Happy Holidays भनेर बिदा मागेरै हिँडिसकेको भएपनि फेरि आइपुगेँ,केहि गन्थन गर्नलाई ! काठमाडौँ, प्राय: सबैलाई सपना को सहर नै लाग्छ, हुन पनि काठमाडौँ त्यस्तै नै छ, नेपाल मा पाइने सबै सुविधाहरु काठमाडौँ मा उपलब्ध छ, अनि ७५ जिल्ला कै मान्छे को जमघट छ काठमाडौँ मा !
करिब १ महिना पछि हिजो,धुलिखेल बाट काठमाडौँ आएँ । भक्तपुर को सूर्यविनायक देखि धुलो खाइँदै आइयो कोटेश्वर सम्म । सडक विस्तार गर्ने काम जोडतोड कै साथ चलिरहेको छ। बाटोभरि धुलो उडेकोछ, अलि कस्तो कस्तो असजिलो महशुस हुन्छ ।
नयाँ वानेश्वर मा गाडि बाट झर्ने बित्तिकै, फोहोर को डंगुर ले स्वागत गरिरहेथ्यो । गाडि बाट झर्ने बित्तिकै नाक थुन्नुपर्यो । कैयौँ दिन देखि काठमाडौँ का सडकबाट फोहर उठ्न सकेको रहेनछ, सँधै को आन्दोलन, सबैको आन्दोलन सम्झेर पनि दिक्क लागेर आउँछ ।
फोहोर उठाउनेहरु को आन्दोलन, उता कुर्सी को लागि माओवादी को आन्दोलन, उता एक प्रदेश एक मधेस भन्ने को आन्दोलन, उता वाइसिएल ले पिटेको विरुद्ध मा आन्दोलन, उता अर्को को, त्यता अर्को को । काम चाँहि गर्नु छैन सँधै आन्दोलन ले मात्र देश उँभो लाग्ला त ? सायद हामी पनि भेडै हौँ, संघियता को नाम मा हुने आन्दोलन लाई नि ठिक हो भन्छौँ, अनि संघियता को विरुद्ध मा भइरहेको आन्दोलनलाई पनि समर्थन गर्छौँ ।
साँच्चै भन्नुस् त ति सभासदहरु ले के काम चाँहि पार लगाएकाछन्, त्यही एउटा संविधान बनाउने काम पनि पार नलगाउलान् जस्तो छ । त्यति को लागि पनि उच्चस्तरिय संयन्त्र बनाउनु पर्या छ, अनि फेरि त्यसको पनि भागबन्डा मा किचकिच । हे, दैव किन हाम्रै देश मा यति बिघ्न किचलो भएको राजनिति मा ?
कान मा इयरफोन, इयरफोन मा गोपाल योन्जन को गित सुन्दै, म हिँडिरहेछु यस्तै कुराहरु सोच्दै, फोहोर को डंगुरहरु बिच । नयाँ वानेश्वर बाट हिँड्दै गौशला हुँदै, चाबेल छिचोलेँ, भिडहरु को माझ, नाक थुन्दै । किन किन काठमाडौँ आउन त मन लाग्छ तर यस्तो फोहोर,अनि अस्तव्यस्त जिवन देखेर दिक्क लागेर आउँछ । लोडसेडिंग मात्र ११घन्टा भनेर हामी सबै मख्ख छौँ, मन्त्रीहरु गर्वका साथ भाषण गर्दै हिँडिरहेकाछन्,लोडसेडिङ दिन को १४ घन्टा भन्दा बढि हुन दिदैनौँ, अनि हामी तिनका भाषण सुनेर ताली बजाउँछौँ, हामी कस्ता नागरिक ??? यस्तो कुरा सोच्ने हो भने,आफैँलाई आफुसँग वैराग लागेर आउँछ,हामी कता जाँदैछौँ ?
