Skip to main content

एउटा साथी को खोजीमा ...

ईन्टरनेटको दुनिँया, आफैँमा रमाइलो दुनियाँ । एउटा सपनाको दुनिँया भन्दा पनि फरक नपर्ला, ईन्टरनेटलाई । अझ ब्लगिङ का दुनियाँ मा छिरिसकेका अनि इन्टरनेटमा देश दुँनिया चहार्न पल्केकालाई त यो इन्टरनेट भनेको अनि ब्लगिङ भनेको त एउटा नशा नै सरह हुन्छ ।

ब्लगिङ सुरु गरिए पछि, इन्टरनेट नशा सरह त लाग्दै गयो, नयाँ साथीहरु पनि भेटिँदै गए । हुन त ब्लगिङ बाट परिचित भएका कुनैपनि साथीलाई अझसम्म भेटिएको छैन तर पनि उनीहरु किन यती धेरै आत्मिय लागेका हुन्, थाहा छैन । सम्भवत: ब्लगिङ को दुनिँयामा रमाइरहेका ब्लगरहरु सबैलाई, देख्दै नदेखेका अनि संसारको अर्को कुना मा रहेका ब्लगर साथीहरु प्यारा लाग्छन् होला । खै, यो कस्तो भावनात्मक नाता हो ? सायद हामीविच यही ब्लगरको साइनो होला, अथवा हाम्रा कुराहरु आपसमा मिल्ने भएर पनि हो कि ? कहिलेकाँहि सोच्छु अचम्म लागेर आउँछ, हैन सबै ब्लगरहरु एकैकिसिम का विचार राख्ने हुन्छन् कि क्या हो, कारण अधिकाशं विषयबस्तु मिलिरहेका हुन्छन्, अनि अधिकांश कमेन्टहरु पनि हो मा हो मिलाएर आइरहेको हुन्छ, हामी हो मा हो मिलाएर लेखिरहेका हुन्छौँ ।

अब, भुमिका धेरै नबाँधौ होला । आज म यहाँ एउटा साथीको खोजी गरिरहेछु । एउटा ब्लगर साथी, कहिले नभेटिएको साथी, अनि धेरै नै आत्मिय लागेको साथी, जो अहिले कहाँ हराइरहेकाछन्, के गरिरहेछन्, केहि थाहा छैन । ब्लगिङ सुरु गरेपछि ब्लगबाटै भेटिएका पहिलो आत्मिय साथी “अमेत्य” को खोजी म गरिरहेछु । उसको नम्बर म सँग भए, सायद म यो लेख्ने थिइन । अनि उसको ठेगाना थाहा भएपनि यो लेख्ने थिइन । तर एक्कासी उनी हराए ब्लगबाट, ६ सेप्टेम्बर २००८, मा उनले आफ्नो ब्लग अपडेट गरेका थिए, अनि त्यसै समय “हाम्रो आवाज” का लागि पनि एउटा पोष्ट लेखेका थिए । अनि फेसबुक मा पनि पछिल्लो अपडेट केही छैन । अत: म यसै ब्लगमार्फत उनको खोजी गरिरहेछु, उनको बारेमा केही खबर छ कि सबैलाई सोधिरहेछु ।



“अमेत्य” को नामबाट ब्लगिङ गर्ने उनी सम्भवत विराटनगरका हुन् । कम्युनिकेशन इन्जिनियरिङ भर्खर मात्र पास गरेका पोखरेल थरका अमेत्य पहिलो पटक सम्भवत मे महिना मा काठमाडौँ आएका थिए । च्याट मा जागिरको सिलसिला मा काठमाडौँ आएको बताएका अमेत्य यसो बेला मौका मा ब्लगमा झुल्कने गरेका थिए । उनीसँग निकै रमाइला कुराहरु हुन्थे, हाम्रो च्याट मा धेरै पटक कुराकानी भएपनि, कन्ट्याक्ट नम्बर कहिले मागिएन । अनि अहिले यसो लाग्छ, उसको नम्बर लिनुपर्ने रहेछ । काठमाडौँ को कोटेश्वर अनि महाराजगंज सम्म त पच्छाइएकै हो उनलाई तर अहिले अचानक उनी हराउँदा अलि कता कता डर पनि लागेर आएको छ ।

