बेलुकाको ४ बजिसक्यो । ढोकाबाहिर ४३३ लेखेको रुमभित्र प्रवेश गर्नासाथ आफ्नो झोला विस्तारामा फ्यात्त फालेपछि आकार छेउमै रहेको कम्युटरको सिपियु अन गर्छन् अनि लुगै नफुकाली विस्तारामा पल्टिन्छन् । छेउमा उसको रुमपार्टनर आफ्नै विस्तारामा सिरक ओडेर केही पढिरहेको छ । कोठाभित्र सियो खसेको पनि थाहा पाउने सन्नाटा छ । कोठा दुईभागमा बाडिएको छ, आकारको भाग देब्रे अनी उनको रुमपाटनरको दाहिने ।
किताबको र्याक विस्तारा छेउको भित्ताको माथिल्लो भागमा अड्डाइएको छ जसभित्र देशविदेशका साहित्यिक देखि लिएर स्नातक तहका शैक्षिक पाठ्यपुस्तकहरु खचाखछ छन् । विस्तारा अगाडीको हरियो टेबुलमा कालो रङ्गको सामसुङ कम्पनिको मोनिटर राखिएको छ जसका पछाडी सिपियु र स्पिकरका तारहरु लटपट्टिएका छन् । टेबुलमा सानो चाइनिज अलार्म घडी छ जसमा ५ बजेको अलार्म लगाइएको छ । नियालेर हेर्ने हो भने सेकेन्डको सुई चलेको पाइदैन । खानेपानीको लागी मोनिटर छेउमै राखिएको स्प्राइटको हरियो खाली बोत्तल छ ।
विद्यार्थी जीवन, त्यसमा पनि इन्जिनियरिङको जस्तो गार्हो विषय । विहान ९ बजेदेखि साँझ ४ बजेसम्म क्याम्पसको पट्यारलाग्दो लेक्चरले आकारको कान पाकिसकेको हुन्छ । कोठाभित्र आएपछि सियो खसेको थाहा पाउने शान्तिको रस राम्ररी आस्वादन गर्न नपाउँदै रुमपार्टनरको प्रश्नले आकार झस्किन्छ, “के भयो आकार, पढाईको प्रेसर लास्टै छ जस्तो छ नि?” । आँखा चिम्लेरै कतै हेर्दैनहेरी सुस्त स्वरमा आकारको बोली फुट्छ, “त्यस्तै हो यार” । अनी फेरी कोठामा साइलेन्स । आकारलाई गफ गर्ने समय छैन, खासमा मुडनै छैन । गर्नुपर्ने असाइनमेन्टहरुको डेडलाइन सकिन आटिसक्यो । एकहप्तादेखि डायरीमा रचिएका लेखहरु कम्प्युटरमा टाइप गर्न बाँकी नै छ ।
एकैछिनमा कम्प्युटर खुल्छ, डेस्कटपमा पारीजातको श्यामश्वेत तस्बिर, हेर्दै नेपाली सहित्यको प्रतिविम्व झल्किन्छ । त्यतिन्जेल आकार फ्रेस भएर कम्प्युटर आगाडी बसिसकेका हुन्छन् । हेड फोन लगाएपछि डेस्कटपमा रहेको मोजिल्लाको सटकटमा दुइपटक क्लिक गरेपछि ब्राउजरको ट्याब-बारमा आकार टाइप गर्छन्, ‘डब्लु डब्लु डब्लु डट आकार पोष्ट डट कम (www.aakarpost.com) अनी इन्टर बट्टनमाथी चोर औलाले ठ्याक्क ।
आकारको खास नाम अनील पि. घिमिरे हो, घर चाँहि धरहरा-७ सर्लाही । पाँच वर्ष अगाडि विज्ञान विषय लिएर प्लस टु पढ्ने उद्वेश्यका साथ काठमाण्डौ छिरेका आकार हाल धुलिखेलमा अवस्थित काठमाण्डौ विश्वविद्यालय मा पढ्दैछन् । विगतको दिन समझदै भन्छन्, “घर तिर प्लस टुको पढाई त हुन्थ्यो तर आफुलाई भने इन्जिनियरिङ पढ्ने इच्छा, साइन्स पढाउने क्याम्पस थिएन, अनि त काठमाडौँ नआएर उपाय नै भएन ” ।
सन २०११ सम्म केयुको छात्रवास नै आकारकोलागी घर सरह हुनेछ । कम्प्युटर इन्जिनियर संकायमा तेस्रो वर्षमा अध्यनरत आकार विश्वविद्यालयको सेन्ट्रल क्यापसमा पढ्ने १७०० विद्यार्थीमध्येका एक साधारण तर मिहेनेती र साहित्य प्रेमी युवा हुन् । विश्वविद्यालयमा सञ्चालनहुने इन्जिनियरिङ, मिडिया, बायोलोजी, चिकित्सा, गणित आदीका प्राय विद्यार्थीहरु सँग आकारको पिआर राम्रो छ ।
