Listen to 9th episode of Radha in Shrutisambeg.
आज को अंक: "कृष्ण को बिहे"
यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् ।
पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ ।
माथि को अडियो डाउनलोड गर्नुहोस् ।
कहिलेकाही म अचम्मित हुन्छु कि 'धाराबासीदाई' को यो 'राधा' ले कसरी मदन पुरस्कार पायो होला भनेर...... कुनै बस्तुगत Quality त छैन यस्मा खासै....! शायद त्यो बर्ष त्यस्तो उल्लेख्निय साहित्य श्रीजना नभएर पो हो कि राधालाई चित्ठा परेको ? गाठी कुरो के हुनसक्छ आकार ब्रो ?
ReplyDeleteयो 'मदन पुरस्कार' भने पछि सँधै बबाल हुने गरेको छ । मैले थाहा पाएका भर्खरै का, 'पल्पसा क्याफे', 'राधा','अन्तर्मन को यात्रा', 'एकहात को ताली' आदि सबै कृति ले मदन पुरस्कार जितेको विषय मा यस्तै प्रतिक्रियाहरु सुन्ने गरेको छु । खै, गाँठि कुरा के हो, मलाई थाहा छैन ब्रो !!!

ReplyDelete9 Episode kina pura na rakheko ni ?
ReplyDeletethats a great
ReplyDelete