सरल शब्द अनि छन्दमा रचित, नवराज लम्साल ज्यु को कवितावाचन सुन्नुहोस्, लम्साल ज्यु बाटै ।
सायद, नवराज लम्साल लाई नचिन्ने, साहित्यप्रेमीहरु कमै होलान । एक कुशल रेडियो प्रस्तोता का अलवा साहित्य सर्जक पनि हुन, नवराज लम्साल ।
आज यहाँ, नवराज लम्साल ले रच्नुभएको, अनि आफैँले वाचन गर्नुभएको 'फर्कन्छु साथी म त' भन्ने कविता लिएर आएका छौँ । केही हप्ता अगाडि गुरुकुल मा भएको पैसो तिरेर सुन्ने, कविता वाचन कार्यक्रम बाट यो कविता रेकर्ड गरिएको हो । स्मरणीय रहोस्, गुरुकुल मा प्रत्येक हप्ता कविता वाचन हुनेगरेको छ ।
"विदेश पुग्दा, साथिहरुले नेपाल नफर्क भनेर आग्रह गर्दा, यो कविता लेखिएको हो", नवराज लम्साल ले यसै नै भन्नु भएको थियो, कार्यक्रम मा । विदेशमा रहेका नेपालीहरुलाई सायद यो कविता ले घोच्न पनि सक्छ, अत: हामी पहिले नै क्षमा माग्न चाहन्छौँ । अनि आग्रह गर्छौँ, यहाँहरुले कवितालाई कसरी लिनुभयो, अनि हाम्रो यो सानो प्रयास यहाँहरुलाई कस्तो लाग्यो ?
माथि को अडियो डाउनलोड गर्नुहोस् ।
धेरै राम्रो लाग्यो कविता त ! अनि वाचन शैली पनि मिठो छ !!!
ReplyDeleteकविता सुनिसक्दा मेरा आँखाहरु टिलपिल भइसकेछन्, मन भक्कानिन लागेको रैछ, कविता सकिएपछि मात्र थाहपाएँ !!!
ReplyDeleteThanks a lot for sharing Aakar.
आकार जि मत वाचन संगै भावनामै झुलेछु। लाग्छ छोडिदिउ अब यो क्षितिजपारिको संसार पनि ।त्यसैले फर्कन्छु साथिहरु म पनि अब ।
ReplyDeleteधेरै राम्रो अनि वाचन झनै राम्रो । धन्यबाद आकार मित्र ।
धेरै राम्रो - अनि हाम्रै लागी पोस्ट गर्नु भए जस्तो लाग्यो नि !
ReplyDeleteआकारजी , नवराज लम्सालको यो कविता हामीसम्म ल्याईपुर्याउनु भएकोमा तपाईंलाई हार्दिक धन्यवाद !
ReplyDeleteत्यो समयमा , जुन समयमा यो कविताको भावभूमी रहेको छ मैले पनि भेटेको थिएँ नव दाइलाई , साह्रै आत्मिय , साह्रै न्यानो भेटघाट थियो त्यो मेरो वहाँ सँग । बिभिन्न कुराकानीहरु नभएका होईनन त्यस बखत तर वहाँले फर्किने , नफर्किने भन्ने विषयमा म सँग त कुरै भएको थिएन । पानी माथीको ओभानो बन्न खोजेको होईन तर मैले चैं भनेको थिईनँ है नवदाइलाई नफर्कनु भनेर ।
मसँग त्यो विषयमा कुरै भएको थियो भनेपनि म वहाँ कै गीत गाएर सुनाईदिन्थें होला -
तिमी जून हौ आकाशमा बस
जगमगाउने तारा छोडी भुईँमा नझर
तिमीलाई सुहाउन्न मेरो संसार..... ।
आकार जि !
ReplyDeleteकबिता को लय ले जिउ जिरिङ्ग भो !
तर कबिताको पुरै शब्द प्रस्ट बुझ्न् सुन्न नसकेर एक्द मै थक थकी लाग्यो ।
कृपया शब्द मार्फत कबिता " फर्कन्छु साथी म त " पुरै लेख्न मिल्छ ? यदी मिल्छ भने राख्नुस् न है ब्लग मा ।
Good poem...would love to read it, the sounds in couple of places were not clear
ReplyDeleteलेखौँला भनेको थिँए, तर ५ मिनेट लामो कविता वाचन लेख्न निकै गाह्रो लाग्यो, अत: मैले नलेख्ने भएँ है !
ReplyDeleteआकार जि मत वाचन संगै भावनामै झुलेछु। लाग्छ छोडिदिउ अब यो क्षितिजपारिको संसार पनि ।त्यसैले फर्कन्छु साथिहरु म पनि अब ।
ReplyDeleteधेरै राम्रो अनि वाचन झनै राम्रो । धन्यबाद आकार मित्र ।
धेरै राम्रो लाग्यो कविता त ! अनि वाचन शैली पनि मिठो छ !!!
ReplyDelete