कुरो कहाँबाट सुरु गरौँ भनेर धेरै सोचियो तर कुरा को फेदटुप्पो फेला पार्न सकिन । खास मा भन्दा कुरो को प्लट फेला पारिएन । कतिलाई यो लेखाइ वाहियात लाग्ला, अनि कतिलाई मन पनि पर्ला । तर यो लेखिरहँदा मेरो मन भने कहाँ कहाँ उडिरहेछ, अनि के के सोचिरहेछ । खासमा, भन्ने हो भने यहाँ म के लेख्दैछु, या लेख्ने प्रयत्न गर्दैछु, मलाई नै थाहा छैन तर मैल यसो भन्दा नपत्याउनु पनि होला, या गफ नै बढि पनि भन्नुहोला । हेरौँ, लेख्दैजाउँ यो के बन्दोरहेछ, एउटा परिक्षण नै सहि । मन को अन्तरकुन्तर मा रहेका तर कहिले यही लेख्छु भनेर नसोचिएका कुराहरु, धारा प्रवाह छौँडौ न, के नै पो होला र ?
साइटहरु ब्राउज गर्दैथिँए, एउटा मा फोटो रहेछ, ल्होछार को अवसरमा मोटरसाइकल र्याली भन्ने क्याप्सन सहित । फोटो सायद कुनै आकाशे पुल बाट लिइएको थियो होला । र्याली, त्यसमाथि पनि मोटरसाइकल, मेरो आँखा पहिले त्यही मोटरसाइकल मा पुग्यो । आफैँ देखि दिक्क लागेर आयो । मोटरसाइकल चालक ले अनिवार्य हेलमेट लाउनु पर्छ भन्ने ट्राफिक नियम छ, अनि सुरक्षा को लागि पनि हेलमेट लाउनै पर्छ । तर र्याली मा भएका कसैको टाउका मा नि, हेलमेट भन्ने जन्तु देखिएन । यस्तो गर्दा चाँहि हामी नियम कानुन नसम्झने कुनै मुर्ख हौँ कि जस्तो पनि लाग्छ । जे गर्न पनि छुट भएजस्तो !
अझ, अन्याय को निहुँमा गरिने आन्दोलन को स्वरुप त झन् उग्रै हुन्छ । सबैले, भोगेकै अनि देखेकै होला, यहाँ गाडिले मान्छे हाने, पहिले त्यो गाडिलाई जलाइन्छ, डाइभरलाई कुटिन्छ, त्यसपछि नारावाजी र तोडफोड गर्दै क्षतिपुर्ति मागिन्छ, दोष त जसैगरि पनि डाइभर या भनौँ गाडि माथि नै थोपरिन्छ । कसैले कसैको हत्या गरिदियो, सरकारले क्षतिपुर्ति दिनुपर्छ, मारिएकोलाई सहिद घोषणा गर्नुपर्छ भनिन्छ । त्यसैको निहुँमा हामी कति दिन देश नै ठप्प पारिदिन्छौँ । हैन, हामी कस्तो संस्कार अंगाल्दै छौँ है !
बुलबुल को एउटा अंकमा सुनेको थिँए । आवाज पनि शक्ति हो, अनि शक्ति त कहिले नाँशिदैन, यो त कतै संरक्षित भएर रहन्छ । उसोभए, महाभारतमा कृष्ण ले बोलेका कुराहरु कतै जोगिएर बसेका होलान, अनि त्यसकै खोजी मा वैज्ञानिकहरु लागेका छन् रे । शक्ति नाँसिदैन, अनि हाम्रो आवाज पनि कतै संरक्षित भएर रहन्छन् भने भावि पुस्ता का लागि सँधै सभ्य बोलौँ, शूभ बोलौँ ।
यो संस्कार भन्ने पनि अचम्म कै चिज छ, जसले पनि टपक्कै टिप्छ, केही दिन संगत गर्नासाथ । आन्दोलन ले पनि त्यस्तै स्वरुप धारण गर्न थालेको छ । तोडफोड नगरी त आन्दोलन नै हुँदैन भन्ने मानसिकता, अनि एउटा समस्या परेकोले अरुलाई जत्ति पनि समस्या पार्न मिल्छ, या भनौँ कानुन सम्मत छ भने झैँ गर्छौँ । भनौँ न, एउटा को हत्या भयो, अनि समस्यापर्नेहरु ले अरुको सेड्युललाई पनि बर्बाद नै गर्दिन्छन् । ऊ कति हतार मा हुन्छ, के बितिरहेको हुन्छ, केही नबुझि, समस्याग्रस्त भिडहरुले उसलाई निमोठिदिन्छन्, कुल्चेर हिँडिदिन्छन्, लाग्छन् उनीहरु कानुन माथि छन् अनि आफूले गरेको कामलाई एकदम जायज नै ठान्छन् । यो त सरासर गलत भएन र ?
