-गगन पौडेल फार्मेसी दोश्रो वर्ष, काठमाडौँ युनिभर्सिटि । ए क नजर थियो हेरिरहने, अहिले लाग्छ ममता छिपेको थियो त्यस हेराइमा । जसरी एक शिशुप्रति उसको जननीको नजर लोलाउँछ र टोलाउँछ ठ्याक्कै त्यस्तै । एकटक ले हेरिरहने ती ठूला-ठूला आँखा, लाग्थ्यो कि त्यस आँखामा समुन्द्रको गहिराइ छ । ती रसिला मदहोशी नयन, म डुबिसकेँथे । जब म ति लोचन नियाल्थेँ, मलाई संसारको अद्’भुत खुशी मिलेजस्तो लाग्थ्यो, मानौँ कि म कुनै स्वर्गमा छु, यो संसारको घच्चाघमासान बाट धेरै टाढा, केवल खुशी र प्रशन्नता मात्रै साथमा भएजस्तो । जब नजरसँग नजर टकराउँथ्यो, ती झुकेका परेली आहा ! लाग्थ्यो घामको सुनौलो किरणको स्पर्शले नयाँ उमंग ल्याएको छ म मा, जब ती नजर उठ्थे लाग्थ्यो घाम डुब्न लागेको छ र चराचुरुङ्गीको चिरबिरसँगै ती आफ्ना बासस्थानतिर लाग्न लागेकाछन् । लाग्थ्यो कि आफूलाई सदासदाका निम्ति उनलाई समर्पण गरिदिउँ । लाग्थ्यो लाजले लाली छाएको त्यो मुहार देख्दा भर्खर कोपिला फक्रेर गुलाबमा परिणत भएको छ अनि मलाई बोलाइरहेछ, “आउ, आकाश ! मलाई अंगाल म तिम्री हुँ केबल तिम्री, मैले मेरो तनमन नै तिमीलाई सुम्पिसकेँ, मलाई चुँडेपनि केही मतलब छैन म हाँस...