चौथो दिन
बिहान मेरो आँखा खुल्दा साथीहरु हल्ला गरिरहेका थिए। हल्ला किन भएको रहेछ भनेर बाहिर निक्लदा लम्जुङ हिमाल, माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु होटल अगाडि नै हाँसिरहेको देखेँ। हिमाललाई आफ्नो त्यति नजिक मैले पहिला कहिलेपनि देखेको थिइन। जता हेर्यो त्यतै लोभलाग्दो रमाईलो। समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ वास्तवमै एउटा स्वर्गको टुक्रा जस्तै रहेछ। पर्यटनलाई नेपालको आर्थिक विकाशको मेरुदण्ड बनाउन सकिन्छ भन्ने त सुनेको थिएँ तर किन भनेका रहेछन भन्ने कुरा मलाई घान्द्रुक पदयात्राले प्रष्टसँग बुझाइदियो।
आज घान्द्रुकबाट पोखरा पुग्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार हामीले विहानको खाजा, नास्ता खाएर करिब ११:३० बजेतिर घान्द्रुक घुम्दै नयाँपुल जाने यात्रा प्रारम्भ गर्यौं। भाङ्ग्रा लगाएका गरुङ्गहरु कमै देखिए घान्द्रुकमा। पदयात्राको अन्तिम दिन थियो आज। बाटामा पर्ने गुरुङ्ग संग्राहलय र विभिन्न किसिमका पुराना घरहरु हेर्दै हामी ओरालो झर्न थाल्यौं नयाँपुलतिर। घान्द्रुक उकालोबाट मोदी पारिको लान्द्रुक गाउँका घर-गोठहरू हरियो चौरमा थुप्रेर बसेका च्याङ्ग्राको बथान जस्तो लाग्थ्यो। घान्द्रुकलाई मनमा सजाउँदै पोखरालाई गन्तब्य मानेर म फटाफट नयाँपुलतिर लम्किरहेको थिएँ।
अन्त्यमा
यस पदयात्राले मलाई जीवनलाई किन यात्रा भनिएको रहेछ भन्ने कुराको राम्रो ज्ञान गराइदियो। पदयात्रा जस्तै जीवनमा पनि उकाली, ओराली आउँछन्। बेलाबखत थकाईपनि लाग्दो रहेछ तर निरन्तर अघाडि बढ्नुपर्छ भन्ने शिक्षा यस पदयात्राले जीवनको बारेमा सिकाएको महत्त्वपूर्ण पाठ हो।
जीवन भन्दा पदयात्रा धेरै सजिलो हुन्छ। पदयात्रामा रुट र गन्तब्य दुवै थाहा हुन्छ, यात्रीलाई। तर जीवनमा रुट र गन्तब्य सवै यात्रीले नै पहिलाउँदै अगाडि बढ्नुपर्छ। अन्त्यमा जीवन एउटा लामो पदयात्रा रहेछ भन्छु म।
- अमोल आचार्य
मिडिया स्टडिज, तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

समाप्त !
- अमोल आचार्य
मिडिया स्टडिज, तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।
This is a great series going.
ReplyDeleteWhen I was learning to water paint, I had always loved the first picture. So much artistic.
Keep bringing nice stuffs.