Skip to main content

Celebrating Friendship Day


Happy Friendship Day.

" Friendship is unnecessary, like philosophy, like art... It has no survival value; rather is one of those things that give value to survival. "
- C. S. Lewis

सि एस लेविस ले भने झैँ मित्रता अनावश्यक त हैन तर उनले भनेको यो कुरालाई पनि नकार्न सकिँदैन, साथै मित्रता ले जिउने जिवनमा ठूलो महत्व राख्दछ । हो, पक्कै पनि मित्रता को महत्व ठूलो छ, अनि यसको आफ्नै मुल्य छ जुन केही कुरा सँग पनि तुलना गर्न सकिँदैन ।

आज अन्तराष्ट्रिय मित्रता दिवस अर्थात अगस्ट महिना को पहिलो आइतबार । यहाँहरु सबैलाई मित्रता दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना । साथि, मित्र, हितैषी जुनसुकै नाम दिए पनि यो मित्रताको बन्धन सँधै रहिरहोस्, सबैसँग, सँधैभरिको लागि ।

आज को दिन यहाँहरु आफ्ना साथिहरुसँग रमाइलो गर्नुहुँदैछ होला, रमाइलो गर्नुस्, साथी को महत्व बुझ्नुस् । समय यस्तो छ कि, यो बितेपछि फर्काएर ल्याउन सकिँदैन अनि आफूमा सम्झना बाहेक केही बाँकी रहँदैन । अत: यो समय मा आफ्ना साथिहरु सँग, स्मरणीय पलहरु बिताउनुहोस्, खानुहोस्, पिउनुहोस्, मोज गर्नुहोस् । साथी, सँधै साथमा त नरहला तर पनि उनीहरु सँग बिताएका पलहरु जिवनपर्यन्त सम्झिरहनेछौँ, हैन र ? आज, म ती स्कुल का दिनहरु सम्झिँदैछु, अनि ती साथीहरु । अहिले हामी धेरै धेरै टाढा जस्तो छौँ, भेटघाट र कुराकानी हुन पनि मुस्किल छ तर पनि आज यो दिनले उनीहरुको सम्झना गराइदिएको छ । मित्रता दिवसकै नाम दिएर सही, कम्तिमा आज म ती रमाइला पलहरु त सम्झिँदैछु, सम्भवत् सबैसँग फोनमा पनि कुरा हुनेछ आज । अतितका यादहरु त भैहाले, त्यसबाहेक अहिले साथमा रहेका साथीहरु सँग पनि रमाइलो गरिने नै छ । साँचो मित्रता तब ठहरिनेछ, जब हामी एक अर्का को महत्व बुझ्न सक्छौँ ।

मलाई कहिँलेकाँहि लाग्छ, अहिले यति धेरै साथीहरु छन्, अनि यति धेरै साथीहरुको माया पाइएको छ, भविष्यमा के होला ? स्कुल पढ्दाका साथीहरु सँग कहिलेकाँहि भेट्दा ती पुराना कुराहरु फेरी ताजा भएर आउँछन् । हामी कतै जाने भनेर निर्णय गरेपछि, सबै साथीहरु साइकल निकालेर साथै कुदिहाल्थ्यौँ । कहिले बाग्मति मा पुग्थ्यौँ, ड्राइ पिकनिक को नाम दिँदै त कहिले हामी चुरे पहाड को फेदि सम्म साइकलमा पुगेर उकालो उक्लिन्थ्यौँ । भाका नभाका हावा गफ गर्न पनि कसैले भेट्दैनथियो, हामीलाई । साँझ को बेला अनि सुनसान सुनसान जस्तो लाग्ने पुर्वपश्चिम लमतन्न सुतेको महेन्द्र राजमार्ग को चिल्लो पिचमा समूहमा गफ गर्दै साइकल हाँकेर हामी धेरै टाढा टाढा पुग्ने गर्थ्यौँ । त्यही पुराना कुराहरु आज ताजा भएर आएको छ ।

Missing those wonderful moments and my dear friends. Anyway Happy friendship day to you all. Have fun with your friends.

अन्त्यमा, द युनिटि ले आफ्ना साथि कुल पोखरेल को सम्झना मा बनाएको एउटा गित को भिडियो पनि यहिँ राखेँ है, युट्युब बाट । मित्रता को यो उदाहरण त हाम्रो सामुन्ने नै देखाइदिएकाछन्, यो भिडियो मार्फत ।



img src:wondercliparts.com

Comments

  1. आज Friendship Day को उपलक्षमा यहाँ लाइ हार्दिक मंगलमय शुभकामना छ ! शुभ होस, शुभ रहोस .....

    ReplyDelete
  2. "What is a friend? A single soul in two bodies."
    - Aristotle


    Happy Friendship Day !!

    ReplyDelete
  3. मित्रता दिनको हार्दिक मंगलमय शुभकामना !

    ReplyDelete
  4. aakar, aaja timi le kaaai Love Aaj Kaal dekhayou... hehe... it was nice... happy frnship day man!!

    ReplyDelete
  5. Happy F'ship Day to all my known and unknown friends ...

    ReplyDelete
  6. Happy Friendship day dear

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह...

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ ...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

ट्विटर लाइकोनोमिक्स

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ । ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Subscribe to Aakar Post