नलेख्ने हो भने केही लेख्न सकिँदोरहेनछ, अनि लेख्ने हो भने लेखेर सकिनेरहेनछ, अहिले यस्तै अनुभव भैरहेको छ । साँच्चै यस्तै नै भयो, मेरो जिवन मा ! धेरै भूमिका नबाधौँ- सिधा कुरा मेरो ब्लगले आज १ वर्ष पूरा गर्यो । समग्र मा १ वर्ष निकै रमाइलो मा बित्यो । यसबिचमा धेरै उतारचढावहरु पनि भए तर एउटा गर्व को कुरा, लेख्न थालेपछि, लेख्न र आफ्नो कुरा व्यक्त गर्न धेरै नै सजिलो भएको छ । पहिले कुनै पनि विषय मा कलम चलाउन नसक्ने म, अहिले प्राय: केही न केही लेखिरहेकै हुन्छु, भलै ब्लगमा नलेखिएको भएपनि डायरी मा लेखिरहेको हुन्छु ।
मैले यो ब्लग गत वर्ष यसैदिन मा सुरु गरेको थिँए । ब्लगको सुरुवात का दिन मा ब्लग नाम मात्र को थियो तर अहिले कुरा बदलिएको छ । म सक्दोप्रयास गरिरहेको छु, ब्लग मा नियमित हुन र आफ्ना कुरा सारा संसार समक्ष राख्न । यो १ वर्ष को दौरान मा धेरै ब्लगर मित्रहरु भेटियो अनि प्राय: सबैबाट गाली भन्दा ताली नै बढि पाइयो तर थाहा छैन म के कति सफल भएँ ब्लगिङ को क्षेत्रमा ।
यो खुशीको अवसरमा मलाई ब्लगिङ गर्न हौस्याउने र निरन्तर सल्लाह सुझाव दिने “कपुरी क” का रुपेश सिलवाललाई धन्यवाद नदिरहन सक्दिन । साथै, ब्लगिङ मा पाएको एक असल मित्र अमेत्यलाई पनि धन्यवाद नदिरहन सक्दिन । त्यस्तै मेरा कुराहरु पढेर कमेन्ट गर्नुहुने, सल्लाह दिनुहुने दिलिप दाइ, वसन्त दाइ, ब्लगर दाइ (नबिन सर),काठमाडौँ स्पिक्स का सालिक दाइ, साहित्य संसारका दिपक दाइ, आवाज ब्लग का केशव, मेरो गफ का नबिन, हाम्रो आवाज का संगेस, चिट-च्याट कि दिपा, मेरो दोलखा का बद्रि दाइ, युनिक लग का समिर, कुटि कि कैलाश लगायत सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यवाद ! त्यस्तै ब्लग मा इन्टरर्याक्सन को सुरुवात गर्नुहुने रमेश दाइ लाई पनि हार्दिक धन्यवाद ! साथै, समय समय मा सल्लाह सहयोग दिइरहने ईशान, शेखर लगायत मेरा सम्पुर्ण साथीहरुलाई पनि धन्यवाद । आशा छ, भविष्य मा पनि साथ र हौसला पाइरहनेछु ।
करिब एक वर्ष अघि ब्लग बनाएपछि के नाम राख्ने भएपछि,
आकार पोष्ट भन्ने नाम राखेँ अनि ब्लगिङ नाम पनि “आकार” नै जुराएँ यध्यपि आकार मेरो नाम भने होइन । तर किन किन मलाई आकार नाम प्यारो लाग्छ अनि विशेष पनि । म सोच्छु आकार के होला ? तर अहँ मैले अहिलेसम्म केही फेला पार्न सकेको छैन , लाग्छ आकार अझै अपरिभाषित नै छ । खैर, आकार भन्ने नाम का कारण नै केही साथीहरु मेरो ब्लग मा आउनु भएको थाहा पाँए । अर्को एउटा कुरो, मेरो वास्तविक नाम थाहा पाउन खोज्ने साथिहरुको ईमेल पनि आइरहन्छन् अनि केही साथीहरुलाई भ्रम पनि रहेछ आकार का सम्बन्धमा । कति साथिलाई थाहा होला, अनि थाहा नहुने साथि ले पनि थाहापाउनुस् मेरो नाम अनिल पि. घिमिरे हो । रामेछाप, मन्थली को घिमिरे अनि अहिले घर चाँहि सर्लाही । मैले पहिले आफ्नो नाम नराख्नु मा पनि केही कारणहरु थियो, तर ती कारणहरु यहाँ उल्लेख गर्न चाँही मन लागेन ।
कहिले अनुहार को पेन्सिल स्केच गर्ने लहड त कहिले कथा लेख्ने अनि कहीले कविता कोर्ने लहड चलेको थियो । तर अहिले म मात्र ब्लगिङ मा हराइरहेको छु । अनि जबसम्म सक्छु तबसम्म म लेखिरहनेछु ।
मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन !
–(नन्द हाङखिम को एकाङ्की “वास” बाट)