कोटेश्वर को हिलो र वानेश्वर को धुलो खाँदै घन्टाघर पुगेको छु । घन्टाघर पुग्नासाथ, घन्टि बज्छ । घन्टि बजेकोले आफ्नो घडि को समय र घन्टाघरको समय हेर्छु । ठिकै जस्तो लाग्छ, जति बजेको घन्टि लाग्नुपर्ने त्यति नै बजेको छ, मेरो घडिमा पनि ! तर पनि मलाई शंका लागिरहेको छ, घन्टाघर को समय माथि । म अलि फरक महशुश गर्दैछु, समय मिलेको भएपनि मलाइ नमिलेको जस्तो लागिरहेको छ ।
हुन त प्राय: घन्टाघर को तलबाट हिँड्दा सँधै समय हेर्छु, समय मिलेको जस्तो लाग्छ आफ्नो घडिसँग । अब कहिले काँहि घन्टाघरको आफ्नै घडिहरु को समय नमिल्नु अलग कुरा हो तर पनि मलाई हरेक पटक घडि हेर्दा केही अजिब लाग्छ, केही गडबढ लाग्छ । त्रि चन्द्र कलेज सँगै रहेको घन्टाघर देश को शान अनि पुर्खा को नासो यति हुँदा हुँदै पनि मेरो मगज सड्किरहेको छ, घडि ले ठिक समय दिइरहेको छ, तर पनि लाग्छ केही त गढबढ छ । कस्तो कस्तो, आँखालाई पनि भ्रम भएजस्तो, केही नमिलेको जस्तो लागिरहेको छ ।
बाटा छेउ का शिरिष का बोटहरु हरिया छन्, शिरिष का फूलहरु बाटो मा छरिएका छैनन्, फूलहरु रुख को टुप्पा मै रहेर आनन्द लिइरहेकाछन् । लाग्दैछ, म धेरै बेर घन्टघर तल घोरिएर बसेकोले ती शिरिषका फूलहरुले पनि जिस्काइरहेकाछन् । म बाटो हिँड्ने वटुवा, अनि सडकपेटि मै माग्न बसेका साना केटा केटीलाई वास्ता गरिरहेको छैन, ती माग्न बसेका केटाकेटीहरु घरिघरि मलाई घच्घच्याएइरहेछन्, मेरो घन्टाघर माथि को एकहोरो हेराइलाई भंग गरिरहेकाछन् ।
लौ, धेरै बेर घोरिएपछि, आफूलाई किन अनौठो लागेको चाल पाएँ । मनमनै मरिमरि हाँसे पनि, तर फेरी नेपाली को गौरव भनेको चिनिएको, घन्टाघर मै यस्तो हालत देख्दा साह्रै नरमाइलो लाग्यो । सँधै किन घन्टाघर को समय अजिब लाग्छ भनेर सोच्ने गर्थेँ, तर आज यथार्थ मलाई ज्ञात भएको छ । घन्टाघर को घडिमा १ देखि १२ लेख्दा केही गडबढ भएको छ । घडिमा रोमन अंक मा १ देखि १२ सम्म लेखिएको छ। यहाँहरु लाई थाहा नै होला, I, II, III, IV, V, VI, VII, VIII, IX, X, XI, XII ले क्रमश १ देखि १२ सम्म का अंक जनाउँछ । तर घडिमा भने ४ जनाउनलाई ४ वटा धर्काहरु तानिएकोरहेछ [IIII], तर रोमन मा ४ लेख्दा IV लेख्नुपर्ने हुन्छ । यही एउटा गणितिय गणनाको नियम प्रयोग नगर्दा सँधै नै म झुक्किरहेको हुँदोरहेछु । यो देखेपछि, अनि घन्टाघरमा लेखिएको गल्ति थाहाभएपछि एकपटक आफैँले आफैँलाई वाह भाइ, भन्दै मनमनै हाँसे । तर मन तुलबुल तुलबुल भइरह्यो, अत: मोवाइलले फोटो पनि खिचेँ प्रमाण भनेर, के गर्नु साथमा क्यामरा बोकेर हिँडिएको थिएन तर मोवाइलले त्यति माथि को घडि राम्रोसँग फोकस गर्न सकेन । एउटा नयाँ कुरा पत्ता लागेको ठहर गर्दै, यो कुरा सुनाउन हतार हतार साथिलाई भेट्न गएँ । यही हो गल्ति भन्दै, अर्को पटक काठमाडौँ जाँदा क्यामेरा ले नै फोटो खिचेर देखाउँला तर अहिलेलाई चाँहि मोबाइलबाट खिचिएका घन्टाघरको केही फोटोहरु हेर्नुहोस् ।

म अचम्म मा परेको कुरा चाँहि के हो भने, ती कुराहरु थाहा नभएर पनि परिवर्तन नगरिएका हुन् या के हुन् ? अन्यथा, राजधानी काठमाडौँ को मुटु मा रहेको घन्टाघर को घडि मा त्यति ठूलो गल्ति हुनु त, हाम्रै इज्जत मा हिलो लाग्नु हैन र ? खै, सोच्ने ले कहिले सोच्ने हुन्, गर्ने ले कहिले गर्ने हुन् ? तर अब म चाँहि घन्टाघरमा झुकिन्न है, तपाई पनि नझुक्किनुस्, घडि सहि नै चलेपनि घडिमा प्रयुक्त रोमन अंकहरुले झुक्याउन सक्छन् !