Skip to main content

Height of Mount Everest is 8,848 meter ?

सगरमाथा को उचाइ भन्ने बित्तिकै हामी भन्छौँ, ८,८४८ मिटर । बच्चै देखि कण्ठ भएकोले फरर बोलिरहेका हुन्छौँ, विश्वको सर्वोच्च शिखर सगरमाथा (Mount Everest) को उचाइ ८,८४८ मिटर । तर तपाईहरुलाई थाहा छ कि छैन, धेरैपटक हाम्रो सगरमाथा को उचाइलाई लिएर यहाँ विवाद सिर्जना भइसकेको छ । अस्ति केही दिन अघि को अन्नपूर्ण पोष्ट ले सगरमाथा को उचाइलाई लिएर ‘नेपाली र चिनियाँ अधिकारीहरु विच’ विवाद भनेर समाचार छापेको थियो । खास मा सगरमाथा को उचाइ कति हो, अहिलेसम्म पनि त्यो अन्यौल नै रहेको कुरा बताउनुहुन्छ, वरिष्ठ सिमाविद बुद्धिनारायण श्रेष्ठ । सबैले आ-आफ्नो हिसाब ले सगरमाथा को उचाइ नाप्ने गरेकाछन्, त्यही भएर पनि सगरमाथा को उचाइ कहिले बढ्ने गरेको छ त कहिले उचाइ घट्ने गरेको छ । वैज्ञानिक तवर ले वास्तविक उचाइ अहिलेसम्म पत्ता लागेको छैन भन्दा, आश्चार्य लाग्न सक्छ तर पनि सरकार ले ८,८४८ मिटर लाई नै आधिकारिकता दिएको छ अनि सारा संसार ले पनि यसैलाई वास्तविक उचाइ मान्दैआएको छ ।

दक्षिण तिर भारत ले सिमा मिचिरहेपनि, उत्तर तर्फ खासै केही भएको छैन भनेर मख्ख परिरहेकाछौँ, तर उत्तरतिर पनि सगरमाथा कस्को हो, भनेर पहिले धेरै विवाद भएको थियो रे ! अनि अहिले चाँहि सगरमाथा को उचाइलाई लिएर विवाद सिर्जना भएको छ । वरिष्ठ सिमाविद बुद्धिनारायण श्रेष्ठ भन्नुहुन्छ, अहिले सम्म वैज्ञानिक तवर ले उचाइ न-नापिएकोले नै समस्या सिर्जना भएको हो अनि सरकार ले अलिकति मात्र पहल गर्ने हो भने, यही उचाइ नाप्न का खातिर विदेशीहरु को लाइन लाग्ने थियो । सगरमाथा दिवस मे २९ तारिख का दिन, काठमाडौँ विश्वविद्यालय जियोम्याटिक्स इन्जिनियरिङ सोसाइटि ले गरेको कार्यक्रम को अवसरमा उहाँ ले यी कुराहरु बताउनुभएको हो ।

बाँकि अरु कुराहरु यही भिडियो हेरेर थाहापाउनुहोस् । प्रस्तुत भिडियोमा, बुद्धिनारायण श्रेष्ठ सगरमाथा को उचाइको बारेमा बोलिरहनुभएको छ । सुन्नुहोस्, उहाँले प्रस्तुत गर्नुभएका तथ्यहरु । उहाँ भन्दैहुनुहुन्छ, विभिन्न समयमा नापिएको उचाइ नेपाल ले स्विकार गरेको पनि छैन र अस्विकार गरेको पनि छैन । अनि साथै, विभिन्न समयमा सगरमाथा को उचाइ भिन्ना भिन्नै निस्किएको कुरा पनि उहाँले बताउनुभएको छ । हाम्रो सगरमाथा को उचाइ ८,८४३ मिटर देखि ८,८७२ मिटर सम्म पुर्‍याइएको ले कुन चाँहि सही हो भन्न मुस्किल छ । अझ, सन् १९८७ मा त माउन्ट केटु सर्वोच्च शिखर भनेर, सगरमाथा लाई दोस्रो भनिएको थियो, जसका कारण ठूलै खैलाबैला मच्चिएको थियो । खासमा सगरमाथा को वास्तविक उचाइ, वैज्ञानिक उचाइ कति होला त ? अब नाप्ने पालो, नेपालीहरु कै हो ।



