Skip to main content

Sundial Clock @ Tri-Chandra College

Sundial Clock या भनौँ सौर्य घडि लाई विश्व को सबैभन्दा पुरानो घडि प्रविधि मानिन्छ । नेपाल मा पनि, काठमाडौँ घन्टाघर सँगै, छेउ मा सौर्य घडि रहेको छ । सौर्य घडि भएर पनि, अहिले कुनै उपयोग मा भने आएको छैन । एउटा भुलेको इतिहास झैँ भएर, त्रिचन्द्र कलेज को छेउ मा झोक्राएर बसिराको भान पर्छ । झार र घाँसहरु ले छोपिएको, अनि भएको घडि को पनि संरक्षण नगरिएको देख्दा दिक्क लागेर आउँछ ।

'अजबगजब ब्लग' का नविन सर ले मैले घन्टाघर को फोटोहरु राखेको बेला भन्नु भएको थियो, त्याँ Sundial Clock छ । अनि म दोहोरिएर गएको थिँए खोज्न, Sundial Clock लाई । तर यस्को अवस्था देख्दा चाँहि विरक्त नै लाग्यो । लाग्यो, हामी केही कुरा पनि जोगाएर राख्न सक्दैनौँ । Sundial Clock को अवस्था मैले भन्नु भन्दा पनि, तल को फोटो मा हेरेर बुझ्नु होला है ।

खासमा, Sundial Clock मा समय कसरी हेरिन्छ भनेर कौतुहलता होला, तल को फोटोलाई नियालेर हेर्नुस् त्यहाँ विभिन्न कोणहरु मा धर्काहरु बनाइएका छन्, रोमन मा १ देखि १२ लेखिएका छन् । अनि समय हेर्नलाई चाँहि सूर्यलाई आधार बनाइन्छ । सूर्य जता छ, त्यस्कै आधारमा घडि हेर्दै यति बज्यो भनेर भन्ने गरिदोँरहेछ । Sundial Clock मा सुइ हुने, अनि सूर्य को प्रकाश त्यो सुइमा पर्दा छायाँ जति अंकमा पर्छ, त्यति बजेको भनेर भन्ने गरिन्छ । सबै कुरा ठिक भएपनि, रात मा चाँहि घडि हेर्न मिल्दैन है । तर यहाँ देखाइको फोटो मा त्यस्तो सुइ देखिँदैन, तर सुइ थियो होला भन्ने अनुमान चाँहि गर्न सकिन्छ ।


Sundial Clock of Nepal at Tri-Chandra College Kathmandu.

Sundial Clock को बारेमा इन्टरनेटमा खोज्दा यस्तो कुरा फेला पारे हैँ ।

The oldest type of clock is a sundial clock, also called a sun clock. They were first used around 3,500 B.C. (about 5,500 years ago). Sundials use the sun to tell the time. The shadow of the sun points to a number on a circular disk that shows you the time.

A sundial is a device that measures time by the position of the Sun. In common designs such as the horizontal sundial, the sun casts a shadow from its style (a thin rod or a sharp, straight edge) onto a flat surface marked with lines indicating the hours of the day. As the sun moves across the sky, the shadow-edge progressively aligns with different hour-lines on the plate. Such designs rely on the style being aligned with the axis of the Earth's rotation. Hence, if such a sundial is to tell the correct time, the style must point towards true North (not the north or south magnetic pole) and the style's angle with horizontal must equal the sundial's geographical latitude.

Comments

  1. great information!thanks for sharing!

    ReplyDelete
  2. thanks a lot for sharing interesting information.

    ReplyDelete
  3. interesting लाग्यो कुरो । मलाई पनि थाहा थिएन यो Sundial Clock को बारेमा । अब घण्टाघर गएको बेलामा म पनि सोधी खोजि गर्छु यसको बारेमा ।

    ReplyDelete
  4. Thanks for bringing it up.

    "... हामी केही कुरा पनि जोगाएर राख्न सक्दैनौँ "

    Proudly say: Yes we can't!
    :P

    What the rest of the world was doing at 1911 when the first (?) sun-dial was established? That is the key question.
    http://en.wikipedia.org/wiki/1911_in_science

    ReplyDelete
  5. Marvellous article AaKAR jee I guess we need more research which got great meaning along with history .. thanks for sharing with us !

    ReplyDelete
  6. नयाँ जानकारी पाईयो। धन्यबाद!

    ReplyDelete
  7. Kasto ramailo kura :)
    Keep on writing.....
    Sorry for being away from this blog...I have been pretending bg...and you know why....

    Keep on writing :)

    ReplyDelete
  8. interesting लाग्यो कुरो । मलाई पनि थाहा थिएन यो Sundial Clock को बारेमा । अब घण्टाघर गएको बेलामा म पनि सोधी खोजि गर्छु यसको बारेमा ।

    ReplyDelete
  9. great information!thanks for sharing!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

International Youth Day 2010

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजन...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post