सोच्दा स्थिति भयावह छ तर हामी नेपालीहरु बाँच्न अभ्यस्त भइसकेका छौँ, 'काम हैन कुरा गरेर' । यसको पछिल्लो प्रमाण त माओवादी नै छ । देशभित्र जनतालाई रगत तात्ने भाषण दिने भारत का विरुद्ध, अनि सिमा मा पुगेपछि, भारतिय सँग हात मिलाएर,'जो भि कर रहे हो, अच्छे कर रहे हो' भनेर भन्ने । फेरि नेपाल का गाउँ गाउँ चहारेर तिनै सोझा नेपालीहरु को बुद्धि भुट्ने, वाह क्या बात ! अझ अस्ति त प्रचण्ड ले भारत सँग त आफ्नो रोटी र बेटी को सम्बन्ध छ भनेर, मज्जा ले अन्तरवार्ता नै दिन भ्याएछन् । सडक मा बसेर चर्को भाषण गर्ने, नारायणकाजी श्रेष्ठ अस्ति भारतिय गणतन्त्र दिवस को दिन, भारतिय दुतावास मा गएर राकेश सुद सँग मस्त ले गफ हानिरहेको फोटो त प्राय सबै पत्रिका ले प्रकाशित गरेका थिए । यस्तो भनाइ र गराइ मा फरक परेपछि,के गर्ने होला खै ??? जति सोच्यो,त्यति विकराल लाग्छ, काठमाडौँ अनि काठमाडौँ मा बसेर राजनिति गर्नेहरु को पारा देखेर !!!

काम गर्ने हो भने,सायद केही चाँहिदैन थियो होला, तर यही संविधान बनाउनलाई पनि ६०१ सभासद खोजेर ल्यायौँ,तर ती सभासद र मन्त्रीहरु पनि उदेक का चन् । कोही कर्मचारीलाई अफिस मै झापड लाउँछन्,कोही दिन दहाडै जंगल का काठ तस्करी गर्छन्, कोही स्यालुट मारेन भनेर प्रहरीलाई चुट्छन्, कोही थोत्रो गाडि दियो भनेर आफ्नो गाडि को सिसा आफैँ फुटाउँछन् । त्यति मात्र कहाँ हुनु र, आफ्नो स्वकिय सचिव को तलब र भत्ता समेत आफैँ कुम्ल्याउँदा रहेछन् । सुजाता कोइराला को स्वकिय सचिव भरत सापकोटा मात्र अलि पृथक परेछन्, उनले चाँहि अरुहरु को पनि करोडौँ कुम्ल्याएर टाप ठोकेछन् । हुन त संविधान सभा मा केही काम नै छैन तिनिहरुको, त्यही तलब खायो, अनि शक्ति र दम्भ को भर मा नचाहिँदो काम गर्यो ।
साँच्चै भन्नुस् त ति सभासदहरु ले के काम चाँहि पार लगाएकाछन्, त्यही एउटा संविधान बनाउने काम पनि पार नलगाउलान् जस्तो छ । त्यति को लागि पनि उच्चस्तरिय संयन्त्र बनाउनु पर्या छ, अनि फेरि त्यसको पनि भागबन्डा मा किचकिच । हे, दैव किन हाम्रै देश मा यति बिघ्न किचलो भएको राजनिति मा ?
कान मा इयरफोन, इयरफोन मा गोपाल योन्जन को गित सुन्दै, म हिँडिरहेछु यस्तै कुराहरु सोच्दै, फोहोर को डंगुरहरु बिच । नयाँ वानेश्वर बाट हिँड्दै गौशला हुँदै, चाबेल छिचोलेँ, भिडहरु को माझ, नाक थुन्दै । किन किन काठमाडौँ आउन त मन लाग्छ तर यस्तो फोहोर,अनि अस्तव्यस्त जिवन देखेर दिक्क लागेर आउँछ । लोडसेडिंग मात्र ११घन्टा भनेर हामी सबै मख्ख छौँ, मन्त्रीहरु गर्वका साथ भाषण गर्दै हिँडिरहेकाछन्,लोडसेडिङ दिन को १४ घन्टा भन्दा बढि हुन दिदैनौँ, अनि हामी तिनका भाषण सुनेर ताली बजाउँछौँ, हामी कस्ता नागरिक ??? यस्तो कुरा सोच्ने हो भने,आफैँलाई आफुसँग वैराग लागेर आउँछ,हामी कता जाँदैछौँ ?
