
व्यवसाय सुरु गर्दा ताका माउ कुखुरा ल्याउन समस्या परेको बताउँदै फार्म का बिष्णु शर्मा भन्नुहुन्छ,-‘उसबेला कुखुरा कहाँ बाट ल्याउने समस्या थियो, जानेकाहरु र थाहा पाएकाहरु पनि केही सल्लाह दिदैँनथिए, हामीलाई कुखुरा कहाँबाट ल्याउने, कसरी ल्याउने, कति ल्याउने आदि जस्ता कुरामा साह्रै नै समस्या परेको थियो’ । व्यवसाय को सुरुवात का दिन मा भारतबाट वर्षेनि मुस्किलले पाँच छ हजार मात्र माउ कुखुरा ल्याइने गरिएको फार्म मा अहिले चल्ला उत्पादन का लागि वर्षेनि तिस चालिस हजार माउ कुखुराहरु ल्याउने गरिन्छ भने हप्ता मा करिब तिस देखि चालिस हजार चल्लाहरु उत्पादन हुने गरेको छ ।

कुखुरापालन व्यवसाय बाट नै वर्षेनि लाखौँ को आम्दानी गर्न सफल शर्मा दाजुभाइ लाई बेलाबेला मा फैलने बर्डफ्लु जस्ता रोगहरु का कारण कहिलेकाँहि धेरै नै समस्या भोग्नुपरेको अनुभव पनि छ । सन् १९९० मा ताइवान मा बर्डफ्लु देखिँदा होस् या विगत का वर्षमा छिमेकी देशहरु मै बर्डफ्लु देखिँदा होस्, माउ कुखुराको अभाव मा ह्याचरी उद्योग बाट माग अनुसार को चल्ला आपुर्ति गर्न सकिएको छैन ।
कृषिप्रधान देश भनिएपनि कृषि मा चाहिँ अनुदान नदिने सरकार को व्यवहार प्रति ह्याचरी व्यवसायीहरु रुष्ट रहेको कुरा प्रभात पोल्ट्रि का विष्णु शर्मा बताउँछन् । उनी भन्छन्-‘सरकारी तबर बाट अहिले सम्म हाम्रा लागि केही भएको छैन, यहाँ त गाडि चढ्न को लागि हायरपर्चेज कर्जा ६-७ प्रतिशत मा दिन्छन् तर कृषि का लागि भने १४ प्रतिशत ब्याज लगाउँछन्’ । भारत लगायत देशहरु मा पोल्ट्रि व्यवसाय को लागि विद्युत, दाना, औषधोउपचार मा सरकार ले प्रशस्त अनुदान दिने गरेको छ तर नेपाल मा भने केही कुरा मा पनि सरकार ले अनुदान दिएको छैन । शर्मा दाजुभाइ थप्छन्-‘नेपाल मा मासु अपुग भयो भनेर, सरकारले ब्राजिल र थाइल्यान्ड बाट कुखुरा ल्याउन अनुमति दिएको छ तर नेपाल मै उत्पादन बढाउन सकिन्छ भनेर यो सरकार अलिकति पनि सोच्दैन’ ।
माउ कुखुरा को अभाव अनि माउ कुखुरा को चर्को मुल्य पर्न थालेपछि ११ वटा ह्याचरीहरु मिलेर देश मै पहिलो पल्ट काभ्रेमा माउ कुखुरा उत्पादन गर्ने ह्याचरी खोल्न लागिएको कुरा नेपाल ह्याहचरी उद्योग संघ का अध्यक्ष समेत रहनुभएका ईश्वर शर्मा ले जानकारी दिनुभयो । उक्त ह्या चरी २ वर्ष भित्र सञ्चालन मा आउनेछ ।
एड्स को कुरा: उसबेला थोरै मात्र कुखुराहरु खपत हुने गर्थ्यो, त्यही पनि लोकल तर जब केही ले मासु को लागि ब्रोइलर पाल्न थाले अनि यस्ता हल्लाहरु धेरै नै फैलन थाले । ब्रोइलर को मासु केही निश्चित पसल मा मात्र पाइने अनि ब्रोइलर लोकल को दाँजो मा ठूलो देखिने, छाला पनि मोटो मोटो देखिने, अझ भनौँ ब्रोइलर को त खुट्टा पनि मोटो र रसिलो देखिने । अनि त्यही मोटो र रसिलो ब्रोइलर को कारण एड्स को कुरा फैलिएको रहेछ । ब्रोइलर को मासु बिकाउन, आकर्षक देखाउन, ब्रोइलर को मासु मा सुई लाउँछन्, पानी भरेर ! धेरै फाइदा लिन, मासु रसिलो र ठूलो देखाउन, सुई (सिरिन्च) को माध्यमबाट, ब्रोइलर को मासु मा पानी दिन्छन् भन्ने कुरा चल्दोरहेछ । त्यसभन्दा उदेक को कुरा त के भने, हस्पिटल मा प्रयोग भइसकेको सुइहरु को प्रयोग गर्छन् भन्ने हल्ला फैलिएको रहेछ । सुइ, हस्पिटल अनि मासु को कुरा आएपछि मासु खाँदा एड्स लाग्छ भनेर व्यापक प्रचार भएको रहेछ ।
All pics by: Prem Tshering Sherpa