केहि हप्ता अगाडि इमेल पनि पठाएँ तर त्यसको जवाफ म आज सम्म पनि कुरिरहेको छु । इन्टरनेट अनि ब्लगिङ को नशा लागिसकेका “अमेत्य” अकश्मात हराइदिँदा मलाई डर लागिरहेको छ । अझ उनको पछिल्लो पोष्ट ले त मेरो मन मा आँधिबेहरी नै ल्याइदिएको छ, कामना छ उनको ब्लगको पछिल्लो पोष्टमा लेखिएको कुरा एउटा साहित्य मात्र होस् ।

सायद उनले मेरो बारेमा केहि कुरा लेखेको भएर पनि, उनको खोजखबर को चासो मलाई परेको हो कि, आखिर मान्छे स्वार्थी हुन्छ नि । खै, के हो म भन्न सक्दिन, तर म “अमेत्य” को खोजिगरिरहेछु, म एउटा ब्लगर साथीको खोज खबर गरिरहेछु, अनि “अमेत्य” को आत्मियता खोजिरहेछु । सायद काम को व्यस्तता ले पनि ब्लगमा नछिरेका होलान्, या काम को सिलसिला मा कुनै कुना मा पुगेका होलान्, जहाँ इन्टरनेट को सुविधा छैन, अनि चाहेर पनि हामी माझ आउन सकिरहेका छैनन् ।

आत्मिय साथी “अमेत्य”, तपाई यो कुरा कतै पढ्दैहुनुहुन्छ भने, एकपटक ईमेल गर्नुहोला है । अनि अन्य: साथिहरु, यहाँहरुलाई पनि अमेत्य सम्बन्धि केही जानकारी छ भने कृपया मलाई बताउनुहोला है । अमेत्य ले पछिल्लो पटक ब्लगमा “म HIV +VE” भन्ने पोष्ट लेख्नु अनि त्यसपछि देखि उनी गायब हुनुले मलाई कता कता डर लागिरहेछ, तर मेरो कुरालाई अनर्थ को रुपमा नबुझियोस् भन्ने पनि मेरो आग्रह रहेको छ । “अमेत्य” तपाई जहाँ हुनहुन्छ, सुखि अनि खुशी रहनुहोस्, अनि कतै तपाई मेरो ब्लग पढिरहनुभएको छ भने, कृपया मलाई एकपटक इमेल गर्नुहोस् ।

साथीहरु के तपाईलाई “अमेत्य” को बारेमा थाहा छ ???

अमेत्यको ब्लगबाट:
आकार – the shape (मेरो लागि लेखिएको पोष्ट)

अमेत्यको पछिल्लो पोष्ट:
म HIV +VE (अन्तिम पोष्ट)

Comments

  1. I can say proudly you are really a nice blogger friend, and I really happy to found you as my blogger friend and some where teacher too.

    ReplyDelete
  2. Kantipur City college ma computer Teacher jasto lag6 ! conform 6ina........

    ReplyDelete
  3. मलाई थाहा छैन । तर ब्लगचैँ अस्ति तिम्रैमा हेरेको थिएँ ।

    ReplyDelete
  4. ramro job paayera yek dam nai bg bhayera hareyaka hun ki!!

    ReplyDelete
  5. bhumika ta tapaile mero mankai jasto kura lekhnu bhae6. dherai ramro lagyo---pathadai jada jati dherai lekhepani thorai hune jasto lagyo. majjako lekhnu bhae6.
    ...ani jahasamma tapaiko haraeko sathiko kura 6 ...aakar ji -tys sambhadhi malai pani k hi thaha bhaen ...ramro blogger hunuhudo rahe6....
    ....asha garau yo khabar uhale 6itai paer tapailaai reply dinu hune 6....

    ReplyDelete
  6. Oh God....hora..I din know about it
    last time I commented too, in that poem and had thought it's nice but lil obscure...its really sad...And aakar..I salute your spirit. but still..i m optimistic..this is optimistic...blogging ko nasha nai yestai ho...this has happened to me too..once I made my blog private(around b4 2 yrs)..because of a big tragedy of my life..and people kept searching for me and asking and mailing...I replied none, I blocked everyoner in Gmail...but finally..after such a long silence..I have started blogging again..and feeling good to revive my spirit...so I think..Ametya..will come back..let him be himself for sometime...yo blog ko duniya nai yestai chha..ekpatak aayepachhi..1/2/3 yrs jati gayeb bhayepani..pharkera aaune ta yehi ho..coz आकारले भनेजस्तै, हाम्रो संसार त यसैमा छ ।

    ReplyDelete
  7. Paddha Kheri nai MUTU ra HATH kamne yasto lekh kina lekhnu huncha ????? Ma yahi chu ra Afulai khojdai chu ........Sorry ........blogging bata kehi din tadha vako ma .........I AM XTREMLY SORRY..........

