जनैपूर्णिमा तथा रक्षाबन्धन को अवसरमा यहाँहरु सबैलाई सुस्वास्थ्य र दिर्घायु को कामना सहित हार्दिक शुभकामना !
जनैपूर्णिमा तथा रक्षाबन्धन को लागि आज, यहाँ नजिकै रहेको गोसाइस्थान गइएको थियो । वनेपा र धुलिखेल बिच २८ किलो भन्ने ठाउँबाट करिब १५-२० मिनेट उकालो चढेर गोसाइस्थान पुग्न सकिन्छ । यो ठाउँ, तालु डाँडा को नाम ले पनि चिनिने गरिन्छ । गोसाइस्थान मा विभिन्न चाडपर्वहरुमा मेला लाग्नेगर्दछ । गोसाइस्थान मा पुजाआजा गर्न तथा रक्षाबन्धन बाँध्न को लागि, काठमाडौँ, धुलिखेल, वनेपा, पनौती लगायत का विभिन्न ठाउँहरुबाट भक्तजनहरु आएकारहेछन् । रसुवा को गोसाइकुण्ड मा झैँ यहाँ पनि गोसाइस्थानमा भक्तजनहरु को ठूलो घुँइचो थियो । यही जनैपूर्णिमा र रक्षाबन्धन को अवसरमा, गोसाइस्थान मा लिइएका केही तस्विरहरु यहाँ राख्दैछु ।

झाँक्रिहरु ढ्याङ्ग्रो ठोक्दै, काम्दै, उफ्रदैछन् ! (छेउमा यसो नजिकै पुगेको थिँए, रक्सी को गन्ध ह्वास्स नाकमा पर्यो)
कमाइगर्ने मौसम, सबै बाहुनहरु डोरो र जनै लिएर बसेका छन्, उनीहरुलाई भ्याइनभ्याइ छ । (भक्तजनभन्दा बाहुन धेरै होलान् भन्ने पिर)
ओ आकार ब्रो जनै साच्चै फेरेको भए आज चाँही भेज म म खाउँ है..बिर्सेंला फेरी
ReplyDeleteरसुवा को गोसाइकुण्डको बारेमा त सुनेको हो तर वनेपा र धुलिखेलको बिचमा पनि गोसाइस्थान रहेछ भनेर, त मलाई आजनै तपाँईको टाँसो बाट थाहा भयो।
ReplyDeleteयति राम्रो प्रस्तुती अनी जानकारीको लागि धेरै धेरै धन्यवाद ।
आज मलाई मेरो बाल्यकालको जनै पुर्णिमाको दिनहरु याद आयो, घर नजिकैको छिमेकी बाहुन बाजेको घरमा जनै लगाइदिन ओहोरदोहोर गरिरहन्थे,ओहोरदोहोर चाँही बाजेको फुर्सद हुने थिएन नि टोल भरिका सबै बाजेका घरमा ओईरिन्थे त्यो दिन र बाजेले मन्त्र भन्नुभएको बेला मुखमा हेरिरहन्थे,रमाइलो लाग्थ्यो र यो दिनमा आमाले क्वाटी र खसिको मासु एकै ठाउँ मिलाएर पकाउनु भएको परिकार सगैँ भात मज्जाले खाइन्थ्यो अझै पनि स्मरणमा ताजै छ ..
ReplyDeleteआकार जी लगायत तपाईंहरु सबैलाई जनै पुर्णिमा र रक्षा बन्धनको शुभकामना !!
lou aaja kukhuri kaa khayera janai laaye maile ta... aakar janaai ko laagi dhanyabaad!
ReplyDeleteफोटोहरु सबै कोणबाट लिनु भएको छ । आधा-आधी आफू पनि त्यहीं पुगेको महशुस भयो !
ReplyDeleteहास्यव्यंग्यको चाड गाईजात्रामा
ReplyDeleteहाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।
हाहाहा, साह्रै हँसाउनुभयो एकल यात्री जी !
ReplyDeleteहो त मलाई पनि त्यही पुगे जस्तो लाग्यो फोटो हेर्दा, रमाईलै हुदो रहेछ जे होस।धन्यबाद है यो टासोको लागि।।
ReplyDeleteKasto ramailo pictures haru...ma ta yesto chad parva ma kahi katai gako chaina...mela haru...yesto jatra haru..kei ni tah nai chaina...so i enjoyed these pics...different touch .....wud lov to be its part...
ReplyDeleteरक्षाबन्धनको सुखद उपलक्ष्यमा सबैमा शुभकामना ।
ReplyDeleteफोटोहरु मार्फत झल्को दिलाउनु भएकोमा आकार जी लाई धेरै धेरै धन्यबाद ।
Kasto ramailo pictures haru...ma ta yesto chad parva ma kahi katai gako chaina...mela haru...yesto jatra haru..kei ni tah nai chaina...so i enjoyed these pics...different touch .....wud lov to be its part...
ReplyDeleteहाहाहा, साह्रै हँसाउनुभयो एकल यात्री जी !
ReplyDeleteओ आकार ब्रो जनै साच्चै फेरेको भए आज चाँही भेज म म खाउँ है..बिर्सेंला फेरी
ReplyDelete