सुन्नुहोस्, 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश !'
के शब्दहरु को लाश सबैभन्दा कुरुप हुन्छन् ? मैले बुझिँन यसको अर्थ के हो ? अनि कवि के भन्दैछन् 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश'? सुन्नुहोस त, यहाँ कवि 'रमेश श्रेष्ठ' किन यसो भन्दैछन् ? 'अक्षर को खेत' मा डुलेर हामी अघाएनौँ, कान्तिपुर एफएम का कार्यक्रम सञ्चालक 'हेम भण्डारी' यसै भन्दैथिए, यो 'कविता' कविले वाचन गर्नु अगाडि !
कविता सुन्दा निकै बुझेजस्तो लाग्छ, अहँ तर फेरी के भनेको हो, म आफैँ छक्क पर्छु । सायद, "शब्दहरुको लाश" लेखनी मा रहन्छ क्यार । अनि यस संसार मा मान्छेहरु रहेसम्म, "शब्दहरुको लाश" रहनेछन् । अनि, रहरले कविता लेख्ने, रहर ले गजल लेख्नेहरुले त, कवितालाई, गजललाई मात्रै "शब्दहरु को लाश" बनाएका त हैनन् ? सायद, कविले यसै कुरालाई उठाउन खोजेका हुन् कि ? तपाईलाई के लाग्यो ? यो "शब्दहरुको लाश" भनेको के होला ? कि यो साहित्यमा प्रयोग हुने 'बिम्ब'हरुका कारण ले बुझ्न कठीन भएको त हैन ? आखिर खास मा के हो त यो "कुरुप शब्दहरुको लाश" !
माथिको अडियो डाउनलोड गर्नुहोस् ।
कस्तो राम्रो कविता !! साँच्चै नै धेरै नराम्रो हुन्छ अक्षरहरूको लास !!
ReplyDeleteKhai.. sabdaharu jati maanche haru baachna sake kati jaati hunthyo hola bhanera sochhchu ma ta !!
ReplyDeleteत्यसो त शब्दहरु स्वयँमा कहिल्यै रोगी हुँदैनन न मर्छन र लास नै बन्छन । मैले त निर्लज्ज , फोहोरी र घिनलाग्दो शब्द पनि देखेको छैन । केवल शब्दलाई प्रयोग गर्ने / गराउने नियतहरु भने कुहिएको सिनो झैँ गन्हाउने हुन्छन । यो कवितामा कविले त्यही कुरा उल्लेख गर्नुभए जस्तो लाग्यो । धेरै राम्रो कविता ।
ReplyDeleteजुन शब्दको कुनै अर्थ हुँदैन जहाँ अर्थ हुनु पर्ने थियो , जुन शब्दमा उर्जा हुँदैन जहाँ उर्जाको आवश्यकता थियो त्यस्तो शब्द खर्च गर्ने हरु प्रती को ब्यङ्ग हो जस्तो लाग्छ 'शब्दहरुको लाश' शब्द ।
ReplyDeleteKhai.. sabdaharu jati maanche haru baachna sake kati jaati hunthyo hola bhanera sochhchu ma ta !!
ReplyDelete