“यति प्रोजेक्ट जापान” नामक जापानीजहरु को एकटोलीले, नेपाल र तिब्बत बिचको हिमाली क्षेत्रमा बसोबास गर्ने विश्वास गरिएको हिममानव “यति” को पदचाप भेटेको दाबी गरेकाछन् ।
यति प्रोजेक्ट जापान का लिडर योसितेरु ताकाहासी भन्छन् - “हिममानव ‘यति’ को पैताला को लम्बाइ लगभग २० सेन्टिमिटर (८ ईन्च) छ भने पैताला मान्छे कै जस्तो देखिन्छ” ।
हिममानव यतिको खोजीमा हिँडेको सात सदस्यीय उक्त टोली ले तेस्रो पटक को यात्रा मा हिममानवको पैताला (पदचाप) भेटेका हुन् । ७,६६१ मिटर (२५,१३५ फुट) अग्लो द्यौलागिरी चौथो हिमाल मा ४२ दिन बिताएका उनीहरुले, काठमाडौँ फर्किएपछि यी कुराहरु सार्वजनिक गरेका हुन् । विगतका “यति” सँग सम्बन्धित विभिन्न कुराहरु आफूहरुले भेटेको, देखेको र अनुभव गर्न पाएको दावि उनीहरुले गरेकाछन् । तर यससम्बन्धी कुनै फिल्महरु भने खिचिएको छैन ।
तर ताकाहासी भन्छन्, “यति को पैताला नै यति रहेको कुरा का प्रमाणका लागि पर्याप्त छन्” । उनी अघि थप्छन् – “म र मेरो टिम हिमाली क्षेत्रमा घुमेको धेरै वर्ष भैसकेको छ र हामी हिमाली भालु, ब्वाँसो, चितुवा आदिका पैतालाहरु चिन्छौँ, तर यो पैताला यी मध्ये कसैको पनि होइन” ।
“भेटिएको पैताला, स्थानियवासीका कथा तथा अन्यकुराहरु बुझेपछि यति को अस्तित्व थियो भन्ने कुरा बुझ्नैपर्छ” – ताकाहासी ले भने ।
सन् २००३ को दौरान मा आफूले यति नै देखेको दावी पनि उनले गरेकाछन् । त्यस बखत उक्त क्षेत्रमा ९ वटा विशेष किसिमका क्यामराहरु विभिन्न ठाउँमा जडान गरिएको थियो । “मैले अचम्मको दृश्य देखेँ, करिब १५० सेन्टिमिटर ऊचाइ रहेका तिनीहरु दुई खुट्टाले हामी जस्तै हिँडिरहेका थिए” – ताकाहासी ले भने ।
अब उक्त टिम जापान फर्कने तयारी गरिरहेको छ । टिम लिडर ताकाहासीले भने- “समयको अभाव मा अहिले पनि खासै ठूलै काम भने गर्न सकिएन, तर यो हाम्रो यति खोज्ने अभियान जारी रहनेछ । हामी चाँडै नेपाल फर्केर फेरी यति को खोजीमा लाग्नेछौँ । हामी तबसम्म यति खोजिरहनेछौँ, जबसम्म हामीहरु यतिलाई फिल्म मा कैद गरेर, सारा संसारलाई यति को अस्तित्व रहेको बारेमा विश्वस्त बनाउन सक्दैनौँ ।
उनीहरुको वेवसाइट: यहाँ छ
(स्रोत: विभिन्न वेवसाइटहरु)

ओहो ! आज दुबै जनाले यौटै कुरा लेखेंछौ, सल्लाह गरे जस्तो भयो !
ReplyDeleteम पनि यतिको अस्तित्वमा विश्वास गर्छु ।
म पनि साह्रै छक्क परेँ, फेरी सोर्स पनि एउटै जस्तो लाग्यो ।
ReplyDelete:)
Both of you have same news . I think you are talking each other when you are going to publish the news.
ReplyDeleteयो यतिको खेती पनि साह्रै चलिसक्यो! अब त दर्शन देऊ न यति प्रभो!
ReplyDeleteaakar jee thanx for such information.
ReplyDelete