नोट: मोबाइल बाट खिचिएकाले दृश्यहरु निकै कमसल रहेकाछन्, अत: दृश्यलाई भन्दा बढि श्रव्यलाई ध्यान दिएरसुन्नुहोला । फोटो इन्टरनेटमा खोजखाज गरिएको ।

Comments

  1. महत्वपूर्ण कुरा उठाउनुभयो आकारजीले । सगरमाथाको विषयमा यसरी विवाद हुनुको एउटै कारण हाम्रो नेपालकै निरीहता र सम्पदाहरूप्रति उपेक्षाभाव हो जस्तो लाग्छ । सगरमाथा मात्र होइन, पछिल्लो समयको सीमा विवाद पनि यसेको जड हो । आफैँ नतात्‍ने, आफ्नो वस्तु तथा सम्पदा र सरसामानको जोरजगेडा, रेखदेख र हिफाजत नगर्ने अनि पछि गुनासो गरेर, कुर्लिएर के हुन्छ ?
    अत: तपाईँले भने जस्तै हामी नेपाली नै ती सम्पदाको नापजाँचमा अघि सर्नुपर्छ । राज्यस्तरबाट अधिकारी खटाएर चाँडोभन्दा चाँडो तिनको मानक अवस्था संसारसमक्ष ल्याउनुपर्छ । जसले गर्दा कसैले निहुँ खोजेर बेलाबेला 'यो मेरो हो, त्यो तेरो होइन' भनेर आगो झोस्ने मेलै पाउने छैनन्, हाम्रो रेखदेख र चासो-निगरानीले हाम्रो स्वामित्व स्वयम् पुष्‍टि गर्छ ।

    ReplyDelete
  2. I agree with you too , like Dhaiba Ji... We are so inidfferent towards our own assets and we believe others blindly. One thing I found very funny -: "उहाँ भन्दैहुनुहुन्छ, विभिन्न समयमा नापिएको उचाइ नेपाल ले स्विकार गरेको पनि छैन र अस्विकार गरेको पनि छैन "

    Then what are we doing. We are just too indifferent towards this.

    Aja Sagarmatha ko kura aayeko cha....aja aajkal ta khubai sima bibad bha cha...dherai Savasad haru ....Sima nirikshan garna jane gareka chan.... ajha Indian Rajdoot pani janu bho kyare? ( I am little confused in this ) ... Sima micheko pratibedan chai...jhuto ho bhanera Indian Embassy le Press release nikalyo....ani Hamile tesailai samachar banayera padyou....Jhan tya sima bibad ma Nepali haru lai gareko misbehaviour kaha jaos...tyo pani kei gareko chaina bhanera India le bhanyo....

    Kura Sagarmatha...ko....ahile samma kasaile kei gareko chaina...sabai jana indifferent...ani kunai desh le or kasaile feri Sagarmatha Nepal ko hoina bhanidincha...ani feri suru huncha...Nara, julus, tyre balne,...tod fod garne..aafnai sampati haru nas garne....ani aaucha desh bhakti ko kura haru...ani andolan... hehe...yeuta cycle jasto...yeuta bani jasto...

