Skip to main content

१२ वर्षे मकर मेला

परीक्षा सकियो, के गर्ने ? एउटा बाहाना त चाहियो, अनि केही साथि सहित लागियो पनौती तिर मकर मेला को ईन्द्रेश्वर मन्दिर ! नाम गरेर ! १२ वर्ष मा मनाइने मकर मेला देशभर कै प्रख्यात मेला भन्दा फरक नपर्ला । काठमाडौँ, पनौती चल्ने मिनिबस को छत मा बसेर पनौती पुगियो । यति नजिकै रहेर पनि, पनौती मेरा लागि नौलो थियो, पहिलो पटक म पुग्दैथिँए पनौती, दर्जनौँ स्वागत व्दारहरु पार गर्दै ।

सायद मकर मेला कै कारण होला, भिड धेरै थियो । मान्छेहरु को भिड त थियो नै, उसमाथि हिन्दी, अंग्रेजी र नेपाली गितहरु चर्को स्वरमा घन्किरहेका थिए । पसल पिच्छे नै, फरक फरक गित बजे पछि कस्को के लाग्छ र ? सायद मेला भनेको यही होला, मान्छे को भिड अनि बाटो नै ढाक्ने गरि राखिएका अस्थायी पसलहरु, खाजा नास्ता को लागि खोलिएका अस्थायी टहराहरु ।

सायद, मेला को रौनक अहिले को समय मिल्दो अलि भएन होला । १२ वर्ष अघि यही मेला को पनि आफ्नो विशिष्ट महत्व थियो होला तर अहिले प्रविधि सँगै बदलिएका हामीहरुलाई, यो मेला संस्कति बचाउने काम भन्दा अरु केही लागेन । सँस्कृति बचाउनु त राम्रो कुरा हो तर अब युग सुहाउँदो तरिका अपनाउँदा राम्रो हुन्थ्यो होला ।

The Complete Idiot's Guide to Hinduism, 2nd Editionभिड छिचोल्दै, झोलुङ्गे पुल तरेर मन्दिर मा पुगियो । अनि तल झरेर अलिकति पानी छोइयो पनि, हुन त नुहाउनु पर्ने ! हा हा हा । अनि भित्र घुम्दै गइयो, २ वटा त पुराण नै वाचन भैरहेको थियो, त्यसबाहेक सबै आ-आफ्ना धर्म प्रचार गर्न बसेका थिए । यो धर्म प्रचार को संस्कृति देखेर पनि उदेक लागेर आउँछ ।

चारैतिर फर्काएका माइकहरु छन्, कतै के त कतै के , सबै आ-आफ्नै पारा मा । एकातिर नारायण-नारायण को एकहोरो, भजन आइरहेको छ भने, अर्कातिर हरे कृष्ण हरे राम को भजन बजिरहेको छ । अनि आफ्ना स्टल अगाडि किताबको थुप्रो लाएर बसेका छन्, धर्म प्रचारकहरु, आफ्नो सम्प्रदायलाई ठूलो देखाउँदै । त्यसपछि, ईन्द्रेश्वर मन्दिर सम्म पुगियो । ऐतिहासिक सहर पनौती मा केही घन्टा बिताएर फर्कियो, केही फोटो नि खिचेर
ल्याएको छु, मोबाइल बाट हेर्नुहोला है !

समय अभाव ले हामी डाँडा मा रहेको मन्दिर मा चाँहि पुगेनौँ।
 

Panauti Makar Mela मन्दिर अनि साथ मा, खोला लाई छेकेर बनाइएको कुण्ड, यहाँ जाने भक्तजनहरु मकर मेला को अवसर मा  स्नान गर्ने गर्छन्, हामीले चाँहि पानी छोएर मुख धोएको जस्तो गर्‍यौँ ।
Panauti Makar Mela पानी मा देखिएको मन्दिर को छाँया !
Panauti Makar Mela    पानी मा देखिएको मन्दिर को छाँया !
 Panauti Makar Mela  
Jholunge pool

Comments

  1. la aaja aakar sir ko blog ma hamro dukhi photo ni aayo hai... but makar melaa bhajan sunaayera.... jeri bechera matrai chalya jasto chha

    ReplyDelete
  2. केयु पढ्दा बसको छत चढेर मकर मेलामा गएको अझै स्मरण ताजा छ । लौन १२ बर्ष भै सकेछ र भन्या :)

    ReplyDelete
  3. मेलाहरु modernize/commercialize हुँदै जादै छन। पहिले-पहिले मेला 'purity' मा नापिन्थ्यो भने अहिले प्रतिस्प्रधामा । पनौती मेलाको बिशेषतानै यो हो कि जहिले पनि ब्यबस्थित तरिकाले सम्पन्न नहुनु । मेरो उमेर को यो बसन्त सम्म मैले २ पटक पनौती मेला भर्ने मौका पाएको छु । तर यसपटक छुटेको छ । साह्रै नरमाइलो लगेको छ । आकार ब्रो, पनौती गोराख्नाथ डाँडाबाट पनौती शहर हेर्नु को मज्जै अर्को हुने थियो। ....but you missed it ...that means you missed 30% of the glimpse of 'पनौती मेला' तै पनि पनौती मेला घुमिदिएकोमा अनी मेला सम्बन्धी 'फिचर' लेखिदिएकोमा स-धन्यवाद कासाथ सादुबाद' to your team!!! Lovely photos.

    ReplyDelete
  4. धर्म ब्रो, अर्को पटक पनौती जाँदा चाँहि त्यो छुटेको ३० प्रतिशत पनि हेरौँला । अनि प्रज्वल दाइ, १९९८ बाट अहिले सम्म त १२ वर्ष भैहाल्यो नि ! हा हा हा

    ReplyDelete
  5. मेलाहरु modernize/commercialize हुँदै जादै छन। पहिले-पहिले मेला 'purity' मा नापिन्थ्यो भने अहिले प्रतिस्प्रधामा । पनौती मेलाको बिशेषतानै यो हो कि जहिले पनि ब्यबस्थित तरिकाले सम्पन्न नहुनु । मेरो उमेर को यो बसन्त सम्म मैले २ पटक पनौती मेला भर्ने मौका पाएको छु । तर यसपटक छुटेको छ । साह्रै नरमाइलो लगेको छ । आकार ब्रो, पनौती गोराख्नाथ डाँडाबाट पनौती शहर हेर्नु को मज्जै अर्को हुने थियो। ....but you missed it ...that means you missed 30% of the glimpse of 'पनौती मेला' तै पनि पनौती मेला घुमिदिएकोमा अनी मेला सम्बन्धी 'फिचर' लेखिदिएकोमा स-धन्यवाद कासाथ सादुबाद' to your team!!! Lovely photos.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

My First Post on Blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Download the SLC Result 2071/2072 [PDF]

The result of the SLC (School Leaving Certificate) examinations 2071/2072 has published today. According to the Office of the Controller of Examinations, Sanothimi 47.43% students have passed the SLC examination, which is slightly better than the last year  result (Last year it was 43.92%). Altogether 574,685 students had appeared in the exam. Download the SLC Result of 2071 in .pdf format from here: 1) SLC Result 2071 Regular.pdf 2) SLC Result 2071 Exempted.pdf How to check SLC Result? # Download/Click above pdf file # Open pdf and Press Ctrl+F # Box will appear, Insert your symbol number and Search pdf Disclaimer! The record of the Office of the Controller of the examination will be official.

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

Subscribe to Aakar Post