मृगस्थली बाट ओरालो झर्दै थिँए, पशुपति तिर । पारीपट्टि लहरै लाशहरु जल्दै थिए, वारिपट्टि सबै आ-आफ्नै धुन मा मस्त थिए । कोही रुँदै, कोही हाँस्दै, कोही किन्दै, कोही बेच्दै, कोही खाँदै, कोही तान्दै, कोही हेर्दै, सायद संसार यस्तै हो, अनि संसार को रित नै यही हो । पारिपट्टि दन्किएको चिता हेर्दाखेरि लाग्छ, जिवन यहीँ आएपछि, सुरु हुन्छ, यहीँ आएपछि अन्त्य हुन्छ, निचोड मा भन्दा जिवन को भेद थाहा पाइन्छ । पारिपट्टि कोही छाति पिटि पिटि रुँदैछन्, आफन्त गुमाउनु को पिडा मा, घाटे बाहुन को मुहार मा दु:ख भन्दा खुशी कै आभाष हुन्छ । तर यी कुराहरुलाई हामीले दाँजेर हेर्ने मुर्खता गर्नुहुँदैन, घाटे बाहुन आफ्नो नित्य काम गर्दैछन्, दायित्वबोध र कर्तव्यबोध ले आफ्नो काम गर्दैछन् । म वारी पट्टि बसेर नै सबै हेर्दैछु, त्यो बल्दै गरेको चिता हेर्दैछु, त्यसकै तल पैसा को खोजी गर्ने केटाहरु को हुल, त्यो धमिलो पानी मा पैसो खोज्दैछन् ।
म उभिएको छेवै मा एउटा सानो नाङ्लो पसल छ, तर त्यो पनि ढाकिएको छ, भनौँ न पसल बन्द छ । हरियो स्वेटर, हरियै पाइन्ट अनि कालो जुत्ता मा सजिएका नगरप्रहरी आइपुगे । एउटा ले करायो, तलाई यहाँ नबस भनेको होइन, तुरुन्त हटाइहाल यहाँबाट । ती महिला ले भनिन्, मैले खोलेको छैन, एकछिन राखेको मात्रै हो । ए! भन्दै त्यो एउटा नगरप्रहरी ले राखेको नाङ्लो मा एकलात बजार्यो । सबै सामान भुँइभरि छरपस्ट भयो, पानी को बोतलहरु राखिएको कार्टुन मा पनि लात बजार्यो । म अवाक भएर हेरिरहेँ, हामी सबै चुपचाप हेरिरह्यौँ । ती महिला कराउन थालिन, माथि त्यत्रो बाटो भरि सामान राखेको छ केही गर्ने होइन, माथि बाट चाँहि घुस खान्छन् सालेहरु, मैले चाँहि सामान राखेको मात्र पनि देखिसँहदैनन् । उनी फत्तफताउँदै, छरिएका चक्लेट, केही बट्टा चुरोटहरु बटुलेर नाङ्लो मा राख्न थालिन । मलाई त्यहाँ बस्न गाह्रो भयो, अनि मैले चुपचाप फटाफट गौशला तिर पाइला चालेँ ।
धेरै ठूलो कुरा थाहापाएसरी मन मा धेरै कुरा खेलाउँदै अघि बढेँ । धेरै दिनपछि गुह्येश्वरी हुँदै, मृगस्थली वन भएर म पशुपति झरेको थिँए । एकैछिन भएपनि, कोलाहाल बाट बच्न, एकैछिन मन बहलाउन को लागि मृगस्थली निकै राम्रो विकल्प हो । यही सोचेर नै पैदलै म, चाबेल बाट गौरिघाट हुँदै हान्निएको थिँए, मन्दिर को दर्शन भन्दा पनि प्रकृति मा एकैछिन भुल्न गएको थिँए, तर म नास्तिक भने हैन है । जति जति मृगस्थली को उकालो चढ्दै गएँ, त्यति त्यति रमाइलो लाग्न थाल्यो । सायद, यो कुरा मैले पहिले कहिले अनुभव गरेको थिइन, त्यहाँ जाँदा । साँच्चै, त्यो क्षण म यहाँ लेख्न सक्दिन तर यत्ति हो कि, काठमाडौँ को कोलाहाल छिचोलेर त्यहाँ पुग्ने बित्तिकै निकै रमाइलो र राम्रो अनुभव भयो, अझ झन् साथ मा कोही भए त कति रमाइलो हुन्थ्यो होला पनि भन्ने सोच्दैरहेँ, हाहाहा !
