Skip to main content

सुन्दरी प्रतियोगिता : प्रतिभा प्रस्फुटन

-आशिष लुइटेल

विरोधमा स्वरहरू गुञ्जिरहेकै बेला साउन २२ मा मिस नेपाल प्रतियोगिता हु“दैछ । सन् १९९४ मा पहिलोपटक आयोजना गरि“दा सुन्दरी प्रतियोगिताको चर्को विरोध गरिएको थियो । मिडियाले समेत खुलेरै विरोध गरिरह“दा रुवि राणाले मिस नेपालको ताज पहिरिएकी थिइन् । काठमाडौं जेसिजले आयोजना गर्दै आएको प्रतियोगितामार्फ हालसम्म १३ जनाले मिस नेपालको ताज पहिरिसकेका छन् ।

हरेक वर्षसो प्रतियोगिता हुनै लाग्दा विरोध हुने गरेका घटना स्वभाविक र सामान्य लाग्न थालिसकेका छन् । यस्तो लाग्न थालिसक्यो कि मिस नेपाल प्रतियोगिता हुनु भनेकै एक पक्षका युवती मेकअपले पोतिएर मुस्कुराउ“दै झकीझकाउ स्टेजमा उत्रनु हो र अर्को पक्षका मुठी उचाल्दै पुलिसका डन्डास“ग जुद्धै रिसाएको अनुहारमा बुरुकबुरुक उप|mेर सडक तताउनु । अब यी दुवै हुन सकेन भने प्रतियोगिताको स्वादै नहोला जस्तो लाग्छ । विरोधका बीचमा पनि सफल हुने प्रतियोगिताका लागि विरोध विरोधकै लागि मात्र हो कि जस्तो लाग्छ ।

हरेक आयोजनाभित्र सकारात्मक र नकारात्मक पक्ष लुकेका हुन्छन् । हुन सक्छ, मिस नेपाल प्रतियोगिताभित्र पनि सकारात्मकस“गै नकारात्मक पक्ष छन् । शारीरिक अपांग झमक घिमिरेहरू होउन् वा जलजलाको जंगलमा घा“स काट्न व्यस्त रामकुमारीहरू, उनीहरूले चाहेर पनि प्रतियोगितामा भाग लिन पाउ“दैनन् । तर १२ कक्षा उत्तर्ीण्ा काठमाडांैकी ५ फिट ३ इन्चभन्दा अग्ली सहाना बज्राचार्यहरूले त पाउ“छन नि † कमसेकम प्रतिभा हुनेहरूमध्ये एकले प्रतिस्पर्धात्मक प्रतियोगितामार्फ आफ्नो क्षमतालाई र्सवश्रेष्ठ सावित गर्न त पाउ“छन् नि † प्रतिभाका धनीले आफ्नो सतह चाल पाउने अवसर त पाउ“छन् नि †
रातभर फेसन च्यानल हेरेर अनि दिनमा सुन्दरी प्रतियोगिताको विरोध गर्नेहरूलाई च्यापेर विरोध गर्ने तपाईहरूको विरोधको के महत्त्व छ ?


सबैजनाले बुज्नै पर्ने के छ भने कुनै प्रतियोगिताले सबै क्षेत्रलाई समेट्न सक्दैन । त्यो सम्भव पनि छैन । सकेसम्म सबैलाई होओस् भन्ने सोचिन्छ । हुन त सोचेको जस्तो कहा“ सबैलाई पुगेको छ र - विरोध गर्नेहरू पनि सोच्नुस् न तपाईहरूले कुनै एउटा समूहको साथ पाउनु भएको छ तर सबैको होइन । तपाईंहरूको कोणबाट विरोध जायज छ तर हाम्रो कोणबाट नाजायज । खै सबै समेटिएका - बरु सबैलाई मान्य हुने र सबै समेटिने प्रतियोगिताको नया“ सोचाइ ल्याएर 'च्यालेन्ज' दिनुस् न, त्यो पो बुद्धिमानी † रातभर फेसन च्यानल हेरेर अनि दिनमा सुन्दरी प्रतियोगिताको विरोध गर्नेहरूलाई च्यापेर विरोध गर्ने तपाईहरूको विरोधको के महत्त्व छ ?

