विद्यार्थीहरूलाई “टार्गेट” गरेर छिट्टै नै थाइल्याण्डमा आयोजना हुन गइरहेको “अन्तराष्टिय सांस्कृतिक सम्मेलन”मा नेपालबाट जम्मा-जम्मी ४७ जनाले सहभागिता जनाउने भएका छन् र सबैभन्दा महत्वपूर्ण हाम्रो काठमाण्डौं विश्वविद्यालयबाट त झन् १७ जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् र थाइल्याण्ड घुम्ने सुनौलो अवसर पनि प्राप्त गर्नेछन् । के तपाई केयूको विद्यार्थी भएकोले त्यस १७ जनाको नाम लिष्टमा आफ्नो नाम देख्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने अहिले २५० शब्द नघटाइ “Relationship between Nepal and Thailand and it’s future” शीर्षकमा एउटा निबन्ध लेख्नुस् र A-4 size को कागजमा प्रिन्ट गरेर आफ्नो सम्बन्धित स्कुलको डिनको ] approval signature गराएर विद्यार्थी मामिलाका निर्देशक प्रो डा सञ्चयनाथ खनालज्यूलाई बुझाउनुहोस् । के थाहा तपाइँको थाइल्याण्ड टुरको सपना पुरा भइहाल्छ की ?
तर… अब यो सपना साँच्नु व्यर्थ भइसकेको केयूका धेरैजसो विद्यार्थीको गुनासो रहेको छ । दुइ हप्ता अगाडी उक्त “अन्तराष्टिय सांस्कृतिक सम्मेलन” सम्बन्धित लिखित सूचना केयू प्रशासनमा आएको तर केयू विद्यार्थीहरु माझ उक्त महत्वपूर्ण सूचना जानीजानी प्रवाह नगराइएको धेरैजसो विद्यार्थीहरूको दाबी छ । प्रशासनव्दारा समयमा उक्त सूचना सबै नोटिस बोर्डमा नटासिइनुले कतै सोझा, केयूमा चिनेजाने नभएका विद्यार्थीहरूलाई गुम्राहामा राखेर माथिका पदाधीकारीहरुले भित्रभित्रै मिलेमितोगरी आफ्ना नातागोता पर्ने विद्यार्थीहरूलाई मात्र थाइल्याण्ड सम्मेलनमा पठाउने योजना बनाइरहेका छन् कि ?
छैन भन्न सकिँदैन ।
अझ Student Welfare Council, KU का अध्यक्ष सुनिल बानियाँका अनुसार थाइल्याण्डमा हुनगइरहेका उक्त “अन्तराष्टिय सांस्कृतिक सम्मेलन” सम्बन्धित लिखित सूचना विद्यार्थी मामिलाका निर्देशक प्रो डा सञ्जयनाथ खनालले Student Welfare Council, KU का महासचिब सुमन धुन श्रेष्ठलाई दिनुभएको तर महासचिब धुनले उक्त सूचना आफ्ना लंगौँटिया दोस्तहरूबाहेक अरू विद्यार्थीमाझ नदेखाएको तितो सत्य हामी माझ छरपष्ट भएको छ । तर अध्यक्ष बानियाँ “त्यो गल्ती विद्यार्थी कल्याणकारी परिषदको हो” भन्दै गल्ति स्विकार गर्न पछि पर्नुहुन्न र त्यो गल्तिगरे पश्चात महासचिवबाट हस्तक्षरित एउटा माफी मागेको सूचना निकाल्ने प्रतिबद्धता पनि जाहेर गर्नुहुन्छ ।
कस्तो विडम्बना ? हामी विद्यार्थीकै मतबाट निर्माण गरिएको उक्त विद्यार्थी कल्याणकारी परिषद् आफ्नो विद्यार्थीप्रति नै बफादार छैन । यसले यस संगठनको अस्तित्वमाथि नै गहिरो प्रश्न उठाएको छ भन्न गाह्रो नपर्ला ।