मृगस्थलि चमेना गृह मा थकाइ मार्न बसेँ । यति धेरै खुशि को अनुभुति भयो कि, आफैँलाई अचम्म लाग्यो, म हावा मै उडिरहेको थिँए । त्यहाँ करिब १ घन्टा जति बसेरै बिताएँ, वरपर को कुराहरु नियाल्दै, आफ्नो मन अनि दिमागलाई खुला छाडिदिँए । लाग्यो, जिवन सुन्दर छ । त्यहिँ चिया घुट्क्याएँ तर अन्त्य मा त्यो चमेना गृह मा एक कप चिया को पैसा समेत उधारो राखेर म हिँडे । चिया खाँए तर चिया को पैसा तिर्न म सँग चानचुन रहेनछ, त्यो पसल मा नि रहेनछ, अनि ती दिदी ले भनिन्, भोलि आउँदा दिनुस्न उधारो मै भयो, चिया । म छक्क परेँ, अनि धेरै लज्जित पनि । साँच्चि एकपटक निकै ग्लानि भयो, सित्तैमा खाँदा कस्तो अनुभव हुनेरहेछ भन्ने थाहा भयो । ती दिदीले त्यसो भन्दा पनि, केहि बेर मलाई त्यहाँबाट हिँड्नै मन लागेन, आफैँलाई धिक्कारेँ, खानुभन्दा अघि खल्ति त हेर्नुपर्थ्यो, तर अब के नै गर्न सकिन्छ र, वरपर पसल पनि छैनन्, कोही चिनेजानेका मान्छे पनि वरपर छैनन् । एकदम भारि मन लिएर, अर्को पटक आउँदा जरुर तिर्छु भन्दै ती दिदी सँग बिदा मागरे हिँडे म । अब त जान्न भन्दा पनि जानैपर्ने भएको छ, एक कप चिया को पैसा तिर्ने बाहाना नै सहि । यही बाहाना मै भएपनि, फेरि एकपटक सुख को अनुभुति गर्न त मिल्छ । त्यहाँ पुगेपछि मैल सोचेँ, सकेसम्म महिना मा कम्तिमा एकचोटि भएपनि मृगस्थली को उकालो चढ्ने छु । अनि यहाँहरुलाई पनि सल्लाह दिन्छु, हप्ता मा एकपटक हिँड्ने बानि बसाल्नुहोस्, जिवन र जगत नजिक बाट देखिन्छ, अनि सायद मन को बोझ पनि केही हल्का हुन्छ । वाह ! रमाइलो मृगस्थली !!!

चिया घुट्क्याएँ तर अन्त्य मा त्यो चमेना गृह मा एक कप चिया को पैसा समेत उधारो राखेर म हिँडे !माथि टुप्पा मा पुगेपछि, विश्वरुप को मन्दिर तिर पाइला बढाँए तर त्यहाँ जाँदा लाग्न थाल्यो, यो त डेटिङ स्पट पो बन्दैरहेछ । तर जोडिहरु को भिड देख्दैमा नराम्रो मान्ने पर्ने कुरा पनि के नै छ र ? एकैछिन कोलाहाल बाट टाढा शान्तसँग आफ्ना कुराहरु साट्न सक्छन्, समाज ले सार्वजनिक स्थलमा वर्जित गरेका कृयाकलाप बाहेक अरु सबै कुरा जायज नै छन् नि हैन र ? तर कहिलेकाँहि पत्रपत्रिका मा देखिने हेडलाइन ले साह्रै रिस उठाउँछ, पत्रपत्रिका लेख्दिन्छन्, ‘मृगस्थलि बन्दैछ डेटिङ स्पट’ समाचार पढ्दा लाग्छ धेरै ठूलो नराम्रो कुरा पो हुँदैछ । अचम्म लाग्छ, हाम्रो समाज देखेर, हामी आफुलाई देखेर, के जोडा-जोडी मन्दिर जान नहुने हो ? के सँगै बस्न नहुने हो ? खैर, यसको आफ्नै बहस को विषय होला । विश्वरुप मन्दिर मा विशुद्धायदेव को योगाश्रम रहेछ, विशुद्धायदेव को नाम सुन्ने बित्तिकै मलाई ७ क्लास को याद आयो । यहिँ का गुरुहरुसँग आफ्नै स्कुल मा महिना दिन जति योगाभ्यास गरिएको थियो । यहाँबाट योग गुरुहरु, जानुभएको थियो, धेरै पहिले ।