जस्तो एउटा विद्यार्थीले पढ्न पाएन, आर्थिक अभाव ले, अनि त्यहिँ अर्को पात्र छ धनि । अब त्यो विद्यार्थीले पढ्न को लागि भनेर अर्को धनि को घरमा डकैति गर्नु कत्तिको जायज हुन्छ । ए ! पढ्न कै लागि त डकैति गरेको रहेछ भनेर, के उसको अपराधलाई माफ हुन्छ र ??? यो त सिनेमा मा दर्शकलाई भावुक बनाउने दृश्य भन्दा केही होइन । मेरो भन्नु को आशय, न्याय को लागि भन्दै अरुलाई अन्याय गर्न, हानी गर्न त पक्कै पाँइदैन, तर फेरी किन हामी हाम्रो अतिरञ्जनलाई पनि, हामी जायज मान्छौँ ?? खै, मान्छे आफ्नो परिस्थिति अनुसार रंग फेर्ने भएर पनि होला । मान्छेहरु नै, आफ्नो रंग यत्तिका विधि फेर्छन् भने, त्यो छेपारोलाई किन रंग फेर्ने जिव भनिएको होला ? छेपारो सम्झेर याद आयो, सानो छँदा, दुईटा हँसिया घोट्ने गर्थेँ, छेपारो देखेपछि, कारण छेपारोले रंग फेर्छ रे ! गल्ति भए सच्याइदिनुहोला है त !
खै, यो फ्रस्ट्रेसन हो कि, स्वतन्त्रता हो कि, के हो , म आफैँ अलमल मा छु । हामी, हाम्रो सिस्टम देखेर, म सँधै छक्क मात्रै पर्छु । सायद, आफूलाई पर्दा सँधै जायज हुन्छ क्या रे, हाम्रा समस्या ! अनि हामी अरुको समस्याको पनि वास्ता गर्दैनौँ । मेरो दिमाग ले त खै, यस्ता कुराहरु खुट्याउनै सक्दैन । के तपाईहरुलाई हामीहरुको संस्कार अनि हामी कता गइरहेका छौँ जस्तो लाग्छ ? एउटा प्यारोडि सुनेको थिँए पहिले,
“वानी बग्छ तलतल, पानी चाँहि उकालो…”
शक्ति नाँसिदैन, अनि हाम्रो आवाज पनि कतै संरक्षित भएर रहन्छन् भने भावि पुस्ता का लागि सँधै सभ्य बोलौँ, शूभ बोलौँ ।

माघ १६ गते, शहिद दिवस आउँदै छ, हामीले कति सहिदलाई सम्झेका छौँ । हो हामीले सम्झेको भनेका ती ४ सहिद मात्र छन्, जसले राणाशासन को विरुद्धमा आगो ओकलेकाछन् । अरु त, हाम्रा लागि सबै अज्ञात छन् । त्यसैले त भन्छौँ, ज्ञात-अज्ञात सहिद । अनि हामीले ती ४ सहिदका सपना त पुरा गर्न सकिरहेका छैनौँ भने, देशमा विभिन्न समयमा बलिदान दिने सहिदको भावना को कदर अनि, उनीहरुको सपना कसरी पुरा गरौँला ! हैन, हामी किन उनीहरुको सपनालाई पनि लत्याइरहेका छौँ ! जेहोस्, देश का लागि बलिदान गर्ने सहिदहरुमा हार्दिक श्रद्धान्जली, यही भन्दैछु वर्ष को एकपटक ! सम्झिने भनेको त्यही १ दिन माघ १६ गते हो, अरु त बाल ! आफैँले आफैँलाई सोध्न मन लाग्छ, हैन म के गर्दैछु, के संस्कार अंगाल्दै छु, किन मनपरी गर्दैछु । कतै एनार्की को A भन्ने ब्याच मैले आफ्नो झोला मा टाँसेर हिँडेकोले त यस्तो भएको हैन ! खै, म मात्रै यस्तो हो कि, हामी सबै यस्तो हौँ !