समस्याग्रस्त देश, समस्याग्रस्त परिवेश
अनि तनावग्रस्त जनता,
अनि अभाव र महंगी ले पिडित आमउपभोक्ता ।
हाम्रो पहिचान यस्तै छ,
अनि हामी यस्तै छौँ ।
सदासर्वदा हिंसा हत्या को राजनिति,
अभाव र महंगी को जिवन,
बितेकै छ, चलेकै छ र सदासर्वदा चल्दै जानेछ ।
यो साश्वत सत्य हो भनेर मान्नु परेको छ,
अनि जनता तर्साउनेलाई,
तपाई हजुर भन्नु परेको छ ।
अभाव र महंगीमा पनि
खिस्स दाँत देखाएर हाँस्नुपरेको छ ।
न हामीसँग केही शक्ति छ,
न हामीबाट केही हुने छाँट छ ।
हिजो पनि तराईतिर पड्काइयो रे,
अस्ति ट्याक्सी ड्राइभरलाई खुस्काईयो रे !
आज यातायात व्यबसायीको हड्ताल छ रे,
अनि समस्याको तत्काल निकास निकाल्न,
भोली बिहानै एघार बजे वार्तामा बस्दैछन् रे !
देशमा परिवर्तन भयो रे,
गणतन्त्र नै आइसक्यो रे,
माथि कुर्सीमै झगडा अल्झेको छ रे
तर उता ज्ञानेन्द्र भने नागार्जुन गै’सके रे !
सर्कार भनेको सर्र-कारमा चढेर हुँइकिने हो रे
अनि पेट्रोल चाँही जनता ले भर्दिनुपर्ने रे,
जनताले पानी-पानी भनि कराए भनेर
असार-साउन मा बाढि नै ल्याइदिन्छन् रे !
जनतालाई चढ्न नि हुन्छ रे,
जनतालाई जोत्न नि हुन्छ रे,
अनि भाषणमा नेताले जनताको नै दुहाइ दिन्छन् रे
भनेको भएन भने माओवादीले सत्ता छाड्छ रे !
नेपालको राष्ट्रपति कोइराला नै बन्छन् रे,
देशमा विदेशीको चलखेल छ रे
सल्लाह चाँही दिल्ली कै लिन्छन् रे !

वर्तमानको हाम्रो चित्र अझ भनौं न यथार्थ चित्र झैं लेखिदिनु भयो कविता । साह्रै मनपर्यो यो वास्तविकताको चित्रण कवितामा ।
ReplyDeleteयस्तै छ यहाँ .... को यथार्थ चित्र.....
ReplyDeleteयस्तै छ यहाँ .... को यथार्थ चित्र.....
ReplyDeleteहत्या, हिंसा, कोलाहाल
ReplyDeleteनेताहरु मालामाल,
जनताहरुलाई अनिकाल
यो कथा के हो?
"नेपाल"
ठीक!
तपाईको कवितालाई निरन्तरता दिन खोजेको के ....
नेपाल साँच्चै यस्तै छ हगी? तपाईको यो पोष्ट पढ्दा त डरै लाग्यो हो
यस्तै छ यहाँ .... को यथार्थ चित्र.....
ReplyDelete