मृगस्थलि चमेना गृह मा थकाइ मार्न बसेँ । यति धेरै खुशि को अनुभुति भयो कि, आफैँलाई अचम्म लाग्यो, म हावा मै उडिरहेको थिँए । त्यहाँ करिब १ घन्टा जति बसेरै बिताएँ, वरपर को कुराहरु नियाल्दै, आफ्नो मन अनि दिमागलाई खुला छाडिदिँए । लाग्यो, जिवन सुन्दर छ । त्यहिँ चिया घुट्क्याएँ तर अन्त्य मा त्यो चमेना गृह मा एक कप चिया को पैसा समेत उधारो राखेर म हिँडे । चिया खाँए तर चिया को पैसा तिर्न म सँग चानचुन रहेनछ, त्यो पसल मा नि रहेनछ, अनि ती दिदी ले भनिन्, भोलि आउँदा दिनुस्न उधारो मै भयो, चिया । म छक्क परेँ, अनि धेरै लज्जित पनि । साँच्चि एकपटक निकै ग्लानि भयो, सित्तैमा खाँदा कस्तो अनुभव हुनेरहेछ भन्ने थाहा भयो । ती दिदीले त्यसो भन्दा पनि, केहि बेर मलाई त्यहाँबाट हिँड्नै मन लागेन, आफैँलाई धिक्कारेँ, खानुभन्दा अघि खल्ति त हेर्नुपर्थ्यो, तर अब के नै गर्न सकिन्छ र, वरपर पसल पनि छैनन्, कोही चिनेजानेका मान्छे पनि वरपर छैनन् । एकदम भारि मन लिएर, अर्को पटक आउँदा जरुर तिर्छु भन्दै ती दिदी सँग बिदा मागरे हिँडे म । अब त जान्न भन्दा पनि जानैपर्ने भएको छ, एक कप चिया को पैसा तिर्ने बाहाना नै सहि । यही बाहाना मै भएपनि, फेरि एकपटक सुख को अनुभुति गर्न त मिल्छ । त्यहाँ पुगेपछि मैल सोचेँ, सकेसम्म महिना मा कम्तिमा एकचोटि भएपनि मृगस्थली को उकालो चढ्ने छु । अनि यहाँहरुलाई पनि सल्लाह दिन्छु, हप्ता मा एकपटक हिँड्ने बानि बसाल्नुहोस्, जिवन र जगत नजिक बाट देखिन्छ, अनि सायद मन को बोझ पनि केही हल्का हुन्छ । वाह ! रमाइलो मृगस्थली !!!
The way you play around with expressive words is admirable! Don't forget to pay her though! :P
ReplyDeleteएक्लै एक्लै रमाईलो गरिदिएको मृगस्थलीमा...कहिलेकाहिँ आफैँसँग घुम्दा पनि छुटै राम्रो अनुभुति हुन्छ.....
ReplyDeleteमलाई पनि रहर लाग्यो एक्लै एक्लै घुम्नलाई । छुट्टै भावना आउँदाहुन् छुट्टै विचार खेल्दाहुन् । वाह! सोच्दैछू म.............
ReplyDeleteAakar g ramro anubhuti raichha but tapai le k k sochnu bhayo teha canchun paisa,arko kunai sathi or yaklo hunu ko maja.........yeso lekh herda chai gf ko nd dating ko dher yad aayo jasto 6.hahahahahah
ReplyDeleteKaruna
हा हा हा !
ReplyDeleteहुन चाँहि एक्लो हुँदा पनि मज्जै हुनेरहेछ भन्ने थाहा भयो ! अनि साँच्चै रमाइलो अनुभुति भयो । पढिदिनु भएकोमा मुरिमुरि धन्यवाद छ है
मलाई पनि रहर लाग्यो एक्लै एक्लै घुम्नलाई । छुट्टै भावना आउँदाहुन् छुट्टै विचार खेल्दाहुन् । वाह! सोच्दैछू म.............
ReplyDelete