Listen to World Cyclist Puskar Shah's experience in his own voice.
विश्वमा शान्ति फैलिरहोस् भन्ने कामना का साथ साइकल चढेर विश्व विजय गर्न ११ वर्ष अघि निस्किएका थिए पुष्कर शाह । दोलखा का पुष्कर शाह एसएलसी सकेर उच्च अध्ययन को लागि भनेर काठमाडौँ आए, तर उनको मन काठमाडौँ मा अड्न सकेन, फलस्वरुप उनी विश्व साइकल यात्रा मा निस्किए । अनि साइकल यात्रा सुरु गरेको ११ वर्षपछि उनले आफ्नो साइकल यात्रा सकिएको घोषणा गरे ।
काठमाडौँ साइकल सिटि सन् २०२० अभियान ले काठमाडौँ विश्वविद्यालय मा आयोजना गरेको एक कार्यक्रम मा उनै पुष्कर शाह आइएपुगेका थिए, अतिथि बनेर । उनी भन्दै थिए, हिमाल को माइनस ५ डिग्री तापक्रम देखि लिएर, मरुभुमी को ५० डिग्री तापक्रम मा दौडिएका क्षणहरु छन् । अनि फुटपाथ मा मस्त निदाएको रातहरु देखि लिएर, पाँच तारे होटल मा निन्द्रा नलागेका रातहरु छन् । हो, उनै पुष्कर शाह, जसले साइकल बाट विश्व विजय गरेको छ । आज उनकै यात्रा का रोचक अनुभवहरु हामी सुनाउँदै छौँ, उनकै आवाज मा ।
अफ्रिका मा लुटिएको क्षण देखि, मेक्सिको मा अपहरणमा परेका क्षणहरु उनी सम्झन्छन् । जिवन का ११ वर्ष साइकल को पाइडल खियाएर बिताएका उनले आउँदो वैशाख मा सगरमाथा चढ्ने योजना बनाएका छन् । आमा ले दिएको १०० रुपैँया साथ मा राखेर साइकल यात्रा सुरु गरेका उनले, अफ्रिका मा २ वर्ष बिताएछन् । अफ्रिका मा हुँदा धेरै पटक उनी ठगहरु र लुटेराहरु को फन्दामा परेछन् । उनका रोचक अनुभव र अनुभुति का संगालोहरु सुन्नुहोस्, उनकै आवाज मा । उनले मृत्युलाई पनि नजिकै देखेँ भन्छन्, जब उनी मेक्सिको मा अपहरणमा परेका थिए, तर त्यसै बेला नेपालीहरु बहादुर हुन्छन् भन्ने कुरा पनि सावित गरिदिएछन् । मेक्सिको मा अपहरण मा पर्दा ज्यान नै जान लागिसकेको अवस्था मा, उनले अपहरणकारीलाई मुक्का हानेर भाग्न सफल भएछन् ।
आफ्ना जिवन को अमुल्य ११ वर्ष साइकल हाँकेर बिताएका पुष्कर शाहलाई सरकार ले केही गरिदिएन भनेर ठूलो गुनासो पनि रहेछ । बाहिर भएको भए, युरोप या अमेरिका भएको भए, साइकल बाट विश्व विजेता गर्ने भनेर ठूलो सम्मान हुनेथियो, सरकार ले हरेक कुरा को व्यवस्था गरिदिने थियो । उनी भन्छन् 'तर दुर्भाग्य, सरकारलाई त कसले के गरेर आयो केही थाहा छैन' । खैर, यी कुराहरु को अर्कै बहस होला, तर अहिले लाई चाँहि उनका साइकल यात्रा का रोचक अनुभवहरु सुन्नुहोस् । उनका आवाजमा रहेको, उनका अनुभवहरु साँच्चै रमाइला छन्, तपाई को समय बेक्कार खेर जाने छैन ।
माथि को अडियो डाउनलोड गर्नुहोस् ।
Interesting..
ReplyDeleteInteresting..
ReplyDelete