    ReplyDelete
  3. यो विवादको बारेमा पहिले पनि एकचोटी निकै चर्चा भएको थीयो । तिथि मिती त बिर्सैं, तर ३-४ बर्ष पहिला सगरमाथा भन्दा पाकिस्तानको के-२ अग्लो भएको भनेर निकै झ्याली पनि पिटिएको हो ।

    तर आफ्नो देशको हिमालको उचाईको बारेमा अहिलेसम्म ठोकुवा गरेर बोल्न नसक्नु भनेको नेपालीकै लागि विडम्बना र दु:खको कुरा हो ।

    ReplyDelete
  4. राजनैतिक दलका नेतागणहरु सत्ता स्वादको पछि मात्र लाग्नु र दलसँग आवद्ध धेरै संख्यामा जनताहरु पनि तिनकै पछि लागेर पनि सिद्द नहुने स्वार्थको पछि मात्र लाग्नाले यही र यस्तै धेरै कुराहरु प्रति बेवास्ता हुँदै गएको हो र क्रमश हामी हाम्रो अस्तित्व नै संकटमा परिसकेको अवस्थामा आईपुगेका हौं । आफ्नो अस्तित्व रक्षाको निम्ती अहिले भैरहेको पहलहरु सफल हुन सकोस् । सगरमाथाको उचाई सम्बन्धी विवाद पनि टुँगो लागोस् ।

    ReplyDelete
  5. चाइनामा पढाईको लागि जाने दाई दिदी हरुले भन्नु हुन्थ्यो सगरमाथा नेपालको भने भने त चाइनाको ब्यक्तिहरुले सगरमाथा त चाइना को हो कहाँ नेपालको हो र भनेर भन्थे रे उनिहरुले त विश्वको सर्बोच्च शिखर सगरमाथा चाइनामा पर्चाह भनेर पढ्नु पर्छ रे ।

    रह्यो कुरा सगरमाथाको उचाइको, नेपालमा अहिले सम्म कुनै गतिलो नेतानै छैन जस्ले देशको बारेमा बिचार गरोस्, आफ्नै भुँडी भर्नमा ठीक्क हुन्छ उनिहरुको पदबदी कहाँ बाट हेर्ने र जनतालाई , अनी देशलाई अनी सुन्ने समय पनि त हुनुपर्‍यो नि उनीहरु सँग देशको कुरा, घटनाहरु ।

    वास्तवअंा भन्ने हो भने नेपाली नेताहरु जो सरकारमा छन उनिहरुले यस्को बारेमा चासो नै दिएका छैन ।

    ReplyDelete
  6. हामीले राम्रो समाचार कहिले सुन्न पाउने होला, हरेक क्षेत्रमा भाँडभैलोकै मात्रै खबर आउँछ ।

    ReplyDelete
  7. J jasto New aaya pani Sagarmatha ko chai bhad bhailo nabhai diya hune .

    ReplyDelete
  8. solta, lekhan ramro chha bhanau bhane... lekh ko wisaybastu le haami laai nai reTiraheko chha...

    ReplyDelete
  9. khoi k k, by now there must be some equipment to measure mountain height accurate, why not use them.
    heard about such things before also, even heard due to Titanic plate movement every year some Centimeter is increasing

    ReplyDelete
  10. yes Sangesh,
    उचाइ नाप्ने कुरा त किन नहुनु र, हुनु पर्ने हो ! अनि जहाँसम्म उचाइ बढ्छ भन्ने कुरा छ, त्यो चाँहि हो पनि र हैन पनि ।

    प्लेटोनिक्स को सिद्धान्त अनुसार हेर्ने हो भने, अहिले इन्डियन प्लेट (अस्ट्रेलिया देखि नेपालसम्म) प्रतिवर्ष ५ सेन्टिमिटर को दरले उत्तर तर्फ सर्दै गएको छ ।

    अनि यो हिमाल को उत्पती सँग पनि जोडिएको कुरा छ । चाइनिज प्लेट एकै ठाउँमा स्थिर छ तर इन्डियन प्लेट वर्षेनी उत्तर तर्फ सरिरहेकाले, प्राय: ले हिमाल को उचाइ बढ्दै गएको मान्छन् । तर यो अलिकति तर्कसंगत देखिँदैन, किनकी इन्डियन प्लेट चाइनिज प्लेट मुनि छिर्दै गएको छ, अनि इन्डियन प्लेट यसरी हिमालय को मुनि छिर्दा हिमाल को उचाइ त बढ्दै जानुपर्ने हो, र हिसाबै गर्ने हो भने हिमालहरु धेरै नै अग्लिनुपर्ने हो । तर हिमाल को बढ्दो उचाइ सँगै, माथि बाट पनि हिमाल मा भुक्षय हुने भएकोले, प्लेट मुभमेन्ट ले जति नै उचाइ बढे पनि सबै व्यालेन्स नै हुँदै जान्छ । अत: त्यसरी उचाइ चाँहि धेरै बढिरहेको छैन ।

