्याएर त्यहाँ बाट किनेर लानु । ५० हजार को ट्यांकी मा पानी हुने अनि, ट्यांकर मा ओसारेर ल्याउन पाइने तर पाइप बाट पानी आपूर्ति नगर्ने, खानेपानी समिति को कुरा बुझ्न सकिएको छैन । यही कुरा ले पनि पानी पर्याप्त छैन भन्ने समिति को कुरा माथि औँला उठाउने ठाउँ भेटिएको छ ।

तर हामी विद्यार्थी, स्टाफ अनि शिक्षक को हक मा हेर्दा, केयु ले जसरी पनि हामीलाई पानी उपलब्ध गराउनु पर्छ । चाहे किनेर होस् या बोरिङ गरेर, जसरी भएपनि पानी उपलब्ध गराउनु पर्ने हुन्छ । जब देखि होस्टल फि बढ्यो, त्यसै समय देखि पानी को अभाव भएको कारण, विद्यार्थीहरु केयु प्रशासन सँग रुष्ट भएका छन् । ४ वर्ष को लागि आफ्नो घर, आफ्नो स्कुल मानेर विश्वविद्यालय छिरिसकेपछि केयु ले हामीलाई सबैकुरा उपलब्ध गराउनु केयु को कर्तव्य हुन आउँछ । केयु ले चाहे बोरिङ गरेर हुन्छ कि, नयाँ स्रोत खोजेर हुन्छ कि, जसरी भएपनि हामीलाई पानी उपलब्ध गराउनुपर्छ । हामीलाई पानी चाहियो । सोच्नुस् न, हामीलाई अत्यावश्यक पानी पनि भनेको समय मा पाइँदैन भने, हामीले के गर्ने ? पढ्न जाने कि पानी कहाँ पाइन्छ खोजेर हिँड्ने । अत: जतिसक्दो, पानी को आपुर्ति सहज गर्न सबै पक्ष समक्ष हार्दिक अपिल गर्दछौँ । हस्पिटल होटल, सैनिक अनि प्रहरीलाई पर्याप्त आपूर्ति गर्ने तर विश्वविद्यालय लाई एक चौथाइ मात्र पानी आपुर्ति गर्ने , खानेपानी उपभोक्ता समिति को सौतेलौ व्यवहार बाट हामी विद्यार्थीहरु मा धेरै मर्का परेको कुरा यसैब्लग मार्फत अवगत गराउँदै, विद्यार्थीहरुलाई पानी को सहज आपूर्ति हुनुपर्यो भन्ने जोडदार माग गर्दछौँ । पानी को लागि खानेपानी कै पाइप काट्दा मात्र समस्या समधान हुने भए अर्कै कुरा, अन्यथा पानी को सहज आपूर्ति गराउनुपर्‍यो, हामीले पानी पिउन पाउनुपर्‍यो । आशा गरौँ केयु ले आन्तरिक स्रोत बाट भएपनि, जसरी भए पनि महिना दिन भित्र खानेपानी को आपूर्ति सहज गराउँछ अन्यथा विद्यार्थी पढाइ छाडेर आन्दोलन मा उत्रनु बाहेक अरु केही विकल्प छैन कारण जहाँ पनि जुलुस ननिकाली कसैले कुरा सुन्ने वाला छैन ।

जय खानेपानी !!!

