बिहानी भाले को डांक संगै, सुतिरहेको राजधानी मा अव्यवस्थित कृयाकलाप को कुइरीमण्डल अराजकता फैल्याउंदै दिनचर्या सुरु हुनु कुनै नौलो कुरा होइन। त्यही पनि राजधानी मौन नै छ, किनकी उ निर्जिव छ। यथास्थानमा छ र यावत सल्बलाहट भोग्न बाध्य छ। रोड देखिन बोर्ड सम्म,जाली देखि घर को पाली सम्म, फटाहा देखिन चोटाह सम्म इत्यादी सम्पूर्ण को सर्म नमानी कर्म गर्न पाइने कर्मथलो भैदिएको छ राजधानी।
विश्वमान चित्र को ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको मुलुक को यस राजधानी कत्तिनै पो ठुलो होला भन्ने सामान्य ठोकुवा त जो कोहिले पनि लगाउनु कुनै ठुलो कुरा भएन यध्यपि यहाँ हुने अराजकता कसैको ज्ञान चछु सम्म नपुगेको पनि हुन सक्दछ। यदि पुग्थ्यो होला त समाधान पनि निक्लिने थियो होला।
वर्तमानलाई हाँक्न नसेके पनि भविष्य छर्लङै दृष्टिगोचर गर्न सक्ने भविष्यवक्ता पनि नजन्मिएका होइनन् यस राजधानी मा। भविष्यलाई छर्लङै देखि नाम राख्न सिपालु महापण्डितहरु ले न्वारन गरिदिएका कतिपय संघ संस्थाहरु का नाम र काम आज पनि पूर्णिमा को जून झैँ छर्लङै पाउन सकिन्छ। वायुसेवा निगम, टेलिकम, आयलनिगम,वन विभाग इत्यादी इत्यादी, अरु पनि धेरै छन् त्यो पत्ता लगाउने जिम्मा तपाईंहरु लाई।
अब माथि का नाम का शीर्षक सार्थकता को कुरा गर्दा,सर्वप्रथम वायुसेवा निगमलाई हेरौं। बुढापाका आयु र वायु को ठेगान हुँदैन भन्छन्। वायु भनेको हावा, हावा को ठेगान नभएको त हामीलाई पनि अनुभव भएकै कुरो हो, त्यस्तै कहिले नउड्ने ठेगान त कहिले उड्ने ठेगान नभएको निगम को नाम आज पनि उत्तिकै सार्थक रहेको छ।
टेलिकम लाई चैं टेलिफोन कम मात्र संपर्क गराउनसक्ने माध्यम को रुपमा विकसित हुन्छहोला भन्ने हचुवा को आधार मा नाम दिइयो होला,तर पनि सार्थक नै हुँदै गइरहेकोछ।
आयलनिगम को चैं उतीखेर देखि नै सार्थक नै रहेको छ किनकि पहिले पनि उता बाट आएपछी नै त बितरण हुने थियो नि, नभए त 'आए'ल निगम, नआए त उही लाइन नै त हो नि।
हाम्रा वन का कर्मचारी धेरै बने भनेर चिन्ता लिनुपनि फोकट्या नै हुन्छ। नभए हेर्नुस् न नाम नै 'वन' बिभाग, अनी बन्नु परेन त?
यति धेरै संस्था का नाम काम अनुसार ट्वाक्क समय सापेक्ष्य मिलाउन सक्ने महापण्डितहरुको भविष्यवाणि लाई त साधुवाद टक्र्याउनै पर्यो नि होइन । धेरै नाम मिलाउन सक्ने ले बिद्युत प्राधिकरण को नाम भने मिलाउन नसकेको जस्तो लाग्छ। यदि यस प्राधिकरण को नाम लोडसेडिङ प्राधिकरण राख्द्या'भा भन्नुस् त कतिराम्रो हुनेथियो,बिद्युत उत्पादन र वितरण को हिसाब किताब भन्दा लोडसेडिङ वितरण को नै हिसाब किताब मा व्यस्त छ्न् यार। त्यही पनि तालिका बमोजिम लोडसेडिङ भै'दे त बेस नै हुनेथियो,भैगो के कुरा गर्नु !
अब महानगरपालिका को कुरा गरौं। महानगरपालिका ले पनि आफ्नो नाम को खुब जोगाउ गर्याछ बा। पालिका हुनाको कारण बाट नै होला फोहर फाहर अनि दुर्गन्ध लाई फालिका भन्दा 'पालिका' मा बढि जोड दिएको छ। पालिका भित्र का सडक ले भत्केको ढाड देखाएका देखाकै छ्न,खटेरा साधन गूडेका गुडेकै छ्न। धारा बाट पिउने भन्दा 'खाने'पानी बढि मात्रामा आउनु त एउटा पहिचान नै हो यस पालिकाको। महानगरिय प्रहरी को पनि आफ्नै पहिचान छ, मानौं उनीहरु प्रहरी भन्दा ज्यादा महा'नगरिय' हुन्। त्यसैले शान्तिसुरक्षा नगरिय मा नै अभ्यस्त छन्। अनि महानगरपालिका भने तमाम अराजकता लाई 'पालिका' गर्न मा नै व्यस्त छ।
यी तथा अन्य अराजकताहरु थुप्रै देख्न सकिन्छ यस राजधानी मा। त्यसैले भन्न मन लाग्छ यो भूमी लाई 'अराजकधानी'। सबै लाई यस्तै लाग्छ होला। कि कसो?
यहाँ हुने अपराध को त चर्चा गरिएकै छैन । आजै (माघ २४ गते, २०६६) पनि स्पेशटाइम नेटवर्क तथा च्यानल नेपाल का अध्यक्ष जमिम साहलाई लाजिम्पाट मा दिउँसै गोलि हानि हत्या गरियो । सायद यहि नै अराजकता होला, हाम्रो राजधानिको । त्यसैले त यो राजधानी 'अराजकधानी' बन्दैछ ।
-Ghimire Sunil

Madan Bhandari Memorial College
RatoPool, Kathmandu.
RatoPool, Kathmandu.
यी तथा अन्य अराजकताहरु थुप्रै देख्न सकिन्छ यस राजधानी मा। त्यसैले भन्न मन लाग्छ यो भूमी लाई 'अराजकधानी'। सबै लाई यस्तै लाग्छ होला। कि कसो?
ReplyDeleteतपाईको विश्लेषण बबाल छ ।
'राजधानी र अराजधानी'- यि शब्दहरु बिल्कुल भिन्न हुन । लेख को theme त ठिकै छ तर Title चाँही पटक्कै मिलेन... कम्रेड घिमिरे सुनिल !!!!!
ReplyDeleteअराजधानी होइन, अराजकधानी भनेको हो है, धर्म ब्रो !
ReplyDelete--
आकार
arajakdhani nai ta bhayo ni hamro rajdhani...yeslai malik harulai jimma lagauchan kun din hamra aguwa harule sabai kura thik parna...kyarni sano dulo lai bhwang nai parunjel pani silaune ta chiyocharcho nai chaina...rajhdhani ko durgati!
ReplyDeleteखत्तम छ गाठे नेपाली रजधानीको हालत ।

ReplyDeleteयी तथा अन्य अराजकताहरु थुप्रै देख्न सकिन्छ यस राजधानी मा। त्यसैले भन्न मन लाग्छ यो भूमी लाई 'अराजकधानी'। सबै लाई यस्तै लाग्छ होला। कि कसो?

ReplyDelete