अक्टोबर १५, “विश्व हातधुने दिवस” रेडियो, टेलिभिजन र पत्र पत्रिका ले यसबारे सुचना प्रवाह गरिरहेका थिए । “हात धोएर मृत्यु घटाऔँ” भन्ने नाराका साथ, यस वर्ष विश्वका विभिन्न भागमा “विश्व हातधुने दिवस” का सन्दर्भमा धेरै कार्यक्रमहरु भए ।
हामी नेपालीहरुलाई हात धुन पनि आउँदैन, खासगरी खाना पकाउनुअघि, खानु, खुवाउनुअघि, दिसा धोएपछि, फोहोर वा जनावरलाई छोएपछि, हाछ्युँ गरे वा खोकेपछि साबुन पानीले हात धुनुपर्छ । नेपालको लागि नारै बनेको छ, 'उचित तरिकाले हात धुवाई, रोगब्याधीको दुहाई ।' कुरो बुझ्दा साँच्चै हो रहेछ, विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा बर्सेनी झाडापखालाले १५ लाखको मृत्यु हुने गरेको छ । साबुन पानीले हात धुने बानी बसाल्ने हो यसलाई ४४ प्रतिशत घटाउन सकिने उसको अध्ययनले देखाएको छ ।
हात धुँदैमा अकाल मृत्यु मा कमि आउने तथ्याङ्क का कारण गत अगस्तमा स्टकहोममा भएको विश्व पानी सप्ताहले यो दिवस मनाउने निर्णय गरेका थियो, यस वर्ष हाम्रै देश नेपाल मा पनि “हात धुने दिवस” मनाउन प्रचारप्रसार गरिएको थियो । कार्यक्रम को दिन अर्थात १५ अक्टोबरका दिन, राजधानी काठमाडौँमा दर्जन भन्दा बढि संघसंस्थाले “विश्व हातधुने दिवस” को सन्दर्भमा विविध कार्यक्रमहरु को आयोजना गरेको थियो ।
यस्तै एक कार्यक्रम मा वक्ताहरुले हात कसरी धुने, कहिले धुने, हात धुनाले के फाइदा हुन्छ, नेपाली को बानी कस्तो छ, भन्नेजस्ता विविध कुराहरु बोलेका थिए । समग्रमा भन्दा, सबैलाई हात धुन जागरुक बनाइरहेका थिए, हात धुने तरिका सिकाइरहेका थिए, कहिले-कहिले हात धुनुपर्छ भन्ने बताइरहेका थिए ।
कार्यक्रम को समापन पछि जलपान को कार्यक्रम राखिएको थियो, कार्यक्रम सकिने बित्तिकै सबै हारालुछ गर्दै चिया, खाजा लिन व्यस्त भए । प्लाष्टिकमा प्याकिङ गरिएको स्वस्थ्यकर खाजा, सबैले खाए, तर हात कसैले पनि धोएनन् । गजब लाग्यो, भाषण गरेपछि "हात धोइरहनु" जरुरी रहेनछ, कार्यक्रम त खालि बजेट पचाउनको लागि मात्र गरिनेरहेछ । पछि झन्, अचम्म सुनियो आयोजकले कार्यक्रम स्थलमा हात धुन सावन-पानी को व्यवस्था गरेका पनि रहेनछन् । आयोजक तथा उपस्थित सबैजना, गतिलो जलपान भएकोले मख्ख थिए, भने मञ्चमा टाँगिएको ठूलो व्यानर भनिरहेको थियो, “हात धोएर मृत्यु घटाऔँ”, यसवर्ष को "विश्व हातधुने दिवस" भव्य रुपमा मनाऔँ।
(लघुकथा)

dherai ramro parsang uthaunu bhaeko ma dhanyabad....
ReplyDeleteInteresting narration of an extremely important issue!
ReplyDeletethis is the real story.....
ReplyDeletewhich was happened in one program organized in Kathmandu.
Nepalis also need to learn "how to peel a Kera(banana)" without touching the eating part.
ReplyDeleteधन्यवाद 'एबिसि'ज्यु केरा खान सिकाइदिनुभएकोमा । 'नेपालीज' भनेर नलेख्नु न हौ कि त नेपालीहरू लेख्नु कि नेपाली जनता लेख्नु, कि नेपाली दाजुभाइ दिदीबहिनी लेख्नु । अलि हेपेको जस्तो लाग्यो मलाई त ।
ReplyDelete