Listen to Neelam Karki's Story in RadioBachan.
आज को रेडियोवाचनमा केही छोटा कथाहरु लिएर आएका छौँ । निलम कार्की ‘निहारिका’ को कथा संग्रह ‘हवन’ बाट अच्युत घिमिरे केही कथाहरु वाचन गर्दै हुनुहुन्छ भने प्रविधि मा साथ दिइरहनुभएको छ, अनिल मन्डर ले ।
‘हवन’ कथा संग्रह मा रहेका ४ वटा कथाहरु आज वाचन गरिँदैछ । सुरुमा ‘२०६२ को राजमार्ग’ वाचन हुँदैछ, जुन कथा ले तत्कालिन नेपाल को अवस्था को सजिव चित्रण गरेको छ । कुनै पात्र नभएपनि, यो कथा ले धेरै कुरा भनिरहेको छ, जनयुद्ध, माओवादी, सेना, जनताले खेपेका सकस र सास्ति !
त्यसपछि ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’ कथा वाचन हुनेछ । निलम कार्कीका कथाहरुले अधिकांशका व्यथाहरु बोकेका छन् । भ्रुण हत्या को विषय ‘जन्मिन नपाएका नानीहरु’ कथा मा समेटिएको छ, भने वैवाहिक सम्बन्ध आदि का बारेमा बाँकि कथा मा लेखिएको छ ।
निलम कार्की ‘निहारिका’ को हवन कथा मा संग्रहित केही कथाहरु आज को बसाइ मा वाचन गरियो भने, केही कथाहरु अर्को बसाइमा वाचन गरिने छ । यहाँहरुलाई यो वाचन कस्तो लाग्दैछ, कथाहरु कस्तो लाग्यो, जान्ने उत्सुकता हामी मा रहेको छ । धन्यवाद अच्युत घिमिरे अनि धन्यवाद लेखिका निलम कार्की ‘निहारिका’ ।
-माथिको अडियो डाउनलोड गर्नुहोस् ।
Thanks! Aakar ji & Achut Ji, for the story..
ReplyDeleteA wonderful post! Thanks to the entire team of 'Radio Baachan'. you guys have done a great job!
ReplyDeleteनिलम जी को कथा निकै मार्मिक लाग्यो, मन छोयो ! यहाँभन्दा अगाडि मैले उहाँलाई चिनेकी थिइँन । कथा सुनेपछि उहाँप्रति कृतज्ञ भएँ, सामाजिक परिवेश को सही चित्रणले मन छोयो !
ReplyDeleteA wonderful post! Thanks to the entire team of 'Radio Baachan'. you guys have done a great job!
ReplyDelete