उसको मरण दिन र मेरो जन्म दिन, महिना, बार र वर्ष फरक भएपनि गते एउटै थियो । तर यस्ता कुराहरु मलाई पहिले याद थिएन तर अहिले यस्ता कुराहरु खुब याद आउँछ, अनि लाग्छ कहिँ कतै कुनै शक्ति को बास छ कि ? ‘कति कुरा नभनेर नै मिठा मिठा, मिठा हुन्छन्’ भने जस्तो पनि लाग्छ कहिलेकाँहि । यो अनौठो संयोग मात्र हो वा यसभित्र रहस्य नै केही छ त्यो त भन्न सक्दिन, तर पनि यदा कदा आफ्नो खप्पर मा लेखिएको कुराहरु सबै सही नै हुन्छन् कि जस्तो पनि लाग्छ । कोही नजिक भएर पनि केही कुरा मिल्न नसक्ने तर कोही टाढा र पराइ भएरै पनि सबै कुरा मिल्ने यो अनौठो संयोग को बारेमा कति जना जानकार छन् या भुक्तभोगि छन् त्यो त थाहा छैन तर यी कुराहरु जन्म मृत्यु सँग जोडिएर आएको सिलसिला भएकोले, कहिले काँहि तर्सिने पनि गर्छु । कोही भन्छन् केही पाउन केही गुमाउनु पर्छ, कोही यो त सबै भन्ने कुराहरु मात्र हुन् पनि भन्छन् ।
जब जब, यस्ता कुराहरु मन मा उव्देलित भएर आउँछन्, तब तब केही नराम्रो हुँदैछ या राम्रो को लागि नै हुँदैछ भन्ने कुरा छुट्याउन नै मुस्किल पर्छ । हुन त सबैको आ-आफ्नै धारणा हुन्छ जीवन को बारेमा, सबैले आफ्नै तरिकाले सोच्ने हुन् । यहाँ कसैले कसैको लागि सोच्दैन, किनकी हामी ठान्छौँ, ‘आफू भलो त जगत भलो’ । हामी भाग्यवादी हौँ, त्यसपछि मात्र कर्मवादी हौँ । ‘भाग्य मा छ भन्दै मा डोको मा दूध दोहेर अडिन्छ र’ हामी नै भन्छौँ तर पछि भाग्य मा यस्तै नै रहेछ भनेर चित्त बुझाउँछौँ, थाहा छैन यो आफैँ मा कति विरोधाभासपुर्ण छ ।
कतिले याद गर्नुभएको होला, कुनै कुनै क्षण मा आफूलाई यो क्षण त मैले पहिले पनि एकपटक व्यतित गरिसकेको छु जस्तो भान पर्छ । यही समय, यही क्षण अनि यस्तै अवस्था थियो झैँ लाग्छ कहिलेकाँहि, खै थाहा छैन त्यस्तो किन लाग्छ तर पनि कहिलेकाँहि महशुस हुन्छ, ठ्याक्कै यही कुरा पहिले पनि भएको थियो या गरिएको थियो । तर पनि मलाई आज आफ्नो जन्मदिन अनि उसको मरणदिन को गते एकैदिन हुनु ले अचम्मित तुल्याइरहेको छ, अचम्मित यसअर्थ मा पनि कि, त्यसपछि केहि परिवर्तन आएको छ, अवस्था मा, सोचाइ मा ! तर अचम्म मैले उसलाई चिनेको छैन र देखेको पनि छैन, मेरो जीवन का कुनै पाटा र छेउहरु मा पनि उसले छुँदैन, भविष्य मा कतै जोडिएछ भने अलग कुरा, साँच्चै उ सँग मेरो गोरु बेचेको साइनो पनि छैन, अनि उसले यो संसार छाडेको केही वर्ष भइसकेकोछ । अस्ति यत्तिकै एकजना ले सोधिदियो, आज कति गते ? म झल्याँस्स भए, उ आफ्नै ताल मा थियो, तर उसको पनि त्यही गते सँग नै सम्बन्ध रहेछ । मैले यति गते भनेर भनिदिँए, उ चुप नै लागिरह्यो, मेरो मन मा त्यही कुरा जोड ले ठोक्कियो, मैले मन मनै त्यही कुरा सम्झेँ तर मैले भनिन कारण उ पनि त्यही गते सँगै सम्बन्धित थियो, त्यो दिन मेरो जन्म दिन को गते नै परेको रहेछ ।
सायद, आज दिमाग खालि खालि भएर पनि यस्तो सोच्न आएको होला, नकारात्मक भावना ले थिचिरहेको होला अनि, त्यसभन्दा बढि डर या भनौँ गलत मानसिकता ले काम गरिरहेको होला, यो हुँदै होइन भन्ने जान्दा जान्दै पनि । हुन त, यो लेख्न सुरु गर्दा, अर्कै सोच्दै थिँए, त्यही जन्म र मृत्यु को बारेमा । तर मलाई आफैँलाई डर लागेर आयो त्यस्ता कुराहरु लेख्न । भैगो, आफ्नो जीवन का ती पाटाहरु को बारेमा यहाँ नलेख्दा नै उचित होला, तर मैले जुन देखिरहेको जस्तो लाग्छ, जुन सोचिरहेको जस्तो लाग्छ, ती कुराहरु मिल्दै गयो भने कुनै बेला पछि लेखौँला, कुनै संयोग या शिलशिला को नाम दिएर ।
