“पछाडि सर्नुस् त”, राम्रैसँग ले बोलेको भएपनि, उसलाई झनक्क रिस उठ्यो, अर्को को कुरा सुनेर । २०६५ साल को अन्तिम दिन, भोलिपल्ट नयाँवर्ष भएका कारण अधिकांश बसहरु भरिएका छन् मान्छे ले । जाने हतारो सबैलाई छ, काठमाडौँ नै जानुछ सबैलाई, सहर मा रमाइलो गर्नलाई । फोहोर को डंगुर काठमाडौँमा, खानेपानी को हाहाकार काठमाडौँ मा, प्रदुषित वातावरण काठमाडौँ मा, सबैलाई यी कुराहरु थाहा भएपनि तर सबैको मन मा काठमाडौँ मा एउटा सानो घर भइदिए हुन्थ्यो भन्ने लाग्ने गर्छ । २०६५ साल को अन्तिम शनिबार विना कुनै पुर्व योजना, हाम्रो ७ जना को टोली धुलिखेलबाट मेलम्ची हान्निएको थियो, छत यात्रा गर्दै । मेलम्ची को धुलो बाटोमा छत मा बसेर धुलो खानेमा थियौँ, मदनमणि अधिकारी, लक्ष्मीप्रसाद खतिवडा, आशीष लुँइटेल, प्रवेश पौडेल, ईशान गजुरेल, शेखर के सी र म । सायद, यही “पछाडि सर्नुस् त”, भन्ने डाइलग सुन्नु नपरोस्, कोचिनु नपरोस् भन्ने मनसाय ले नै हामी छत मा चढेका थियौँ (?), साथ मा नयाँ बाटो र ठाउँ खुल्ला ठाउँमा बसेर हेर्नु को मज्जा पनि त बेग्लै छ । ट्राफिक नियम को उछित्तो काट्दै हामी बसको छत मा बसेर काभ्रे र सिन्धुपाल्चोकका ठाउँहरु कौतुहल...