Comments

  1. Manoj from PanautiMarch 5, 2010 at 6:02 PM

    कुरा के यू को मात्रै होइन कम्रेड, सारा धुलिखेल भरी नै पानी को समस्या छ....अहं, धुलिखेल मात्रै पनि होइन त्यो धुलिखेलमा आउने पानी को मुहान भएको ठाउँ पनौती मा पनि त्यो भन्दा ठुलो समस्या छ अहिले । धुलिखेलमा आपुर्ती हुने पानी पनौती बाट आउने हो.... मलाई अझै सम्झना छ कि जन-आन्दोलन भाग-२ मा पनौती बासिहरु जिल्ला प्रशासन घेराउ गर्न जाँदा पुलिस को Tear-Gas खाएर रन्थन्नियर पानी माग्दा धुलिखेल्बासिहरुले उल्टो फोहोर पानी झ्यालबाट खन्याइदिएका थिए तेस्को रिसमा पनौतिका युवाले धुलिखेल आउने पानीको Pipe काटिदिएका थिए। धुलिखेलमा आउने खानेपानी पनौतिको जनताले समेत नखाएर सिधै रोशी खोलाको मुहान बाट ल्याइएको हो वास्तवमा । जिल्लाको सदरमुकाम भएकाले, पर्यटकिय नगरी भएकाले, अनी के यू ,धुलिखेल हस्पिटल लगायतका महत्वोपूर्ण निकायहरु भयकाले नै पनौती बासिहरुले यो सदायता देखाएका थिए तर आज पनौतिबासीहरुनै पानी को हाहाकारमा परेका छन । अब उनिहरुको एउटै माग छ कि धुलिखेल निर्यात भएको त्यो पानी पनौतिमै पहिले बितरण गरिनु पर्छ। तेस्कालागी आन्दोलन को कार्यक्रम तय भइसकेको छ । तेसैले... आकार ब्रो लगायताका के यू का आम विद्यार्थीहरुलाई पानीका लागी आँफै घरबाट ल्याएर खान अनी use गर्न म आग्रह गर्दछु किनकी अहिले के यू ले पाइरहेको ३० - ३५ हजार लिटर पानी पनि अब पाउने वाला छैन है धुलिखेलले चेतना भया ।

    ReplyDelete
  2. yes...! Manoj is 100% right. Thanks manoj for comment.

    ReplyDelete
  3. ओहो, अब काठमांडूको व्यथा काठमांडू बिश्वबिद्यालयमा ? धुलिखेल पुगेर ? साह्रै भयो यो त | विद्यार्थीले पढ्नु कि पानी खोज्न हिंड्नु ?

    ReplyDelete
  4. yes...! Manoj is 100% right. Thanks manoj for comment.

    ReplyDelete
  5. कुरा के यू को मात्रै होइन कम्रेड, सारा धुलिखेल भरी नै पानी को समस्या छ....अहं, धुलिखेल मात्रै पनि होइन त्यो धुलिखेलमा आउने पानी को मुहान भएको ठाउँ पनौती मा पनि त्यो भन्दा ठुलो समस्या छ अहिले । धुलिखेलमा आपुर्ती हुने पानी पनौती बाट आउने हो.... मलाई अझै सम्झना छ कि जन-आन्दोलन भाग-२ मा पनौती बासिहरु जिल्ला प्रशासन घेराउ गर्न जाँदा पुलिस को Tear-Gas खाएर रन्थन्नियर पानी माग्दा धुलिखेल्बासिहरुले उल्टो फोहोर पानी झ्यालबाट खन्याइदिएका थिए तेस्को रिसमा पनौतिका युवाले धुलिखेल आउने पानीको Pipe काटिदिएका थिए। धुलिखेलमा आउने खानेपानी पनौतिको जनताले समेत नखाएर सिधै रोशी खोलाको मुहान बाट ल्याइएको हो वास्तवमा । जिल्लाको सदरमुकाम भएकाले, पर्यटकिय नगरी भएकाले, अनी के यू ,धुलिखेल हस्पिटल लगायतका महत्वोपूर्ण निकायहरु भयकाले नै पनौती बासिहरुले यो सदायता देखाएका थिए तर आज पनौतिबासीहरुनै पानी को हाहाकारमा परेका छन । अब उनिहरुको एउटै माग छ कि धुलिखेल निर्यात भएको त्यो पानी पनौतिमै पहिले बितरण गरिनु पर्छ। तेस्कालागी आन्दोलन को कार्यक्रम तय भइसकेको छ । तेसैले... आकार ब्रो लगायताका के यू का आम विद्यार्थीहरुलाई पानीका लागी आँफै घरबाट ल्याएर खान अनी use गर्न म आग्रह गर्दछु किनकी अहिले के यू ले पाइरहेको ३० - ३५ हजार लिटर पानी पनि अब पाउने वाला छैन है धुलिखेलले चेतना भया ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह...

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ ...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

ट्विटर लाइकोनोमिक्स

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ । ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Subscribe to Aakar Post