अध्यात्मका किताबहरु को खासै गहन अध्ययन त छैन तर कहिलेकाँहि दिग्गजहरु का वार्तालाप सुन्दा, अध्यात्म पट्टि पनि चासो बढेर आउँछ । अनि कहिलेकाँहि लाग्छ, अध्यात्मवादलाई छाडेर हामी कहीँ जानै सक्दैनौँ, हामी जहाँ जान्छौँ, सँगै हाम्रो दर्शन पनि सँगै गइरहेको हुन्छ । यो गन्थन भित्र सायद मैले मात्र बुझ्नसक्ने भाव छ जस्तो नि लाग्छ, कारण मैले यहाँ खासै भेद खुलाउन चाहेको जस्तो मलाई लाग्दैन, जे जति कुराहरु छन् आफ्नै मन मा छन् । त्यस्ता कुराहरु मन मा राख्दा कहिँ दुर्घटना त हुने हैन भन्ने डर ले पनि यहाँ केही जेपिटि कुराहरु टाइप गर्दैछु, भविष्य मा यस्ता कुराहरु आएछन् भने यो नै मेरो लागि रिफ्रेन्स हुनेछ । सायद यो आफ्नो सम्झना को लागि लेखिएको पोष्ट मात्र हो, अनि यो म बाहेक कसैसँग सम्बन्धित छैन । यदि सम्बन्ध छ भने, मेरो जन्मदिन र उसको मरण दिन को गते सँग मात्र । म यही कुरालाई रिफ्रेन्स मानेर केही कुरालाई नियालीरहेको छु, कुनै दिन निचोड निकाल्न सकेँ भने यहाँ फेरि लेख्ने नै छु, हामी भाग्यवादी मान्छेहरु भनेर ।
केही कुराहरु अनौठा अनि अचम्म हुनेरहेछन्, मैले वरिपरि जति जे देखेँ, त्यसले मलाई त्यस्तै लाग्छ । अघि भर्खर पनि मैले उसलाई यस्ता कुराहरु भनेँ, थाहा छैन उसले कति बुझ्यो ? भावना मा बग्ने कुरा अनि प्राक्टिकल लाईफ का कुराहरु मा नितान्त धेरै भिन्नताहरु हुन्छन्, म उसलाई यही नै सम्झाउँदै थिँए, केही पहिले । उसले बुझेको जस्तो त गर्यो तर म विश्वस्त छु, उसले मेरो कुरा पत्याएन । यो कसैको कुरा मान्नु, सुन्नु र पत्याउनु पनि एउटा समय हुँदोरहेछ । हो मान्छेलाई, कहिलेकाँहि एकदम वकवास र वाहियात कुरा पनि कति राम्रो लाग्छ अनि कहिले काँहि धेरै राम्रो कुरा पनि एकदम नराम्रो र झुर लाग्छ, अझ भनौँ, पुरातनवादी भन्यो भने कुरै खत्तम । कोही परेर जान्छन्, कोही पढेर भन्छन् तर केही यस्ता कुराहरु पनि रहेछन्, जुन देखेकै भर मा पनि जानिँदोरहेछ । म उसलाई त्यही कुरा सम्झाउँदै थिँए अघि पनि, आफू निकै जान्ने सुन्ने भएसरी अनि कुनै दर्शन शास्त्र पढाएजस्तो गरि । मैले सिधै भनिदिएँ, लक्षण राम्रो देखिएको छैन है, बेलैमा होश गर ! उसले आखिर मा हो मा हो त मिलायो तर पनि कता कता डर लाग्दैछ। समग्र मा भन्दा यो सबै गन्थनहरु को रिफ्रेन्स चाँहि उ नै हो । आगे हेर्दै जाउँला, अध्यात्म को कसीमा यी कुराहरु जाँचेर हेर्दै गरौँला । अहिलेलाई यो नचाहिने र नबुझिने अनि आफैँलाई मात्र चित्त बुझाउन लेखिएको गन्थन यत्ति नै !
imgsrc: alvalentine.wordpress.com

Confusing :)
ReplyDeleteMaile ali ali bujhna sake...timi le k bahnna khojeko...Practical life ko kura gareko chau...bastav ma timro janam din ra usko maran din ekai din parnu yeuta samyog ko kura matra ho....
We feel we are related to somebody...tht is natural...bt tht is a mere coincidence...my fren...u don have to be sad becoz of tht....because daily there are so many ppl dying...u know the incident...tht when I was celebrating my bro's wedding and wht had happened....
Death is inevitable....and its a debt to be payed by all...We all need to die one day...and the same day some one will get birth isn't it... ????
जन्म मृत्युका कुरा, भाग्यका कुरा, संयोगका कुरा आदि ईत्यादि कुराहरूको विश्लेषणमा गहिरो खोज र चिन्तनको आवश्यकता पर्छ जस्तो लाग्छ, अनि मात्र यस्ता कुराहरूमा हामी पनि तर्क गर्न सक्छौ होला । मलाई थाहा छैन आकारले कति चिन्तन गरेको छ यसबारेमा(हुनत केहि खोज अनुसन्धान गरेरै लेखेको जस्तो लाग्यो मलाई यो लेख) तर मलाई केहिपनि कुरा भन्ने हुति भएन । कारण यस्ता कुरा मैले कहिल्यैपनि सोचेको छैन । विचमा अध्यात्मको कुरो चाहिँ साह्रै मनपर्यो । सायद मेरो नि चाख भएर होला यसप्रति । सार कुरो केहि भन्नै आएन । कुरो मज्जाले खुलाएर लेखेको भए अझ राम्रो हुने थियो कि?
ReplyDelete