अब बिजुली (लाइन) चौबिसै घन्टा आउने भएको छ, एक हप्ता मा ! लौँ, नहाँस्नुहोस् है, मैले त कसरी सकरात्मक सोच्ने भनेर एउटा सानो टुक्रा जोडेको मात्रै हुँ । हुन त कसरी हाँस्नु, जबकी हामी सँग केही नै छैन, हाँस्न को लागि । नचाहेरै पनि हाँस्नु पर्ने बाध्यता, कतै हाँस्न त बिर्सिएका छैनौँ, हामी ले ? हाँस्न बिर्सिएका हुन पनि सक्छौँ, किनकी हाम्रो स्थिति नै त्यस्तै छ ।
खैर, सबैकुरालाई भुलेर, यो लोडसेडिङ को पिडा, अनि खानेपानी को हाहाकारलाई भुलेर एकैछिन हाँसौ न त ! नेपाल साँस्कृतिक संस्थान ले आयोजना गरेको "हाँस्य सप्ताह २०६५" बाट केही अंश हामीले यहाँ राखेका छौँ । टेलिभिजनका चिरपरिचित कलाकारहरुको प्रहसन, कविता, व्यङ्ग्य आदि सुनेर-हेरेर केही छिन भने पनि यो, सांसारिक टेन्सनलाई बिर्सनुहोस्, है त !
Video: हाँस्य सप्ताह २०६५
नभनौँ भन्दा पनि भन्नै पर्ने भाको'छ, कार्यक्रम मा केही अपाच्य र उच्छृङ्खल लाग्ने प्रस्तुतीहरु पनि छन्, अत: ती कुराहरु आफैँ सेन्सर गरेर हेर्नुहोला है ! हाँस्यव्यङ्ग्य कार्यक्रम मा अपाच्य र उच्छृङ्खल लाग्ने दृश्य र शब्दहरु राख्ने बानी कहिले हट्ने भएन, मलाई लाग्छ यसकारण ले गर्दा पनि हाम्रा हाँस्यव्यङ्ग्य कार्यक्रमहरु उच्चकोटिको हुन सकेका छैनन् ।
हाँस्य सप्ताह २०६५ को भिडियो हामीले डेलीमोसन बाट लिएका हौँ ।
...विचरा महादेवले के लिए, बाघ को छाला र सर्प को माला,
अब हेर्नुहोस् देउताको स्वास्नीहरुको चर्तिकला !
हाम्री श्रीमतीले टाउकोमा जुम्रा पर्दा टिपेर फ्याँकिदिन्छे,
महादेव को घाँटिमा त्यत्रो गोमन साँप बेरिँदा, हेरिरहने पार्वती कस्ती मान्छे ?
हाम्री श्रीमतीले अलिकति रक्सी पिउँदा छेक्न आउँछे, भन्छे रक्सीले फाइदा गर्दैन,
महादेव ले विष पिउँदा पार्वतीले छेक्न जानु पर्छ कि पर्दैन ???...