विरोध गर्नेहरूको मुख्य आरोप- प्रतियोगिताले युवतीलाई ग्ल्यामरस दुनिया“मा लैजान्छ । यो आरोपमा सत्यता छैन । कुन क्षेत्रमा लाग्ने भन्ने व्यक्तिगत अधिकार हो । विरोध गर्नेहरूको आरोपले व्यक्तिगत स्वतन्त्रताकै खिल्ली उडाएको छ । मिस नेपाल भएपछि स्वभाविक रूपमै विभिन्न विज्ञापन, चलचित्र, म्युजिक भिडियोका लागि प्रस्ताव आउ“छ । साथमा विभिन्न संघ-संस्थाबाट उच्च पदका लागि समेत मौका आउ“छ । कता लाग्ने त्यो त आत्मनिर्ण्र्ााो अधिकार हो नि † कोही ग्ल्यामरस दुनिया“मा पस्लान्, कोही टीभीमै कार्यक्रम चलाउलान्, कोही सामाजिक काममा लाग्लान् अनि कसैले राजनीतिमा हात हाले भने पनि कसलाई के को आपत्ति - युवतीको शारीरिक, बौद्धिक, चारित्रिक अनि सामाजिक तीक्ष्णतालाई राम्रैस“ग तिखार्ने यस्तो प्रतियोगिताको विरोध युवतीबाटै किन हुन्छ त्यो बुझी नसक्नु छ । कतै युवतर्ीर् इष्र्यालु हुन्छन् भन्ने परम्परागत मान्यता सही त होइन -

आरोप लगाइएको छ- सुन्दरीको शोषण भयो । यसमा तुक छैन । विश्वका विकसित मुलुकदेखि विकासोन्मुखसम्म हुने प्रतियोगिताले युवतीको शोषण गर्छ भने किन सबै यसप्रति आकषिर्त हुन्छन् त - आफ्नो शोषण गराउन प्रतियोगितामा यत्रो प्रतिस्पर्धा होला त - विश्व समुदायले यस्तो प्रतियोगितामा उत्कृष्ट हुनेलाइ सम्मान भावले हर्ेछ । के शोषित युवतीलाई कसैले सम्म्ाान गर्ला - यस्ता सुन्दरीलाई प्रयोग गर्न पाए व्यापार बढ्ने मनोवैज्ञानिक निष्कर्षा साथ विज्ञापनमा खेल्ने प्रस्ताव गरिन्छ । तर जबर्जस्ती त गरि“दैन होला नि । मन लाग्छ खेल्छिन् नत्र खेल्दिनन्, यसमा शोषण भयो भन्न मिल्छ -

विषय आयो नाङ्गनिे आरोपको । हो, परिवर्तनको संघारमा उभिएको समाजमा यो पच्न सक्दैन् । त्यसैले यहाको परिवेश, संस्कृती र रहनसहनमा दख्खल पुग्ने गरी मिस नेपाल प्रतियोगितामा सुन्दरी नाङ्गएिका छैनन् । तर जब अन्तर्रर्ााट्रयस्तरको प्रतियोगितामा सुन्दरी विदेश पुग्छिन् तब 'बिकनी' लगाएर प्रस्तुत हुनुलाई हाम्रो समाजले पचाउ“दैन । त्यो प्रतिस्पर्धा हाम्रा लागि मात्र त होइन नि † प्रतियोगितामा भाग लिनु प्रतियोगीमात्र बन्नु पनि त होइन । जित्नुपर्‍यो । त्यसका लागि अन्तर्रर्ााट्रय स्तरकै समाजलाई ध्यानमा राखेर पहिरन लगाउ“दा जानी-जानी नाङ्गएिको आरोप लगाउनु न्यायोचित र तर्कसंगत हु“दैन ।

हामी विकासका कुरा गर्र्छौं, अरू देशमा भएका र हुने गरेका ठूलठूला परिवर्तनकोर् इष्र्या गर्र्छौ । तर बदलि“दो परिवेश र विश्व सामञ्जस्यपर्ूण्ा समाज निर्माणको तगारो हामी आफैं बन्छौं, आखिर किन - यहा“ चाहि“ ठूलै प्रश्न उठ्छ- चाहनाअनुरूप सुन्दरी प्रतियोगितामा भाग लि“दा शोषित भइन्छ कि परिवर्तित समाजविरुद्धमा उत्र“दा - आधुनिक बन्ने नाममा सडकमा टायर बालेर समकक्षी युवतीका विरुद्धमा उत्रनु बुद्धिमानी कि आफूमा अन्तर्निहित क्षमता प्रस्फुटन गराउने प्रतियोगितामा भाग लिनु -

