
FOSS Research and Training Center, Brihaspati Vidya Sadan मा गत फेव्रुअरी ७ शनिबार का दिन FOSS InfoMela 2009 सम्पन्न भएको छ । खुला र सफ्टवेयर स्वतन्त्रता को लागि संघर्षरत संस्था FOSS Nepal ले आफ्नो नियमित कार्यक्रमहरु अन्तर्गत उक्त कार्यक्रम को आयोजना गरेको थियो ।
FOSS Nepal ले आयोजना गरको कार्यक्रमलाई D2LABS, KU (Kathmandu University), HLCIT (High Level Commission of Information Technology), Digit Trust आदि संघसंस्थाहरुले पनि सहयोग गरेका थिए । करिव १ दर्जन जति स्लटहरु राखिएको FOSS InfoMela 2009 को उद्घाटन प्रमुख अतिथि वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले गर्नुभएको थियो । उद्घाटनका क्रम मा, मन्त्री साहले सरकार ले नयाँ नेपाल निर्माण का लागि “७ ई” को अवधारणा ल्याउन लागेको बताउनुभएको थियो । उहाँले ७ अंक नेपाल को सन्दर्भमा शुभ भएको भन्दै ठट्यौलो पारामा विभिन्न राजनितिक प्रसंगहरु पनि जोड्नुभएको थियो । विवेक पौडेल ले सञ्चालन गर्नुभएको कार्यक्रम को सभापतित्व FOSS Nepal का सुविर प्रधानाङ्ग ले गर्नु भएको थियो । कार्यक्रम मा FOSS Research and Training Center को उद्घाटन पनि मन्त्री ज्युबाट भएको थियो । सोसल नेटवर्किङ साइट फेसबुक का माध्यम बाट आफूले यो कार्यक्रम बारे जानकारी पाएको बताउँदै मन्त्री साह ले, सबैले यो कम्प्युटर प्रविधि बारे जान्नुपर्ने र जान्ने ले नजान्नेलाई सिकाउनुपर्ने धारणा राख्नुभएको थियो ।
FOSS InfoMela 2009 मा विभिन्न संघसंस्था ले आफ्ना स्टलहरु राखेकाथिए, जसलाई अवलोकनकर्ताहरु खुबै चाख दिएर हेरिरहेका देखिन्थे । विभिन्न स्कुल, कलेज का विद्यार्थीहरुले समेत सहभागिता जनाएको उक्त कार्यक्रम मा साइवेर गेम र डकुमेन्ट्रि सो पनि अर्को आकर्षण बनेको थियो । वृहस्पति विद्यासदन का विद्यार्थीहरुले बनाएको ई-वर्णमाला साँच्चै नै तारिफ गर्न योग्य थियो, त्यस्तै भाइरस फ्रि स्टल, D2 को स्टल, काठमाडौँ विश्वविद्यालय को स्टल, पुल्चोक ईन्जिनियरिङ अध्ययन संस्थान आदिको स्टलहरुमा अवलोकनकर्ताहरु को विशेष भिड देखिन्थ्यो । विभिन्न स्टलहरु को भ्रमण का क्रम मा मन्त्री साहले यी भैरहेका प्रयासहरुको तारिफ गर्दै, आवश्यक सहयोगको लागि आफू र आफ्नो मन्त्रालय को ढोका सँधै खुला रहेको बताउनुभएको थियो ।
खुला तथा स्वतन्त्र सफ्टवयर सम्बन्धि जानकारी दिन तथा अब खुला तथा स्वतन्त्र सफ्टवयर तर्फ लाग्नु पर्छ है, भन्ने सन्देश दिन FOSS Nepal ले विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरेको छ ।

















Comments
Post a Comment