सोच्दा स्थिति भयावह छ तर हामी नेपालीहरु बाँच्न अभ्यस्त भइसकेका छौँ, 'काम हैन कुरा गरेर' । यसको पछिल्लो प्रमाण त माओवादी नै छ । देशभित्र जनतालाई रगत तात्ने भाषण दिने भारत का विरुद्ध, अनि सिमा मा पुगेपछि, भारतिय सँग हात मिलाएर,'जो भि कर रहे हो, अच्छे कर रहे हो' भनेर भन्ने । फेरि नेपाल का गाउँ गाउँ चहारेर तिनै सोझा नेपालीहरु को बुद्धि भुट्ने, वाह क्या बात ! अझ अस्ति त प्रचण्ड ले भारत सँग त आफ्नो रोटी र बेटी को सम्बन्ध छ भनेर, मज्जा ले अन्तरवार्ता नै दिन भ्याएछन् । सडक मा बसेर चर्को भाषण गर्ने, नारायणकाजी श्रेष्ठ अस्ति भारतिय गणतन्त्र दिवस को दिन, भारतिय दुतावास मा गएर राकेश सुद सँग मस्त ले गफ हानिरहेको फोटो त प्राय सबै पत्रिका ले प्रकाशित गरेका थिए । यस्तो भनाइ र गराइ मा फरक परेपछि,के गर्ने होला खै ??? जति सोच्यो,त्यति विकराल लाग्छ, काठमाडौँ अनि काठमाडौँ मा बसेर राजनिति गर्नेहरु को पारा देखेर !!!
बाफ् रे बाफ....!!!! यो ब्लग चाँही 'सही' छ है । धुलिखेलको स्वछ हावा खाएको दिमागले, साँगा भञ्ज्याङबाट तलतिरको काठमाडौं खाल्डोमा झरेपछी तेही को भाषण-प्रदुसित हावाले छोए जस्तो छ नि ब्रो ....हुन पनि काठमाडौं झरेपछी जो पनि पड्किन्छन समस्याको Jingle' बजाउदै .....हा हा हा हा हा !!!!
ReplyDeleteकाठमाण्डौको फोहरको कुरा गर्ने हो भने यो फोहरको राजनिती हाम्रा दिग्गज नेताहरुको दिमागको फोहर सफा नहुन्जेलसम्म चलिनै रहनेछन भन्दा फरक पर्दैन । तर दोष सबै भने तिनका मत्रै हैनन् दिनमा १४ घन्टा भन्दा बढी लोडसेडीङ नहुने कुरामा समेत ताली मार्ने हामी पनि उस्तै हौं :)
ReplyDeleteकाठमाडौँ मै भएको अनुभव भयो । अघि भर्खर पढेको युवा नेता छान्ने कार्यक्रममा पनि अनियमितता भयो रे ! भो त अब, अझ १० वर्ष सम्म अँध्यारोमा नाक मुख छोप्दै हिँड्नु पर्ने स्थिति देखियो । भारत मुर्दावाद भन्दै झा लाई सपथ खुवाउन काँग्रेस र ऐमाले सँग मिलेर संविधान संशोधन गर्ने पाजीहरूको के कुरा गर्नु ।
ReplyDeleteचितवन राजधानी हुने हल्ला चलिरहेको छ । त्यसले Kathmandu लाई अस्तव्यस्त हुनबाट रोक्ला कि ????

ReplyDelete