बेलुकाको ४ बजिसक्यो । ढोकाबाहिर ४३३ लेखेको रुमभित्र प्रवेश गर्नासाथ आफ्नो झोला विस्तारामा फ्यात्त फालेपछि आकार छेउमै रहेको कम्युटरको सिपियु अन गर्छन् अनि लुगै नफुकाली विस्तारामा पल्टिन्छन् । छेउमा उसको रुमपार्टनर आफ्नै विस्तारामा सिरक ओडेर केही पढिरहेको छ । कोठाभित्र सियो खसेको पनि थाहा पाउने सन्नाटा छ । कोठा दुईभागमा बाडिएको छ, आकारको भाग देब्रे अनी उनको रुमपाटनरको दाहिने । किताबको र्याक विस्तारा छेउको भित्ताको माथिल्लो भागमा अड्डाइएको छ जसभित्र देशविदेशका साहित्यिक देखि लिएर स्नातक तहका शैक्षिक पाठ्यपुस्तकहरु खचाखछ छन् । विस्तारा अगाडीको हरियो टेबुलमा कालो रङ्गको सामसुङ कम्पनिको मोनिटर राखिएको छ जसका पछाडी सिपियु र स्पिकरका तारहरु लटपट्टिएका छन् । टेबुलमा सानो चाइनिज अलार्म घडी छ जसमा ५ बजेको अलार्म लगाइएको छ । नियालेर हेर्ने हो भने सेकेन्डको सुई चलेको पाइदैन । खानेपानीको लागी मोनिटर छेउमै राखिएको स्प्राइटको हरियो खाली बोत्तल छ । विद्यार्थी जीवन, त्यसमा पनि इन्जिनियरिङको जस्तो गार्हो विषय । विहान ९ बजेदेखि साँझ ४ बजेसम्म क्याम्पसको पट्यारलाग्दो लेक्चरले आकारको कान पाकिसकेको हुन्...