
...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छु । तिखो कर्कस आवाज सहित जहाज रनवे मा दगुर्न थाल्छ । मेरोभन्दा पछील्लो सिटमा बसेकी महिला आत्तिएर अगाडिको सिटमा घोप्टो परेर टाउको अड्याउँछिन, अर्को सिटको बालक कहालिँदै रुन्छ च्याहाँ च्याहाँ ।

बिमान उत्तर लाग्दै जाँदा पहाडहरुको उचाइ बढ्दै जान्छ र बेला बेलामा भईरहने जहाजको असन्तुलन ले मुटु ढक्क हुन्छ । यो यात्रा निकै डरलाग्दो पनी लाग्छ मलाई तर क्याप्टेन र को-पाइलट आफ्नै धुनमा अखवार पढिरहेका छन । बेला बेलामा म एअरहोस्टेस तर्फ हेर्छु किनकी मलाई जहाजमा देखिएको यो असन्तुलन सामान्य हो कि गम्भिर भनी निश्चित हुन मन लाग्छ । यदी गम्भिर हो भने सधैं जहाजमा यात्रा गरेकी एअरहोस्टेस को अनुहार पक्कै आत्तिएको जस्तो देखिएला !उत्तर लाग्दै गएपछी तल देखिने भिरालो परेका छाना भएका घरहरु हराउँदै र थेप्चो छाना भएका घरहरु देखिँदै आउँछन । पहाडका पनि उत्तरी मोहडा रुखबिरुवाबिनाका तालुखुइले देखिन्छन भने दक्षीणी मोहडा घना जङ्गलले ढाकिएका हरिया । म यो प्रकृतिको कलात्मक सिर्जनाको तस्बिर मेरो क्यामरामा लगातार कैद गरिरहेकै हुन्छु ।

पहाडलाई खारेर पूर्वि मोहडामा उत्तर दक्षिण लम्बाइमा रहेको रारा बिमानस्थल (ताल्चा) पर देखिन्छ । जहाजका चालकहरु ककपिटमा सक्रिय हुन्छन अझ अगाडि पुर्व पश्चिम फैलिएको गमगढी बजार देखिन्छ । गमगढीलाइ ठीक मुनी पारेर बिमान एक चक्कर लगाइ दक्षिण तर्फ मोडिन्छ र बिमानस्थल को धावनमार्ग तर्फ लक्ष्य गर्छ । एकदमै नजिकै रहेका पहाडसँग मलाई साह्रै डर लाग्छ । म दह्रो गरी अगाडिको सिटमा समात्छु र आँखा चिम्लन्छु । कच्ची धावनमार्गमा ठुलो आवाजका साथ घ्याररर गर्दै बिमान रोकिन्छ । म लामो सास फेरेर सिटको पेटी खोल्दै आफ्नो झोला मिलाउन लाग्छु । एउटा यात्रुको ओर्लने समयमा कुखुराको अण्डा खस्छ । फुटेको अण्डा देखेर एअरहोस्टेस रिसाउँदै त्यसलाई सफा गर्न लाग्छे । म चाँही के के सोचिरहन्छु ।।।।
क्रमश:...
(मुगु सदरमुकाम, गमगढी, कर्णाली बाट)
Nice writting ....
ReplyDeleteनिकै रमाईलो तरिकाले लेख्नु भएछ। आफैलाई जहाज चढे जस्तो लाग्यो। लेखन तरिका र तपाईको यथार्थतालाई टिपाउने तरिका मन पर्यो बिशेष : म एअरहोस्टेस तर्फ हेर्छु किनकी मलाई जहाजमा देखिएको यो असन्तुलन सामान्य हो कि गम्भिर भनी निश्चित हुन मन लाग्छ ।"
ReplyDeleteकर्णालीमा हुनुहुदो रहेछ। अझै सुन्दर तश्बिरहरु र यात्राका लेखहरु पढ्न पाईयोस। सुन्दर लाग्यो फोटोहरु पनि।
This is what I love about blogging :) The post is interesting, but it also does provide general idea about the location to the readers for their future trips.
ReplyDeleteBTW, nice pictures :)
ReplyDeleteक्या मज्जा आयो यो यात्रा अनुभव पढ्नलाई... साँच्चै आफैँ पुगेजस्तै भयो । लेखन शैली अत्यन्तै मनपर्यो मलाई । घुम्ने विचार छ एकपटक कर्णाली तर खै कैले कैले.....
ReplyDeleteरमाईलो लाग्यो यो पोस्ट । यो रायोको साग र ब्रोईलर कुखुराको मासु बोकेर हवाई यात्रा गर्ने कुरा पनि निक्कै घत पर्यो ।
ReplyDeleteनेपालको सानो विमानमा यात्रा गर्दा मलाई पनि यस्तै खाले अनुभव भएका थिए, सब ताजा भए !
यात्रा अनुभव निकै रमाइलो लाग्यो। एअरहोस्टेसको व्यवहारले भने मलाई पनि के के सोँच्न बाध्य पर्यो। customer त customer नै होला नि कर्णालीको भए पनि काठमाडौंको भए पनि।
ReplyDeleteयात्रा अनुभव निकै रमाइलो लाग्यो। एअरहोस्टेसको व्यवहारले भने मलाई पनि के के सोँच्न बाध्य पर्यो। customer त customer नै होला नि कर्णालीको भए पनि काठमाडौंको भए पनि।
ReplyDeleteThis is what I love about blogging :) The post is interesting, but it also does provide general idea about the location to the readers for their future trips.
ReplyDeleteNice writting ....
ReplyDelete