    वैज्ञानिक प्रयोगहरुले चाँहि, इन्डियन प्लेट प्रतिवर्ष ५ सेन्टिमिटर को दरले उत्तर तिर सर्दैछन् भनेर पुष्टि गरिसकेकाछन् र ती सरेका भागहरु क्रमश, चाइनिज प्लेट मुनि छिर्दै गएकाछन्, कारण चाइनिज प्लेट चाँहि स्थिर रहेको छ । अनि यसैको कारण पनि हाम्रो जस्तो हिमाल र पहाड भएको देशमा 'भू-कम्प' को खतरा पनि बढ्दैगएको छ ।

    उचाइ कै कुरा त, अनुसन्धान कै विषय भइरहेको छ ।

    ReplyDelete
  11. Yes, it would constitute a nice field study for students of geology and can invite the foreign attention for research work in nepal.

    Nice one!

    ReplyDelete
  12. नेपालमा सबैतिर नासीईरहेको, घटीरहेको, भत्कीरहेको बेलामा... उचाई बढ्नु गणितीय हिसाबले फाईदा जनक नै छ | तर बिस्वास निय र सहि उचाई पत्ता लागेमा दुइ चार फिट होचै भए नि अलिक राम्रो हुन्छ कि...

    हामीले सगरमाथा नेपालमा पर्छ भनेर पढ्यौं .. उनीहरुले नि चीनमा पर्छ भनेर पढ्दा रहेछन ... गूगल अर्थ र विकिम्यापिया हेर्दा नि सगरमाथाको चुचुरो चाहिं चीन तिरै परेको देखिन्छ ... फेरी उहिले माओत्सेतुंगले बिपी कोइराला प्रधान मन्त्रि हुँदा सगरमाथा नेपाल मै पर्छ भनेर स्वीकार गरेका थिए भन्ने पनि ईतिहाँसमा पढेको थिएँ...खै के खै के अलिक कन्फ्युजिंग भयो...

    ReplyDelete
  13. जुन बेलामा राजनीतिक अस्थिरता हुन्छ, र देश संक्रमणको प्रक्रियाबाट गुजि्रन्छ, त्यही बेलामा सीमा बढी अतिक्रमित हुने गरेको देखिएको छ। पछिल्लो घटना क्रम ले यसै भन्छ , अनि नेपाल को राजनीति सधै अस्थिर र अराजक छ -भनेपछि :नेपाल, नेपाली भूभाग र नेपाली सधै असुरक्षित ।

    भारत जस्तै बेला बेला चीन संगको सीमाका विषयमा पनि विवाद नभएको हैन, सगरमाथा कै स्वामित्वको विषयमा पनि पहिले विवाद भएको थियो पछि चाउ एन लाईले सगरमाथा नेपालमै पर्छ भनेपछि मात्र सगरमाथा नेपालको भएको हो। नेपालको राष्ट्रियता सधै संकटमा परिरहेको बेला हरेक कुरामा सतर्क हुनु जरुरी छ । अरुले जे जे भन्यो चुपचाप त्यहि स्वीकार्ने लाछीपनाले नेपालको धेरै हानी भैसक्यो सगरमाथाको उचाईका विषयमा पनि नेपाली विशेषज्ञहरुद्वारा स्पष्ट र सहि सत्य तथ्य प्रकाशमा ल्याइनु अपरिहार्य देखिन्छ ।

    यो गम्भीर विषय हो ।

    ReplyDelete
  14. Yes, It is necessary to measure the height of Mt. Everest accurately.
    Here is the link about some measurements work carried out in the past.

