पहिलोपटक धरहरा चढेर फटाफट फर्कदैँ गर्दा कसैले पछाडि बाट बोलायो ‘दाइ सुन्नुस् त’ भन्दै । म टक्क रोकिँए, एउटी राम्री केटी मेरो अगाडि आइपुगी । उसले भन्नथाली, ‘दाइ, हामी पश्चिम बाट आएका पढ्न, अनि पैसा को लागि, हामी यो नोटबुक, कलमहरु बेचिरहेका छौँ, हाम्रो ठूलो समूह छ, हामी पढ्नलाई, सामान बेचिरहेका छौँ, तपाई पनि केही लिइदिनु न’ । म अक्क न बक्क परेँ, अनि एकछिन पछि भने, मैले त भर्खर किनेँ भनेर टार्न खोजेँ, तर उसले धेरै अनुनय विनय गर्न थालेपछि, एउटा कलम किनेँ अनि टेम्प चढ्न हिँडे । सोचेँ मैले राम्रै काम गरेछु, सबैले यसै गरे भने त पढिहालछन नि तिनीहरु । करिब ४-५ वर्ष अघि को सुन्धारा अनुभव थियो यो । जुन समय मा म काठमाडौँ भर्खर भर्खर छिरेको थिँए । त्यहाँ बाट कलम किनेर हिँडेको थिएँ म तर सबैतिर काठमाडौँ मा उनीहरु कै भिड पो देखेँ । रत्नपार्क, वानेश्वर, कोटेश्वर सबैतिर उनीहरु त्यसैगरि बाटो हिँड्नेलाई रोकेर, आग्रह गरिरहेकाथिए । लाग्यो २-३ दिन को उनीहरु को अभियान होला । तर के को, २-३ दिन को अभियान हुन्थ्यो त्यो त तिनीहरु को काम नै रहेछ, सामान बेच्ने । उनीहरु को काम नराम्रो भन्न खोजेको हैन । तर काठमाडौ...