Listen to Banira Giri's Karagar : Episode-4
आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को चौथो अंक वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज पनि प्रविधिमा दिलिप ज्योती ले साथ दिइरहनुभएको छ ।
एउटा प्रौढा नारी को जीवन भोगाइ, खोतल्ने प्रयास गरिएको उपन्यास 'कारागार' नेपाली मा पिचडी गर्ने प्रथम महिला डा. वानिरा गिरी ले लेख्नुभएको हो । उपन्यासमा कुनै पनि पात्र को नाम दिइएको छैन । उपन्यास फ्ल्यास ब्याक मा गएर लेखिएको छ ।
बा-आमा तिर्थ जाने कुरा सँगै आज को उपन्यास सुरु हुन्छ । तर बद्रिनाथ बाट फर्किँदा, बाटो मा हिउँ पहिरो मा परे रे, उनी अनाथ भइन् रे । एउटा संसार ३ वटा टुक्रमा बदलियो रे, सं, सा अनि र, 'ठुल्दाजु, सान्दाजु र म' । बा ले, इच्छापत्रमा ठूलो छोरो र सानो छोरोलाई बराबार अनि श्रीमती र छोरीको लागि बराबर अंश भाग लगाएका रहेछन्, तर श्रीमती पनि उनीसँगै टाढा गइसकेकी छिन्, कहिले नफर्किने गरी !
केटाहरु धेरै आए, तर आफूलाई सोध्दै नसोधी ठुल्दाइ, सान्दाइ र भाउजु ले सँधै प्रस्ताव अस्विकार गरिरहे, सबै मा केही न केही खोट देख्थे । मेरो लागि उपयुक्त वर भेटेनन् । म बुढीकन्ये भएछु, सबै यसै भन्थे तर मलाई अझै आशा थियो । मेरो लागि वर नभेटिएको कारण बा को इच्छापत्र रहेछ, धन को लोभ र दाइहरुको स्वार्थ का कारण म फस्न पुगेछु, म अन्तर्मुखि भएँ । कालिदास देखी देवकोटा सम्म का किताबहरु पढेर भ्याएँ । यस्तै यस्तै कुराहरु, गन्थनहरु शिलशिलाबद्ध रुपमा लेखिएको छ । सायद, "मितपोइ" त भनिँदैन होला तर पनि बिचमा एकपटक मितपोइ हुन्थे, मित लगाएको भए भनिन् उनले ।
वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !
Thanks for this one....was desperate to hear... :)
ReplyDeleteThanks once again for new episode.
ReplyDeleteI read the book but the English version. After reading it I'm interested to read its original version. Hopefully I will be reading Nepali edition soon.
ReplyDeleteOne of the best Nepali book I read so far.
J