आकारपोष्टडटकम उनको वेबसाइट हो जसका भिजिटरहरु नेपालभित्र देखि देशबाहिर सम्म फेलिएका छन् जसमा धेरैजसो त उनका दौँतरीहरु नै हुनेगर्छन् । उनको ब्लगमा लेखिएका प्रायजसो लेखहरुमा कम्तिमा पनि ५ देखि १० वटा सम्म प्रतिकृयाहरु हुनेगर्छन् । समसमायिक विषयवस्तुका साथै विदेशका चौकन्न पार्ने कहानीहरुलाई नेपालीमा अनुवाद गरी ब्लगमा छापेर उनी आफ्ना पाठकहरुको मन जित्न सफल भएका छन् । थोरै भएपनि ब्लगीङबाट आम्दानी भइरहेकोमा सन्तुष्टी व्यक्त गर्दै भन्छन् , “२ वर्ष अघिदेखि सुरु गरेको ब्लगिङगले जेहोस् अहिले सम्म २०० डलर दिएको छ” । एकछिन पछि थाहा भयो, छेउको हरियो टेबुलमा भ्राइब्रेट गरिराखेको नोकिया मोबाइल सेट आकारले ब्लगिङकै कमाईबाट किनेका रहेछन् ।
तर आकार आफ्नो ब्लगिङ यात्राको उपलब्धी २०० डलरमै सिमित राख्दैनन् । साहित्यको विकास र समयको सदुपयोग गर्न अहम भुमिका खेल्ने ब्लगीङलाई आकार कहिल्यै नछाड्ने कुरामा विश्वस्त देखिन्छन् ।
केयूको क्यान्टिनमा साँझको खाना खाएर आकार छात्रवास लम्कदैँछन् । छात्रवास र क्यान्टिनको दुरी सय मिटर जति होला । हिड्दै गरेको बाटो वरिपरी चुरोटेहरु यत्रतत्र छरिएका छन् । अगाडीबाट आइरहेको धुवाँको मुस्लोलाई छक्याउँदै आकार सेफ साइड लिँदै छात्रवास प्रवेश गर्छन् । केयुको छात्रवास ४ तलेको भव्य भवन छ, कुल २३० विद्यार्थी बसोबास गर्छन् । आकारको कोठा सबैभन्दा माथिल्लो तलामा छ । पहिलो तल्लादेखि चौथो तल्ला सम्म पुग्दा बीचमा थुप्रै साथीहरुसँग हात मिलाउँछन् । कोठाभित्र छिर्दा फेसबुकमा कोही सुलोचना खतिवडा नाम गरेकी केटीले “हाई आकार’ भनेर च्याटको निमन्त्रणा दिएकी रहिछ । आकारलाई सोधेपछि मात्र थाहा भयो सुलोचना त उनको पाठकमध्ये की एक रहिछन् । भर्खरै पोष्ट गरेको ब्लगको प्रतिकृया दिन सुलोचना ले त्यसो गरेकी रहिछन् ।
मेसेन्जरमा आकारको स्टेटस ‘बिजी’ रहेको छ तर फेसबुकमा कमेन्ट हान्न व्यस्त देख्दा उनका साथीहरु अचम्म पर्छन् । ‘कहाँ सबैसँग कुरा गरेर साध्य हुन्छ? समय पनि त हुनुपर्यो्’, आकार जवाफ फर्काउँछन् कोही साथीलाई जस्टिफाइ गर्नुपर्योह भने । टेबुलमाथि राखेको उनको डायरी खुलै छ । समय समयमा टुलुटुलु हेर्दै उनी नेपाली युनिकोडमा टाइप गर्छन् । टाइपिङ सक्नासाथ ब्लगमा अपडेट गर्न हतार भएको उनको खुम्चिएको निदारबाट प्रष्ट हुन्छ । कति साथीहरु ढोका खोल्दै र बन्द गर्दै भित्र-बाहिर गरे, आकारलाई त्यसको मेसो छैन । ब्लग अपडेट गर्नासाथ आकारलाई ‘अपरेटिङ सिस्टम’ विषयको असाइनमेन्टमा डट्नु छ । पर्सिपल्ट त्यसको इन्टर्नल परीक्षा छ, परीक्षा सर्ने कुनै संकेत छैन ।
आकार जस्तै काठमाण्डौ विश्वविद्यालयमा पढ्ने प्रत्यक विद्यार्थीको कहानी उस्तै उस्तै छ । सेमेस्टेर सिस्टम भएकोले छ महिनाभित्र पुरै कोर्स सक्नुपर्ने, केयूको क्यालेन्डर अनुसार समयमै जाँच सञ्चालन गरी १० दिनभित्र रिजल्ट समेत निकाल्नुपर्ने भएकोले केयूले विद्यार्थीहरुलाई सेमेस्टर भरीनै असाइन्मेन्ट, आन्तरिक परिक्षा, प्रिजेन्टेसन, मौखिक परीक्षा इत्यादीमा व्यस्त पार्छ । पढाईलाई गम्भिरुपमा नलिँदा केयुमा विद्यार्थीहरु आउट हुनेगरेको घटना नौला हैन । आकारकै कति साथीहरु एक वर्ष लस्ट गरेर काठमाण्डौमा हल्लिरहेका छन् ।