१९ डिसेम्बर अन्तिम डेडलाइन रहेको उक्त सूचनाबारे बायोटेक चौथो वर्ष का रुबिन जोशी १८ डिसेम्बरमा मात्र थाहा पाएको र प्रशस्त तयारी विनानै निबन्ध लेखेर बुझाउनुपरेको गुनासो पोख्दै अगाडी भन्छन् , “लास्ट आवरमा एप्लीकेसन त बुझाइयो तर निष्पक्षरुपमा नै सेलेक्सन हुन्छ भन्ने कुनै ग्यारेन्टी देख्दिन , खाली आश मात्र गर्नु सिवाय अरु कुनै उपाय छ र ?” स्कुल अफ साइन्सका डिन डा पन्ना थापाबाट Approval signature लिएपछि आफू स्कुल अफ साइन्सबाट तेस्रो Applicant रहेको र स्कुल अफ साइन्सबाट कम्तीमा पनि ३ जना विद्यार्थी छान्नुपर्ने भएकोले आफु स्वतह सेमिफाइन लिष्टमा पर्नुपर्ने दाबी गर्दै रुबिन जोशी डा खनालसमक्ष गए तर जोशीको उक्त दाबीलाई डा खनालले “अरु विद्यार्थी ले पनि एप्लाइ गर्न सक्छन् नि बाबु , केही भन्न सकिदैँन” भनेर फर्काइदिए ।
तर सबैभन्दा दुर्भाग्यको कुरा त हातमा गनिने संख्या बाहेक ठुलो संख्यामा रहेका अरू विद्यार्थीहरूलाई त यस सम्बन्धमा फुट्टि सुँइको पनि छैन । जब तिनीहरूले डेडलाइन सकिएपछि यस घटनाबारे चाल पाए, तिनीहरूले केयुको लापरवाहीप्रति आक्रोश व्यक्त गर्नु स्वभाविक थियो । कम्प्युटर इन्जिनियरिङमा विषय लागेर आउट भइ शैक्षििक विश्राम लिएर बसीरहेका अनुग्रह के सी आफ्नो विचार यसरी पोख्नु हुन्छ , “देशमा जसरी नाताबाद र भष्टाचारको कालो बादल छाएको छ, त्यसरी नै केयूमा पनि त्यसको अन्धकारको सानो भाग परेको हो । थाइल्याण्ड सम्मेलनमा यस्ता काविल विद्याथीहरूलाई पठाउनु पर्छ जसले त्यस सम्मेलनमा सहभागिता जनाएर केयूमा फर्किएपछि हामीलाई त्यस सम्मेलनको सार्थकतामाथि प्रकाश पार्नसकोस् ”। तर मिडिया स्टडिज् दोस्रो वर्षमा अध्ययनरत अमोल आचार्य र प्रेम छिरिङ्ग शेर्पा आक्रोशित मुद्रामा “यो घटना हामी विद्यार्थीप्रति प्रशासनको षड्यन्त्र हो” भन्दै एउटै मत राख्दछन् भने कम्प्युटर इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत सन्देश शाक्यले यस घटनालाई बाहिरबाट जे दखिएपनि भित्र गहिरो रहस्य रहेको हुनसक्ने विचार राख्दछन् ।
उक्त “अन्तराष्टिय सांस्कृतिक सम्मेलन” लाई केयूभित्रसम्म आइपुग्दा “थाइल्याण्ड काण्ड” को रुपमा परिणत गर्न कसको हात देख्नुहुन्छ ? विद्यार्थी कल्याणकारी परिषद कि प्रशासन ?
-शेखर के सी
मिडिया स्टडिज, दोश्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

जहा पनी नाता वाद र कृपाबाद -गनाउछ ! के गर्ने ? सम्बंधित निकाय को लापरवाही हो या खबरदारी गराउने को कमजोरी हो । हुन त दुबैको त्यसमा आफ्नै भूमिका पनी हुन्छ । किन भने सम्बंधित निकाय ले जे गर्यो त्यही सही माने आदतले, उनिहरु पनी कसैले केही पनी भन्दैनन भन्दै आफु खुसी (मनो मानी ) गर्दछन नि ? त्यसैले खबरदारी गराउने पक्ष पनी उतिकै शसक्त हुनु जरुरी छ ।
ReplyDeleteटियूको रोग केयूमा पनि सरेछ। यो राम्रो लक्षण हैन।
ReplyDeleteIt's Nepal ni .....j gare ni bho ni...
ReplyDeleteani ....Nepal ko flag ramro 6 ni new Aakar Post ma !!
Tu ko rog haina KU ta nepotism and favouritism ko extreme exadmple ho. yesto thau haru ma matra haina sabai thau ma yei cha KU ma. KU ma j garne ni koi na koi hunai parcha.
ReplyDeletetai pani KU ramro cha asia ma nai ahilae samma tesaile Jai KU
यस्तै न छ है, टेक दाइ ।
ReplyDeleteअब तपाई ले पो पार पाइसक्नु भयो त !
:)