गएराती देखि बिहान अबेर सम्म लगातार पानी परिरह्यो । खडेरी लागेको र गर्मी बढेका कारण पनि धेरै पछि परेको पानीले धेरैलाई आड भरोसा दिएको छ । पर्दा फिटिक्कै नपर्ने अनि पर्दा अत्याधिक पर्ने भएका कारण आज केही ठाउँको जनजिवन प्रभावित रहे । काठमाडौँ मा त थुप्रिएको फोहोर अनि त्यस माथि परेको पानी का कारण सडक मा हिँडिनसक्नु भएको छ । त्यस्तै मनोहरा खोला किनारा मा बसोबास गर्ने सुकुम्बासीहरुलाई पनि बाढि ले प्रभावित गरेको छ । यसैगरि भक्तपुर को ठिमी क्षेत्रमा पनि हनुमन्ते खोला मा आएको बाढिका कारण जनजिवन अस्तव्यस्त बनेको छ । बाढि घरभित्र पसेको छ, अनि रोड बाट पनि बाढि बगेको छ । हिम इलेक्ट्रोनिक्स, श्रद्धा नर्सिङ क्याम्पस, सा:ख टोरस्टिल को डिपो, श्यामा श्यामा धाम जलमग्न देखिन्थे । त्यस्तै वनेपा को पश्चिमी छेउ मा रहेको पुण्यमति खोला मा बाढि आएका कारण दिउँसो केही घन्टा सडक अबरुद्ध भएको थियो । खोला बाट बग्नुपर्ने पानी सडक बाट नै बग्न थालेपछि, यातायात आवागमन ठप्प बनेको थियो । पछि बेलुका ४ बजे तिर देखि एक एक ओटा गर्दै पालै पालो गाडिहरु पास गराइएको थियो । बाढि प्रभावित क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको थियो भने वनेपामा सयौँ को सङ्ख्या मा गाडिहरु लाम लाग्दा, हजारौँ यात्रीहरु जाम मा फस्नुपरेको थियो । यसै मेसोमा वनेपा को बाढि र लाम मा लागेका सवारी साधनहरु को केही दृश्यहरु यहाँ राखेको छु ।

बाढिले तहल्का मच्चाइरहँदा वनेपा को पुर्वि छेउ मा भने, कुनै नेपाली चलचित्र को सुटिङ हुँदैथियो ।

बाढिले तहल्का मच्चाइरहँदा वनेपा को पुर्वि छेउ मा भने, कुनै नेपाली चलचित्र को सुटिङ हुँदैथियो ।
आकार जी धन्यबाद फोटोका लागि मेरो केहि बर्ष अगाडिका दिनहरु याद गराइदिनु भो । बनेपा मा जुनबेला पानी ठुलो परेपनि यस्तै हो । म प्रगति प्रभात मा पढ्दा स्कुलनै पानी परेर बन्द हुन्थ्यो पुण्यमति खोलाले प्रत्येक बर्ष दुख दिन्थ्यो । अहिले पनि त्यहि हालत रहेछ ।
ReplyDeleteलौ कस्तो बाढी आएको रहेछ। बापरे बाप।
ReplyDeleteओहो! कस्तो बर्बादै पो भएछ ।
ReplyDeleteकस्तो बिजोग हिजो सम्म नआउदा बिजोग थियो तर आज पानी आउदा बिजोग छ, कसै गरे पनी सुख नहुने !
ReplyDeleteजेहोस देशको अबस्था को अबगत गराइदिनु भएकोमा आकार जी लाइ धन्यबाद !
फोटाहरु र समाचार यहाँ राखेकोमा आकारलाई धन्यबाद! यस्ता कुराले गर्दा हुने क्षति सकेसम्म कम होस् भनेर अलिक पूर्व तयारी गर्ने बानी कहिल्यै लागेन हामी नेपालीलाई, न राज्यलाई न जनतालाई।
ReplyDeleteयो पानी भन्ने झोल नबर्षे दु:ख बर्षे पनि अझै दु:ख हाम्रो लागी । समयमै नियन्त्रणको निगरानी नगर्दा सबै जलाम्मे । ताजा फोटोहरु बाँडनु भएकोमा धन्यबाद आकार जी ।
ReplyDeleteAakar jee, thanks for the photos of flooding. Urban flooding is main problem in Nepal due to insufficient drainage capacity. Preventive measures should be taken against urban flooding.
ReplyDeletenice photo-story.... abba jhagada parne bho!! hehe
ReplyDeleteहे दैव, सधे हाम्रै भागमा किन यस्तो? कहिले अनावृष्टि र हाहाकार,,, कहिले अतिवृष्टि र हाहाकार !

ReplyDelete