    ReplyDelete
  8. यो पोष्ट ले केहि काम गर्‍यो कि, गरेन यो जिम्मा यहाँहरुलाई नै दिन्छु । यो पोष्ट लेख्नु को कारण बताउँ होला, "अमेत्य" ब्लग मा त्यतिराम्रो लेख्ने मान्छे अकश्मात हराउँदा, अलिकति खल्लो लागेको हो । वास्तवमा भन्ने हो भने, "अमेत्य" को ब्लग मा सबैकुरा को सम्मिश्रण पाइन्छ ।

    अनि अर्को कुरा, अमेत्य ले यहाँ कमेन्ट दिएर आफ्नो उपस्थिति जनाउँदा निकै खुशी लाग्यो । "अमेत्य" मेरो लेखाइलाई अनर्थ नलगाउनु होला है । लेखाइ ले केहि अनर्थ लाग्न गएको भए, म माफि माग्छु छै, अमेत्य !

    ReplyDelete
  9. Ke lekhne ke nalakhene kehi nai sujhi raheko chaina ......tara tapai ko yo ma prati ko lekh dekhera...khai ke vanu shabda chaina...Ma swastha nai chu....Dhukka hunu hos...

    KTM ra Ma ek arka lai chinna khojdai chhau ...so kehi din ko lagi blogging bata tadha vako ho ...I will come back .....

    ReplyDelete
  10. तर अमेत्य आकारको ईमेलको जवाफ त २ शब्द नै सहि लेख्नुपर्थ्यो नि त ।

    ReplyDelete
  11. अाकारजी तपाइँको खोजाइ सही लाग्यो र तपाइँको मित्रप्रेम देखेर सायदनै कोहीहोला जसले तपाइँ जस्तो मित्रको खोजी नगरोस । जेहोस अमात्यजी र तपाइँको मित्रता अझ घनिष्टहोस यहि शुभकामना ।

    ReplyDelete
  12. Oh wow
    Thank God...he replied...

    ReplyDelete
  13. Aakar, aap bhi ajeeb hai yaar !!! Malai yo article, yesma bhayeka comment haru dekhera asaadhyai ramailo lagyo. Blog banaune rahar ta khasai laagdaina, tara tapai ko blog ma bhayeka khurak dekhera asaadhyai ruchi badhna thaalyo.

    ReplyDelete
  14. कुरा त ठिकै हो नि !
    तर अच्युत दाइ, अब रेडियो मा बोल्न छाडेर ब्लगमा लेख्न थाल्ने हो ?

    ReplyDelete
  15. कुरा त ठिकै हो नि !
    तर अच्युत दाइ, अब रेडियो मा बोल्न छाडेर ब्लगमा लेख्न थाल्ने हो ?

    ReplyDelete
  16. bhumika ta tapaile mero mankai jasto kura lekhnu bhae6. dherai ramro lagyo---pathadai jada jati dherai lekhepani thorai hune jasto lagyo. majjako lekhnu bhae6.
    ...ani jahasamma tapaiko haraeko sathiko kura 6 ...aakar ji -tys sambhadhi malai pani k hi thaha bhaen ...ramro blogger hunuhudo rahe6....
    ....asha garau yo khabar uhale 6itai paer tapailaai reply dinu hune 6....

    ReplyDelete
  17. Oh God....hora..I din know about it
    last time I commented too, in that poem and had thought it's nice but lil obscure...its really sad...And aakar..I salute your spirit. but still..i m optimistic..this is optimistic...blogging ko nasha nai yestai ho...this has happened to me too..once I made my blog private(around b4 2 yrs)..because of a big tragedy of my life..and people kept searching for me and asking and mailing...I replied none, I blocked everyoner in Gmail...but finally..after such a long silence..I have started blogging again..and feeling good to revive my spirit...so I think..Ametya..will come back..let him be himself for sometime...yo blog ko duniya nai yestai chha..ekpatak aayepachhi..1/2/3 yrs jati gayeb bhayepani..pharkera aaune ta yehi ho..coz आकारले भनेजस्तै, हाम्रो संसार त यसैमा छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

Subscribe to Aakar Post