देख्छु सपना
म
हजार,
हो, म देख्छु
केही मिठा सपना !
लखतरान देह
थकित मन लिएर
भर्खर फर्किएको छु
म,
केही छिन त आराम गर्न देउ
एक्कै छिन
कल्पना मा हराउन देउ !
मलाई हराउन देउ
आफैँमा,
रम्न चाहन्छु
म,
सपना को बगैँचा मा !
देश, परिवेश
समाज र राजनिति
आजित भइसकेको छु
म,
भुल्न चाहन्छु
आफूलाई,
यो स्वप्न नगरी मा !
म
सपना देख्छु
एउटा सुन्दर भविष्यको
जहाँ हामी हुनेछौँ
उनीहरु हुनेछन् ।
खुशीले पुलकित हुन्छु,
एकै फड्को मा
सगरमाथा चुम्ने हिम्मत राख्छु,
मेरो सपना नटुटोस्,
मेरो देश नफुटोस् ।
कहिले लाग्छ
मेरा सपनाहरु
ऐना का सिसा झैँ,
उज्यालामा चम्किला देखिएका मात्र हुन्,
ती
क्षणभर मै
चकनाचुर बनाइन
सक्छन् ।
सायद
भ्यागुताको धार्नी पुर्याउने
असफल कोशिस गर्दैछु
म !
तर पनि,
हिम्मत हारेको छैन
यो देश
जति उनीहरुको हो,
त्यति नै मेरो पनि हो ।
म र मेरो सपनाको
अन्त्य छैन !
हो,
म मिठो सपना देख्छु,
एउटा सुन्दर
संसार को कल्पना गर्छु ।
जहाँ तिमी र म हुनेछौँ
उनीहरु हुनेछन्
हाम्रो नेपाल हुनेछ ।
Absolutely loved da poem...ur feeling shows in every line...kip up da good work...it always pays....pays with loads of appreciation!!
ReplyDeleteAwesome...speechless to make any comments! Keep writing!
ReplyDeleteTruly, I am in tears after reading this piece....A patriotic poem !!! It really touched my heart....
ReplyDeleteWOW Anil.....Just like the above comment I hav no any comments to make....
It made me feel so overwhelmed !!!!!
राम्रो कविता । यो सपना मेरो पनि हो हामी सबैको हो ।
ReplyDeleteAwesome...speechless to make any comments! Keep writing!
ReplyDeleteराम्रो कविता । यो सपना मेरो पनि हो हामी सबैको हो ।
ReplyDelete