    http://www.bookrags.com/research/mount-everest-measurement-of-mmat-03/

    ReplyDelete
  15. जुन बेलामा राजनीतिक अस्थिरता हुन्छ, र देश संक्रमणको प्रक्रियाबाट गुजि्रन्छ, त्यही बेलामा सीमा बढी अतिक्रमित हुने गरेको देखिएको छ। पछिल्लो घटना क्रम ले यसै भन्छ , अनि नेपाल को राजनीति सधै अस्थिर र अराजक छ -भनेपछि :नेपाल, नेपाली भूभाग र नेपाली सधै असुरक्षित ।

    भारत जस्तै बेला बेला चीन संगको सीमाका विषयमा पनि विवाद नभएको हैन, सगरमाथा कै स्वामित्वको विषयमा पनि पहिले विवाद भएको थियो पछि चाउ एन लाईले सगरमाथा नेपालमै पर्छ भनेपछि मात्र सगरमाथा नेपालको भएको हो। नेपालको राष्ट्रियता सधै संकटमा परिरहेको बेला हरेक कुरामा सतर्क हुनु जरुरी छ । अरुले जे जे भन्यो चुपचाप त्यहि स्वीकार्ने लाछीपनाले नेपालको धेरै हानी भैसक्यो सगरमाथाको उचाईका विषयमा पनि नेपाली विशेषज्ञहरुद्वारा स्पष्ट र सहि सत्य तथ्य प्रकाशमा ल्याइनु अपरिहार्य देखिन्छ ।

    यो गम्भीर विषय हो ।

    ReplyDelete
  16. solta, lekhan ramro chha bhanau bhane... lekh ko wisaybastu le haami laai nai reTiraheko chha...

    ReplyDelete
  17. J jasto New aaya pani Sagarmatha ko chai bhad bhailo nabhai diya hune .

    ReplyDelete
  18. चाइनामा पढाईको लागि जाने दाई दिदी हरुले भन्नु हुन्थ्यो सगरमाथा नेपालको भने भने त चाइनाको ब्यक्तिहरुले सगरमाथा त चाइना को हो कहाँ नेपालको हो र भनेर भन्थे रे उनिहरुले त विश्वको सर्बोच्च शिखर सगरमाथा चाइनामा पर्चाह भनेर पढ्नु पर्छ रे ।

    रह्यो कुरा सगरमाथाको उचाइको, नेपालमा अहिले सम्म कुनै गतिलो नेतानै छैन जस्ले देशको बारेमा बिचार गरोस्, आफ्नै भुँडी भर्नमा ठीक्क हुन्छ उनिहरुको पदबदी कहाँ बाट हेर्ने र जनतालाई , अनी देशलाई अनी सुन्ने समय पनि त हुनुपर्‍यो नि उनीहरु सँग देशको कुरा, घटनाहरु ।

    वास्तवअंा भन्ने हो भने नेपाली नेताहरु जो सरकारमा छन उनिहरुले यस्को बारेमा चासो नै दिएका छैन ।

    ReplyDelete
  19. राजनैतिक दलका नेतागणहरु सत्ता स्वादको पछि मात्र लाग्नु र दलसँग आवद्ध धेरै संख्यामा जनताहरु पनि तिनकै पछि लागेर पनि सिद्द नहुने स्वार्थको पछि मात्र लाग्नाले यही र यस्तै धेरै कुराहरु प्रति बेवास्ता हुँदै गएको हो र क्रमश हामी हाम्रो अस्तित्व नै संकटमा परिसकेको अवस्थामा आईपुगेका हौं । आफ्नो अस्तित्व रक्षाको निम्ती अहिले भैरहेको पहलहरु सफल हुन सकोस् । सगरमाथाको उचाई सम्बन्धी विवाद पनि टुँगो लागोस् ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह...

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ ...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

ट्विटर लाइकोनोमिक्स

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ । ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Subscribe to Aakar Post