Skip to main content

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ?


फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लगमार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ ।

अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भएको भन्दै #MassiveFacebookFail भन्ने शब्द लेखेर Twitter मा ट्विट गरिएको थियो ।


“जो बितिसकेको छ, जसका आफन्त, अनि आफ्ना साथि अब यस संसार मा छैनन् तर बारम्बार फेसबुक ले साथि बन्न सल्लाह दिइरहन्छ, बितिसकेको मान्छे, कोही नजिक को मान्छे बारम्बार फेसबुक मा झुल्किन्छ भने, बाँचिरहेका नजिक का आफन्त अनि साथिहरुलाई निश्चय नै गाह्रो हुन्छ र यो हाम्रो लागि सहनयोग्य कुरा पनि होइन । अत: हामी भन्छौँ कसैको मृत्यु भइसकेको छ भने, त्यसको जानकारी हामीलाई दिनुहोस्, त्यस्ता प्रोफाइलहरुलाई स्मृति को रुपमा मात्र फेसबुक मा राखिनेछ, अनि कसैलाई ‘suggestion’ वा ‘reconnect’ भनिने छैन्” – फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले बताए ।

तर यसको लागि, फेसबुकलाई आफन्त वा साथिहरु ले प्रमाण देखाउनुपर्नेछ । फेसबुक मा भएको फर्म भरेर, यस व्यक्ति को मृत्यु यो दिन भयो भनेर कोही साथि वा आफन्त ले, प्रमाणित गर्छ भने, त्यस्ता प्रोफाइलहरु सर्च मा वा ‘suggestion’ र ‘reconnect’ मा देखाइने छैन । साथै, लाइभ फिड या स्टाटस अपडेट मा पनि, उक्त व्यक्तिलाई देखाइनेछैन । यदि, उक्त मृत्यु भइसकेको व्यक्ति को आफन्त ले, ‘स्मृति’ को रुपमा पनि उक्त व्यक्ति को प्रोफाइल फेसबुक मा राख्न चाहँदैन भने, फेसबुक ले त्यस्ता प्रोफाइलहरु आफ्ना सर्भरबाट हटाइदिने जनाएको छ ।

यस्ता सोसल नेटवर्किङ साइटका सम्बन्ध मा विभिन्न देशबाट यस्ता आवाजहरु उठिरहेका कारण फेसबुक ले आफ्नो नयाँ निति सार्वजनिक गर्नुपरेको हो । कुरा सुन्दा, निकै मिठो र राम्रो सुनिएको छ, तर यसको कार्यान्वायन पक्ष भने फितलो हुनसक्ने अनुमान गरिएको छ । कोही व्यक्ति को मृत्यु भए या नभएको प्रमाणित गर्न फेसबुकलाई समस्या पर्ने देखिन्छ । साथै, कोही साथि ले जिस्केर वा रिसिवि साँध्न पनि यस्तो गम्भिर कुरा माथि खेलवाड गर्न सक्ने कुरालाई पनि नकार्न सकिँदैन । फेसबुक को नयाँ निति को सार्वजनिकिकरण सँगै, मृत्यु भएको भनेर प्रमाणितहरु भइसकेका प्रोफाइलहरु त देखिने छैन तर पनि यो निति को व्यापक दुरुपयोग हुनसक्ने कुरालाई नकार्न मिल्दैन । फेसबुक ले यो निति, ल्याइसकेको भएकोले, फेसबुकलाई पनि हामीले सानो आँक्न त मिल्दैन, सोचेरै र अध्ययन गरेरै फेसबुक ले यस्तो निति सार्वजनिक गरेको छ । खैर, जे होस्, फेसबुक को यो नयाँ नितिको सरहाना गर्नैपर्छ ।

*This article is inspired by Time's article: "What Happens to Your Facebook After You Die?"

Comments

  1. मलाई के लागेको थियो भने त्यो हाम्रो उमेरको आधारमा र फेस बुक ७-८ वर्ष नचालाएपछि त मान्छे मेरको भन्ने अलि अलि गेस गर्न सकिन्छ नि त , त्यसको आधारमा मरेको थाँहा पाउँछ की भन्ने मेरो अनुमान थियो तर मिलेन ।

    ReplyDelete
  2. Thanks for more information regarding FB AAKAR jee , its useful for me being a user of FB .

    ReplyDelete
  3. रमाईलो कुरा!

    मेरो विचारमा सबैले आफू मर्नुभन्दा आधा घण्टा जति पहिला आफनो एकाऊण्ट आफैंले डिलेट गरे धेरै राम्रो:)) हे हे हे हे!

    ReplyDelete
  4. कुरा चाही ठीकै हो, तर को मरेपछि कसले भन्ने र कसको कुरालाई आधिकारिक मान्ने भने त्यत्ती सजिलो छैन होला ।
    माथी वसन्तजीको कमेण्ट पढेपछी भने साह्रै हाँसो लाग्यो !

    ReplyDelete
  5. Ramailo kura Anil....

    Kahile kai ma yestai soch thiye.....even blog ko bisaya ma pani... :)

    ReplyDelete
  6. राम्रो लाग्यो यो टाँसो । वास्तवमा आकारजीको व्लगमा छिर्यो कि केहि न केहि नयाँ कुरा जान्ने अवसर मिली हाल्छ । माथिको कुरो मनन योग्य नै छ । तर मैले चाहिँ यस्तो कुरा सोचेकै थिइनँ ।

    ReplyDelete
  7. राम्रो जानकारि। प्रष्ट सगं दिनु भयो । धेरै धेरै धन्यवाद।

    ReplyDelete
  8. जानकारीको लागी आकार ब्रो लाइ धन्यबाद :)
    अनि यो कुरो कार्यान्बयन भयो कि भा छैन त?
    १ बर्श भइ सकेछ यो ब्लोग पोस्ट गरेको नि.
    do we have any offices of facebook in nepal?

    ReplyDelete
  9. फेसबुक को अफिस नेपाल मा छैन !

    ReplyDelete
  10. कुरा चाही ठीकै हो, तर को मरेपछि कसले भन्ने र कसको कुरालाई आधिकारिक मान्ने भने त्यत्ती सजिलो छैन होला ।
    माथी वसन्तजीको कमेण्ट पढेपछी भने साह्रै हाँसो लाग्यो !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

Subscribe to Aakar Post