अहिलेसम्म १३ युवतीले मिस नेपालको ताज पहिरिने अवसर पाइसकेका छन् । यसो भन्दैमा नेपालमा १४ वर्षा १३ जनामात्र सुन्दरी रहेछन् भनेर अनावश्यक टिकाटिप्पणी गरेर समय बर्बाद गर्नु नाजायज हो । सबै आफूलाई उत्कृष्ट देखाउने ध्याउन्नमा हुन्छन् । अरूभन्दा आफू राम्री हुन पाइयोस् भन्ने धेरैको कामना पनि हुन्छ । राम्रो केलाई भन्ने - यो हर्ेर्ने आ“खा र सोच्ने दिमागमा भर पर्छ । मिस नेपाल प्रतियोगितामा पनि विभिन्न क्षेत्रस“ग सम्बन्धित निर्ण्ाायक हुन्छन् । प्रतिस्पर्धीमध्ये उनीहरूको आ“खामा राम्री र बुद्धिमानी ठहरिएकी एकले मिस नेपाल हुने अवसर पाउ“छिन् । अरूले विभिन्न विधामा पुरस्कार जित्छन् ।

प्रतियोगिता सुरु भएदेखि हालसम्म रुवि राणा

-१९९४), सुमी खड्का -१९९५ ), पुनम घिमिरे -१९९६), निलिमा गुरुङ -१९९७), झरना बज्राचार्य -१९९७), निरु श्रेष्ठ -१९९८), श्वेता सिंह -१९९९), उषा खड्गी

-२०००), माल्भिका सुब्बा -२००२), प्रीति सिटौला

-२००३), पायल शाक्य -२००४), सुगारिका केसी

-२००५) र शिताष्मा चन्द -२००७) ले मिस नेपालको ताज पहिरिएका छन् ।

२००१ र २००६ मा प्रतियोगिता भएनन् भने १९९७ मा दर्ुइ मिस नेपाल छानिएका थिए । काठमाडौं जेसिजले 'मिस एसिया प्यसिफिक'मा पठाउन गरेको प्रतियोगितामा निलिमा छानिएकी थिइन् भने हिडन ट्रेजरले 'मिस वर्ल्ड' मा सहभागी बनाउन त्यही वर्षआयोजना गरेको प्रतियोगितामा झरना मिस नेपाल भएकी थिइन् । यसपालि २० जना सुन्दरी फाइनल स्पर्धाका लागि जुटिरहेका छन् । आफूमा पर्ूण्ाआत्मविश्वास बोकेर प्रतिस्पर्धामा उत्रिनेहरू एक से एक छन् । नेपाली मिडिया र म्युजिक भिडियोमार्फ ख्याति कमाइसकेकाको बाहुल्य रहेको यो प्रतिस्पर्धाले रोचकतास“गै दक्ष युवतीलाई मिस नेपाल बनाओस् । अन्तिम २० मा पुग्न सफल सबैलाई बधाईस“गै सफलताको अग्रिम शुभकामना |

Aashis Luitel is studying EE in KU and this article was published in Kantipur (5 August,2008).

Comments

  1. सुन्दरी प्रतियोगिताको विरोध गर्नु बेक्कार लाग्छ मलाई, त्यसमाथि पनि केहि स्वतन्त्रताको लागी लागी परेका भन्ने पत्रकार समेत यो बिरोधमा सामेल हुंदा नेपाली स्वतन्त्र पत्रकार र लेखकलाई बुझ्न सक्दिन म त ।

    ReplyDelete
  2. कुरा ठिक हो । मलाई पनि सुन्दरी प्रतियोगिताले नारीमा आत्मविश्वास जगाउँछ भन्ने लाग्छ त्यसपछि उनिहरुले आफुलाई कहाँ कसरी प्रस्तुत गर्ने भन्ने त उनिहरुमै भर पर्छ नि ।

    ReplyDelete
  3. सुन्दरी प्रतियोगिता गर्नु नराम्रो कुरा होइन, त्यसैले यस्को बिरोध गर्नु भन्दा यस्को लागि प्रोत्साहन बडाउनु पर्छ,

    ReplyDelete
  4. the Maoists and etc. have problem in allowing Beauty contest to hold...the Organisers have problem in meeting Maoists demands...but what is the point of disagreement..they say it is prospering nudity..and they say it is prospering talent...can't these pool of minds agree together to hold a contest that prospers nudeless talent???

    ReplyDelete
  5. सुन्दरी प्रतियोगिता गर्नु नराम्रो कुरा होइन, त्यसैले यस्को बिरोध गर्नु भन्दा यस्को लागि प्रोत्साहन बडाउनु पर्छ,

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

Subscribe to Aakar Post