Skip to main content

Twitter को लागि अब Buzzom Desktop

Experience a cleaner Tweeting with Buzzom Desktop. Get Buzzom Desktop to manage your twitter account.

Twitter(ट्विटर) एउटा माइक्रोब्लगिङ साइट, जसमार्फत आफ्नो स्टाटस भनौँ या समाचार या जानकारी पलपल अपडेट गर्न सकिन्छ । प्रायलाई थाहा नै होला, दिनानुदिन ट्विटर मार्फत आफ्ना स्टाटस ट्विट गर्ने को संख्या बढ्दैछ । यहि ट्विट गर्नका लागि सयौँको संख्यामा क्लाइन्ट एप्लिकेशनहरु बनेका छन् । ट्विटरफिड देखि ट्विट डेक सम्म का क्लाइन्ट एप्लिकेशनहरु मार्फत ट्विट गर्ने गरिएको छ । तर ती एप्लिकेशन मार्फत चाहिएका भन्दा नचाहिएका ट्विट बढि आयो, स्पामिङ भयो भनेर निकै गुनासो आउने गरेको छ । ट्विटरका प्रयोगकर्ताहरु ट्विटर मार्फत आफ्नो व्यापार, व्यवसाय बढाउन चाहन्छन्, अत नेटवर्क त ठूलो हुने नै भयो, तर यही नेटवर्क का कारण ट्विटर ले समेत धान्न नसक्ने गरि अनि दिक्कै लाग्ने गरि ट्विटहर आउने गर्छन्, अर्थात स्पामिङ धेरै भो भनेर गुनासो आउने गरेको छ ।


तर अब भने यहि ट्विट को कारण ले समस्या झेल्नुपर्ने छैन, किनकी यस्तै स्पाम कन्ट्रोल गर्न या भनौँ आफ्नो लागि उपयुक्त हुने ट्विटहरु मात्र हेर्न मिल्ने गरि, एउटा नयाँ एप्लिकेशन बनेको छ । Buzzom Desktop नाम दिइएको यो क्लाइन्ट एप्लिकेशन बेङ्लोरमा अवस्थित InRev Systems ले भर्खरै लन्च गरेको हो । हुन त Buzzom ले पहिले नै सोसल मिडियामा तुफान ल्याइसकेको छ, Buzzom.com मार्फत ट्विटरमा फलो अनफलो गर्ने, स्टाटस अपडेट गर्ने, रिप्लाइ गर्ने, सर्च गर्ने आदि विविध कामहरु गर्न सकिन्छ । तर अब Buzzom Desktop ले सोसल मिडियामा तहल्का मच्चाउने अपेक्षा गरिएको छ । अरु एप्लिकेशन भन्दा पृथक र प्रयोगकर्तालाई स्पामिङ बाट बचाउने उद्देश्यका साथ बनाइएको Buzzom Desktop ले प्रयोगकर्तालाई एउटा छुट्टै अनुभुति दिन्छ । त्यसबाहेक Buzzom Desktop मा प्रयोगकर्ताहरुलाई विभिन्न ग्रुपमा राख्न सकिन्छ, यतिमात्र होइन प्रयोगकर्ताहरुले आफ्ना ट्विटहरुलाई फिल्टर गर्न सक्छन्, चाहिएका ट्विटमात्र हेर्न र पढ्न सक्छन् ।

Buzzom Desktop को अर्को उल्लेखनिय फिचर भनेको, प्रयोगकर्ताहरुले प्रोफाइल, वायो, लोकेशन आदिका आधारमा ट्विट हेर्न र पढ्न सक्छन् । जसका कारण कुन ठाउँमा के कस्तो छ, आदि सबै कुरा जान्न यो वरदान सावित भएको छ । स्थान विशेषका आधारमा व्यापार व्यवासाय को बारेमा जानकारी लिन मिल्छ । खासमा भन्ने हो भने, Buzzom Desktop भनेको ट्विटगर्ने मात्र नभइ धेरै थोक हो । दिक्क लाग्ने गरि आउने ट्विट मन पर्दैन भने, त्यस्ता ट्विटलाई लुकाउन मिल्छ, आफूले छानि छानि आफू अनुकुल ट्विटहरु हेर्न सकिन्छ । आफ्नो चाहना अनुसार, ट्विट गर्न सकिने, पढ्न सकिने…छैन त यो Buzzom Desktop गज्जब को ?

उदाहरण को लागि, यदि मलाई, मैले फलो गरिरहेका वेव डिजाइनरहरु को मात्र ट्विट हेर्न मन लाग्यो भने म वायोमा ‘web designer and css’ भन्ने keywords राखेर सर्च गर्छु, नतिजा तुरुन्तै निस्कन्छ । Buzzom Desktop ले सहज रुपमा वेव डिजाइनरहरुको मात्र ट्विट देखाउँछ । यस्तै यस्तै features का कारण, बढ्दो स्पामिङ बाट सहज रुपमा छुटकारा पाउन सकिन्छ, अर्थात भनौँ कम समय मा, सहज रुपमा, आफ्ना लागि उपयुक्त ट्विटहरु हेर्न सकिन्छ । भएन त समय को बचत ? हेर्नुस् यो स्क्रिनसट्:


अब आफूलाई मन परेको ट्विटहरु देखिसकेपछि खुशि त पक्कै लाग्छ । यसका साथै प्रयोगकर्ताहरु ले ट्विटकर्ताहरुलाई सजिलै मेसेज गर्न सक्छन्, त्यही ट्विटलाई रिट्विट गर्न सक्छन् अनि मन परेन भने त्यस्ता ट्विटलाई लुकाइदिनसक्छन् । ट्विट को दायाँ तर्फ RT, DM, Reply, Sent the user to group तथा Hide Account भन्ने वटनहरु रहेकाछन्, प्रयोगकर्ताहरुले एउटा क्लिक को भरमा सबै काम तमाम गर्न सक्छन् । सायद, यी कुराहरु बाट Buzzom Desktop मार्फत कसरी ट्विटहरु फिल्टर गर्न सकिन्छ भन्ने कुरा यहाँहरुले थाहा पाउनुभयो होला ।

Buzzom Desktop को अर्को महत्वपुर्ण पक्ष भनेको प्रयोगकर्ताहरु ले फलो नै नगरिकन सेलिब्रेटि देखि टेक्नोलोजी सम्म का ट्विटहरु हेर्न सकिन्छ । Other Groups शिर्षकमा Buzzom Desktop को वायाँ छेउमा रहेको Celebrity, Design, Economy, Entrepreneur, News, Politicians, Social Media, Sports, Technology आदि शिर्षक मा क्लिक गरेर आफ्नो चाहना अनुसार को ट्विट गर्न सकिन्छ, ट्विट हेर्न को लागि फलो नै गर्नुपर्छ भन्ने छैन । Buzzom Desktop ले पहिले नै यी विभिन्न ग्रुपमा ट्विटहरु हेर्न मिल्ने गरि बनाइदिएर प्रयोगकर्ताहरुलाई ठूलो गुन लगाएको छ ।


त्यसबाहेक प्रयोगकर्ताले यसमार्फत ट्विट गर्दा लिंकहरु छोटो गरिरहनु पर्दैन, Buzzom Desktop ले अटोमेटिक रुप मै लामो लिंकहरुलाई nxy.in मार्फत छोटो लिंक मा बद्लिदिन्छ । त्यस्तै, प्रयोकर्ताहरु ले १० वटा सम्म ट्विटर एकाउन्टलाई एउटै Buzzom Desktop मार्फत म्यानेज गर्न सक्छन् । साथै, प्रयोगकर्ताहरुलाई कुनै फाइल, फोटो या भिडियो अनलाइनमा सेयर गर्नु पर्‍यो भने एकाउन्ट बनाएर, अपलोड गरेर सेयर गर्नुपर्छ तर Buzzom Desktop मार्फत प्रयोगकर्ताहरु ले drag and drop को आधारमा आफ्ना फाइलहरु अनलाइनमा सेयर गर्न सक्छन् । तपाई ट्विट गर्नु हुन्छ भने धेरै सुविधाहरुले भरिपुर्ण Buzzom Desktop उत्तम विकल्प हुनसक्छ । एकपटक प्रयोग गरेर हेर्नुहोस्, फरक अनुभव गर्नुहुनेछ । स्मरणिय रहोस्, buzzom.com ले सोसल मिडियामा आफ्नो उपस्थिति जनाएर तहल्का मच्चाइसकेको छ । अब Buzzom Desktop मार्फत आफ्नो उपस्थितिलाई झनै सशक्त पार्दैछ ! प्रयोग गर्नुहोस्, फरक आफैँले थाहा पाउनुहुनेछ ।

Download: Buzzom Desktop

Comments

  1. Ali ali matra bujhiyo...tyo bujheko ni confusing...k ho k...

    ReplyDelete
  2. बास्तबमा मलाई पनि केही थाहनै छैन यसबारेमा तर तपाईको यो लेख पढेर अलि अलि आईडिया भने भयो र यसको महत्व बुझ्न सके। तपाईलाई धेरै धेरै धन्यवाद है, प्राबधिक कुरा भएको ले कता कता अल्मलिन भने छोडिन है।

    ReplyDelete
  3. ट्विटर चलाउनुहुन्छ भने, यसको उपयोगिता बुझ्न सजिलो हुन्छ । साधारण रुपमा बुझाउँदा, तपाई जिमेल बाट सिधै च्याट गर्नसक्नुहुन्छ, तर तपाई च्याट गर्न कै लागि जिमेल मा साइन इन हुनु जरुरी छैन । तपाई, जिटक, इबडि जे बाट पनि च्याट गर्न सक्नुहुन्छ ।

    यो सफ्टवेयर पनि त्यस्तै हो, तपाई ट्विटर मा आफ्नो स्टाटस अपडेट गर्नुहुन्छ भने, हरेक पटक ट्विटरकै साइट मा पुगिरहनुपर्ने जरुरी छैन । तपाई यो सफ्टवेयर बाट, स्टाटस अपडेट गर्नसक्नुहुन्छ, अनि यसको विविध सुविधा ले तपाईलाई अझ सजिलो बनाइदिन्छ । अत: यो पोष्ट मा यो सफ्टवेयर को बारेमा लेखिएको छ, अनि यसको विशेषता पनि प्रस्ट पार्ने कोशिस गरिएको छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

Subscribe to Aakar Post