वि स १९९१ मा स्थापित काठमाण्डौ विश्वविद्यालयले १८ वर्षको इतिहासमा शैक्षिक क्यालेण्डर नबिगारेको दाबी गर्नुहुन्छ उपकुलपति प्रा डा सुरेशराज शर्मा । यसको सबैभन्दा फाइदा आकार जस्ता विद्यार्थीहरुको नै हुन्छ । समयमै दिक्षित भएपछि मार्केटमा केयु ग्र्याजुएट वेरोजगार हुने कमै सुनिन्छ ।
अहिले मध्य रात हुन आटिसकेको छ । कम्युटरको मोनीटर अफ छ तर पृष्ठभुमीमा मोहम्मद रफी, किशोर कुमार, जगजित सिंह, लता मंगेशकर, महेन्द्र कपुर, गितादेवी आदिका सदाबाहार पुराना हिन्दी गितहरु सानो आवाजमा गुञ्जिरहेका छन् । छेउको टेबुलमा बसेर निद्रा र थकाई सँग लड्दै आकार ‘अपरेटिङ सिस्टम’को असाइन्मेन्ट सक्नै आटेका हुन्छन् तर त्यत्तिकैमा लोडसेडिङको समयले गर्दा सबै ठाँउमा बिजुली झप्प जान्छ, चारैतिर अन्धकार ।
- Written & Complied by Shekhar KC
Media Studies, 3rd year KU
(He has written this post as a feature report for his project and assignment. I'm thankful to him. - Aakar)

आकार र शेखर जी लाई रोचक पोस्ट को लागि धन्यवाद.. म जस्तो बुझक्की मान्छे ले यहाँ प्रस्तुत जीवनी बाट धेरै कुरा सिक्न सक्छ.. शेखर ब्रो हाम्रो बारेमा पनि लेख्नुपरो.. हाम्लाई पनि सेलेब्रिटी बनाउन परो.. साथीबाद मा मात्र लाग्नु भएन ;)
ReplyDeleteअनी आकार ब्रो २०० दलर कमाइसकियो ? हाम्लाई पनि सिकाउन परो यार पैसो कमाउने काइदा..हावा गफ गरेरै जोवन बित्ने भो ;)
हा हा । म त HAWA को comment पढेर हाँसो थाम्नै सकिन । दैनिकि मीठो छ आकार । पढ्दा त म पो बरू निकम्मा रहेछु जस्तो लाग्यो । अनि पैसा कमाउने काईदा चाहिँ सिकाउनु पर्यो । १ सुको हात लागेको छैन हामीलाई त!!
ReplyDeleteमैले शेखर दाइको ब्लगमा केमेन्ट गरेको थिएँ यो टाँसो पढेर हिजो...रमाईलो साह्रै रमाईलो लागिर'छ यो पोष्ट पढेर..
ReplyDeleteशेखरबाबुको लेखनी र आकार बाबुको दैनिकी दुवै झकाँस ।कती नम्बर पाईयो यसको प्रश्न शेखरको लागी ?
ReplyDeleteGreat Sansar!
ReplyDeletevery interesting..
Absolutely rocking!
ReplyDeleteMany many thanks for letting us know more about internals of Aakarji,
Thanks
शेखरजीको यो पोष्टका कारण आकारजीक परिचय अझै खुलेको र वहाँलाई अझ नजिक बाट चिने जस्तो लाग्यो ( अफलाईन भेट नभए पनि :))
ReplyDeleteशेखरजी र आकारजी दुबैको सफलताको कामना सहित !
दिलीप आचार्य
(आज बल्ल करिब ३ हप्तापछि मेरोबाट तपाईको ब्ल खुल्यो हो :)
Thank you all for your comments.
ReplyDeleteAnd Dilip ji, Thanks for you info...
आकार जी को बारेमा थाहा पाउदा निक्कै खुसि लाग्यो | अनिल जी राम्रो गर्दै जानुस, जिन्दगि राम्रो संग बितोस, मेहनत र परिश्रमको फल मिठो हुन्छ | सफलता तपाइको साथमा रहोस |
ReplyDelete(शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बतैदिनु भएकोमा )

ReplyDelete(शेखर केसी लाइ धेरै धेरै धन्यबाद आकारजी को बारेमा बताइदिनु भएकोमा )
आकारजी र शेखरजीको पोस्ट निकै राम्रो लग्यो | आउदा दिनमा पनि यस्तै पोस्ट पढ्न पाइयोस भन्ने आशा राख्दछु |
ReplyDeleteअरुण
यो पोष्टले आकार जीको दैनिक चर्या नै छर्लङग पारेजस्तो लाग्यो । निकै मेहनती हुनुहुँदो रहेछ आकार जी
ReplyDeleteसफलताको शुभकामना छ ।

Great Sansar!
ReplyDeletevery interesting..